गोरखा । धार्चे गाउँपालिकाका सातजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । योजना अधिकृत, लेखापाल, इन्जिनियर, वडा सचिव, कम्प्युटर अपरेटरसँगै कृषि र पशुका कर्मचारीमा कोरोना पुष्टि भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर अधिकारीले कर्मचारीमा संक्रमण देखिएपछि आइसोलेसनबाटै सेवा दिने व्यवस्था मिलाइएका छन् ।