धनुषाको लक्ष्मीनिया गाउँपालिकामा काँग्रेस विजयी भएको छ । काँग्रेसका भोगेन्द्र मिश्रा ३७६५ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अजयकुमार यादवले ३३७३ मत प्राप्त गरेका छन् ।उपाध्यक्षमा काँग्रेसकै फुलकुमारी यादव ३६२८ मतसहित निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालकी विमलाकुमारी यादवले ३४६० मत प्राप्त गरेकी छन् ।