मालपोत कार्यालय धुलिखेलमा कार्यरत केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि कार्यालयको सेवा पाँच दिनका लागि स्थगित गरिएको छ । कार्यालयको आन्तरिक प्रशासनिक भने सञ्चालन हुने जनाइएको छ । कोरोनाको प्रभावका कारण यसअघि जिल्ला प्रशासन कार्यालय लगायत केही स्थानीय तहले समेत केही दिनका लागि आफ्नो सेवा स्थगित गरिसकेका छन् । सङ्क्रमण दर वृद्धि हुँदै गएपछि काभ्रेपलाञ्चोक जिल्ला प्रशासनले सार्वजनिकस्थलमा भीडभाड नगर्न, सार्वजनिक सवारी साधनमा यात्रा गर्दा अनिवार्य मास्क लगाउन र काम परेर बाहिर निस्कँदा
कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि भएपछि मालपोत कार्यालय बागलुङको सेवा बन्द गरिएको छ । कार्यालयका चार कर्मचारीमा कोरोना पुष्टि भएको र अन्य कर्मचारीमा समेत कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि कार्यालयको अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको हो ।कर्मचारीहरु आइसोलेसनमा रहेको हुँदा कार्य सम्पादनका लागि जनशक्ति अभाव भएको भन्दै मालपोत अधिकृत देवेन्द्रबहादुर थापाले आइतबार एक सूचना जारी गर्दै अनिश्चितकालका लागि कार्यालयको सेवा बन्द गरिएको जानकारी गराएका हुन् ।
कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि भएपछि मालपोत कार्यालय बागलुङको सेवा बन्द गरिएको छ । कार्यालयका चार कर्मचारीमा कोरोना पुष्टि भएको र अन्य कर्मचारीमा समेत कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि कार्यालयको अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको हो ।
कर्मचारीहरु आइसोलेसनमा रहेको हुँदा कार्य सम्पादनका लागि जनशक्ति अभाव भएको भन्दै मालपोत अधिकृत देवेन्द्रबहादुर थापाले आइतबार एक सूचना जारी गर्दै अनिश्चितकालका लागि कार्यालयको सेवा बन्द गरिएको जानकारी गराएका हुन् ।
अर्घाखाँची । मालपोत कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुखसहित अन्य कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । कार्यालय प्रमुख माधव भुसालसहित अन्य ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा माघ १३ गतेसम्म बन्द गरिएको मालपोत कार्यालय अर्घाखाँचीले जनाएको छ । कार्यालयमा नियमित कामकाजमा रहेका कर्मचारीमा उच्च जोखिममा […]
मालपोत कार्यालय विराटनगरका ८ जना कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि कार्यालयबाट प्राप्त हुने सम्पूर्ण सेवा बन्द गरिएको छ ।कार्यालयका विभिन्न फाँटमा कार्यरत ती कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सोमबार ६ जना कर्मचारी र मंगलबार थप दुई जना कर्मचारीमा सङ्क्रमण देखिएपछि कार्यालयबाट प्रदान हुने सम्पूर्ण सेवा हाललाई बन्द गरिएको कार्यालय प्रमुख लोकबहादुर भण्डारीले बताए ।उनले अर्को सूचना जारी नभएसम्मका लागि सेवा प्रवाह बन्द गरिए पनि कार्यालयको आन्तरिक काम भने सञ्चालन गर्ने निर्णय भएको बताए
भदौ १२, सुर्खेत । कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि दुई सातादेखि बन्द भएको मालपोत कार्यालय सुर्खेतले आइतवारदेखि सेवा सञ्चालन गर्ने भएको छ ।
यसअघि भदौ १५ गतेसम्म सेवा स्थगन गर्ने भनिए पनि कार्यालयले पुनः अर्को सूचना जारी गर्दै आइतवारदेखि सबै सेवा सञ्चालन गर्ने जानकारी दिएको हो । निमित्त कार्यालय प्रमुख कृष्णप्रसाद देवकोटाले संक्रमित कर्मचारी निको भएकाले आइतवारदेखि सेवा सञ्चालन गर्ने बताए ।
कार्यालयले सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्क हुने कार्यबाहेक मालपोत विभाग, अदालत, प्रशासन, अन्तर सम्बन्धित निकाय र प्रहरी कार्यालयसँग सम्बन्धित अत्यावश्यक सेवा भने यसबीचमा पनि सञ्चालन गरेको थियो ।
मालपोत कार्यालयले आइतबार–सोमबार वीरेन्द्रनगरका केही वडा, चौकुने गाउँपालिका, लेकबेँसी नगरपालिका,मंगलवार–बुधवार वीरेन्द्रनगर, पञ्चपुरी र बराहताल गाउँपालिका, बिहीवार शुक्रवार वीरेन्द्रनगरका केही वडा, चिङ्गाड र सिम्ता गाउँपालिकाको मालपोतसम्बन्धी काम गर्दै आएको छ ।
गुर्भाकोट र भेरीगङ्गा नगरपालिकाको काम भने मेहेलकुनास्थित मालपोत कार्यालयबाट हुँदै आएको छ । रासस
कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि दुई सातादेखि बन्द भएको मालपोत कार्यालय सुर्खेतले आइतबारदेखि सेवा सञ्चालन गर्ने भएको छ । यसअघि भदौ १५ गतेसम्म सेवा स्थगन गर्ने भनिए पनि कार्यालयले पुनः अर्को सूचना जारी गर्दै भोलिदेखि सबै सेवा सञ्चालन गर्ने जनाएको हो । निमित्त कार्यालय प्रमुख कृष्णप्रसाद देवकोटाले सङ्क्रमित कर्मचारी निको भएकाले भोलिदेखि सेवा सञ्चालन गर्ने बताए ।कार्यालयले सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्क हुने कार्यबाहेक मालपोत विभाग, अदालत, प्रशासन, अन्तर सम्बन्धित निकाय र प्रहरी कार्
सर्लाही : सदरमुकाम मलंगवामा रहेका भूमिसुधार तथा मालपोत र नापी कार्यालयको सेवा आजबाट एक साताका लागि बन्द गरिएको छ। नापीका ९ जना र मालपोतका ३ जना कर्मचारीमा कोरोना संक्रमण पाइएपछि दुवै कार्यालयले आजदेखि वैशाख २५ गतेसम्मका लागि सेवा बन्द गरेका हुन्।मुख्य–मुख्य फाँटका कर्मचारीमा संक्रमण देखिएको भूमिसुधार तथा मालपोत कार्यालय मलंगवाका प्रमुख पनिलाल यादवले जानकारी दिए।उनका अनुसार मालपोतमा रजिष्ट्रेसन, मुद्दा र तामेली शाखाका कर्मचारीमा कोरोना संक्रमण पाइएको छ। यसैगरी नापी कार्यालयमा सर्वेक्षक