गुल्मी दरबार गाउँपालिकामा काँग्रेस विजयी

गुल्मीको गुल्मी दरबार गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्षमा काँग्रेसका सरोज कुमार थापा ६ हजार १ सय ६६ मत पाएर विजयी भएका हुन् ।उनका निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण बहादुर भुसालले ५ हजार ६ सय २ मत पाएका छन् । उपाध्यक्ष पदमा काँग्रेसकै तारा थापा ढेगा ६ हजार २ सय ७७ मत पाएर विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी शुसिला पुनले ५ हजार ५ सय मत पाएकी छन् ।

सम्बन्धित सामग्री

धुर्कोटमा एमाले–माओवादी गठबन्धनका उम्मेदवार विजयी

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धन विजयी भएको छ । पालिका अध्यक्षमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका भुपाल पोखरेल निर्वाचित भएका छन् । दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका पोखरेलले छ हजार ८९ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेस–समाजवादीसहितको चार दलीय गठबन्धनबाट काँग्रेसका महेन्द्र भण्डारीले चार हजार २६१ […] The post धुर्कोटमा एमाले–माओवादी गठबन्धनका उम्मेदवार विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.