सिन्धुपाल्चोकको त्रिपुरासुन्दरीको अध्यक्षमा काँग्रेस विजयी

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा काँग्रेस विजयी भएको छ । अध्यक्षमा काँग्रेस उम्मेदवार भक्तध्वज बोहरा विजयी भएका हुन् । बोहराले ४ हजार २२९ मत पाएर अध्यक्षमा निर्वाचित हुँदा उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार मेघनाथ पौडेलले ३ हजार २६७ मत पाए । गाउँपालिकाको उपाध्यक्षमा पनि नेपाली काग्रेसकी गिता कुमारी नेपाल ४ हजार १५६ मतसहित निर्वाचित भइन् । 

सम्बन्धित सामग्री

अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी विजयी

मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। काँग्रेस र माओवादी दुवैले गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा गएका थिए।...

पूर्वी नवलपरासीको हुप्सेकोटमा काँग्रेस विजयी

पूर्वी नवलपरासी हुप्सेकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । ६ वटा वडासहित गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा काँग्रेस विजयी भएको हो ।लक्ष्मी पाण्डे दोस्रो कार्यकालका लागि हुप्सेकोट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएकी छन् भने काँग्रेसकै पूर्णसिंह राना उपाध्यक्ष चुनिएका छन् । पाण्डेले आफ्ना प्रतिस्पर्धी एमालेका चेतबहादुर रानालाई ७१४ मतान्तरले पराजित गरेकी हुन् । पाण्डेले ६,४५५ र रानाले ५,७४१ मत पाएका थिए ।उपाध्यक्षमा काँग्रेसका पूर्णसिं रानाले ६,७५ र एमालेकी मनी पाण्ड

बाँकेको राप्तीसोनारी गाउँपालिकामा काँग्रेस विजयी

बाँकेको राप्तीसोनारी गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएकाे छ । गाउँपालिका अध्यक्षमा कांग्रेसका तप्तबहादुर पौडेल १० हजार ११२ मतसहित विजयी भएका हुन् ।  उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका पट्टु थारुले ९ हजार २९२ मत मात्र पाए ।उपाध्यक्षमा पनि काँग्रेस नै विजयी भएकाे छ । मनिसासिंह थारु १० हजार १३४ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी चमेलीकुमारी वाकबलले ९ हजार ३४१ मत मात्र पाइन् ।

साकेलाको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

खोटाङको साकेला गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा काँग्रेसका रबीप्रकाश राई र उपाध्यक्षमा माओवादी केन्द्रकी बिर्सिका राई विजयी भएका हुन् । रबीप्रकाशले १८५० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका अर्जुनकुमार खड्काले १७७२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै, बिर्सिकाले २०१२ मत पाउँदा उनका निकटतमप्रतिद्वन्द्वी काँग्रेसका सरिता खड्काले १२२४ मत ल्याएका छन् । एमालेका अध्यक्षका उम्

गुल्मीको मदाने गाउँपालिका अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा एमाले विजयी

गुल्मीको मदाने गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी भएका छन् । अध्यक्षमा गठबन्धनबाट काँग्रेसका महेन्द्र बहादुर कुँवर १० मतान्तरले विजयी भएका हुन् । अध्यक्षमा कुँवर ४ हजार ७०७ मतसहित विजयी हुँदा नेकपा एमालेका प्रेमबहादुर केसीले ४ हजार ६९७ मत पाए । यस्तै, उपाध्यक्षमा एमालेकी सरिता खड्का ४ हजार ५६७ मतसहित निर्वाचित भएकी छन् । उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् ।उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका बेगम बहादुर चन्द बोहोराले

थासाङको अध्यक्षमा एमाले, उपाध्यक्षमा काँग्रेस विजयी

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । आइतबार सम्पन्न मतगणनामा गाउँपालिका अध्यक्षमा एमालेका प्रदीप गौचनले एक हजार १४४ मत ल्याएर विजयी भए । उपाध्यक्षमा नेपाली काँग्रेसका सोमल हिराचनले एक हजार ११२ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अध्यक्षमा काँग्रेसका उम्मेदवार बालकुमारी […]

मिथिला नगरपालिका–१ मा काँग्रेस विजयी

धनुषाको मिथिला नगरपालिका वडा नम्बर १ मा नेपाली काँग्रेस विजयी भएको छ । मिथिला नगरपालिका वडा नम्बर १ मा काँग्रेसका जोगी महतो ७७ मतान्तरले वडा अध्यक्षमा विजयी भएका हुन् । काँग्रेस मिथिला नगरपालिकाको नगर सभापतिसमेत रहेका महतोले ७३५ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्धी नेकपा एमालेका लक्ष्मी महतोले ६५८ मत ल्याएका थिए ।

बटेश्वर गाउँपालिका–१ मा काँग्रेस विजयी

धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर १ मा नेपाली काँग्रेस विजयी भएको छ । वडा अध्यक्षमा काँग्रेसका अशोक कुमार महतो ५५२ मतले विजयी भएका हुन् ।उनी सहित काँग्रेसको प्यानल नै विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामअशिष महतोले ३९० मत ल्याएका थिए ।

देउवाको वडामा काँग्रेस पराजित ,बिपीका उम्मेदवार भण्डारी विजयी

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको वडामा काँग्रेस बिपीका उम्मेदवार विजयी भएका छन् । डडेल्धुराको गन्यापधुरा वडा नम्बर १ रुवाखोलामा काँग्रेसका उम्मेदवारलाई हराउँदै काँग्रेस बिपी (करुवा चुनाव चिन्ह) का नरेश भण्डारी अध्यक्षमा विजयी भएका हुन् । भण्डारीले ६७३ मत ल्याए । काँग्रेस उम्मेदवारले ५४४ मत ल्याए ।