धादिङको गंगाजमुना गाउँपालिकामा काँग्रेस विजयी

धादिङको गंगाजमुना गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । सो गाउँपालिकामा काँग्रेसका भक्तबहादुर लामा विजयी भएका हुन् । उनले ६ हजार २ सय ६२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भक्तबहादुर लामिछानेले ४ हजार ५० मत प्राप्त गरेका छन् ।गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका रामेश्वर सिंखडा विजयी भएका छन् । सिंखडा पाँच हजार ३८ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी एञ्जिला तामाङले चार हजार एक सय ९६ मत प्राप्त गरेकी छन् । अध्यक्ष र उपाध्य