कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले समाजमा रहेका जातीय भेदभावसहित विभिन्न किसिमका सामाजिक विभेदहरुको अन्त्य गर्न सबैको साझा पहल आवश्यक रहेको बताएका छन् । मानव अधिकारका लागि स्रोत विकास मञ्च नेपाल (रिडेप)द्वारा सोमबार विराटनगरमा आयोजित ५९औँ अन्तर्राष्ट्रिय जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवस विशेष दलित जनप्रतिनिधिको तेस्रो प्रदेश सम्मेलनमा उनले मुलुकमा आएको लोकतन्त्र, गणतन्त्रको मर्मअनुसार समाजमा हुने भेदभाव, छुवाछूत हटाउनुपर्नेमा जोड दिए ।