अरुण तेस्रोको अड्को फुकाउन ५४ करोड मुआब्जा निकासाको निर्णय

१७ कात्तिक, काठमाडौं । ६३ दिनदेखि काम ठप्प भएको अरुण तेस्रो जलविद्युत आयोजनाको समस्या समाधान गर्न छुट मुआब्जास्वरुप ५४ करोड रुपैयाँ निकासा गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ । आफूहरुले  मुआब्जास्वरुप पाउनुपर्ने रकम नपाएको भन्दै स्थानीयबासीले विद्युत् गृहस्थल र प्रवेशमार्गमा अवरोध गर्दा विदेशी लगानीमा निर्माण भइरहेको ९ सय मेगावाटको आयोजनाको काम ठप्प हुन पुगेको छ । […]

सम्बन्धित सामग्री

अरुण तेस्रोको मुआब्जा विवाद समाधानका निम्ति मन्त्रिपरिषद्‌मा प्रस्ताव पठाइने

काठमाडौँ – लगानी बोर्डको आज बसेको बैठकले अरुण तेस्रो जलविद्युत् आयोजनामा देखिएको मुआब्जा विवादबारे विज्ञसहितको अध्ययन समिति बनाउने प्रस्ताव मन्त्रिपरिषद्‌मा पठाउने निर्णय गरेको छ। ‘अरुण तेस्रो जलविद्युत् आयोजनामा देखिएको मुआब्जा विवादबारे अध्ययन गर्न विज्ञसहितको समिति गठन गर्ने विषय मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय भएको छ,’ लगानी बोर्डको कार्यालयका प्रवक्ता अमृत लम्सालले भने, ‘स्थानीयको अवरोध खुलाउनका लागि […]

अरुण तेस्रो प्रवेशमार्ग : मुआब्जा माग्दै विद्युतगृह स्थल र प्रवेशमार्ग अवरुद्ध

संखुवासभा : संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युतगृह स्थल र प्रवेशमार्ग स्थानीयले अवरुद्ध गरेका छन्।अरुण तेस्रो प्रवेशमार्गको छ्याङकुटी–दिदिङ्ग पुखुवा जाने सडकखण्डको तत्कालै मुआब्जा वितरण गरिनुपर्ने माग गर्दै अनिश्चितकालीन रुपमा अरुण तेस्रो आयोजनाको विद्युत गृहस्थल र सडक बन्द गरेका हुन्।शनिबारदेखि अरुण तेस्रो प्रवेशमार्ग अन्तर्गतका जग्गाधनीहरुले मुआब्जा माग गर्दै अनिश्चितकालीन सडक बन्द गरेका छन्।अरुण तेस्रो प्रवेशमार्गको २४ किलोम

अरुण तेस्रो मुआब्जा विवादः छुट जग्गाको मुआब्जा प्रक्रिया अघि बढ्यो

किमाथाङ्का – सङ्खुवासभामा निर्माणधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्ग छयाङ्कुटी–दिदिङ सडकखण्डको छुट जग्गाको मुआब्जा प्रक्रिया अगाडि बढेको छ। छयाङ्कुटी–दिदिङ २४ किमी प्रवेशमार्गको छुट जग्गाको मुआब्जा प्रक्रिया अगाडि बढेको हो। आज जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी कुमार वीरेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले अरुण तेस्रो छुट जग्गाको मुआब्जा प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो। विसं २०४६ […]

अप्पर अरुण आयोजनाको मुआब्जा वितरण सुरु

संखुवासभा :  भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको अपर अरुण आयोजनाको प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जा गर्न सुरु गरेको छ।अप्पर अरुण आयोजनाले भोटखोला गाउँपालिका–२, ४ र ५ साविक चेपुवा, हटिया र पावाखोलाका आयोजना प्रभावित स्थानीयलाई मुआब्जा वितरण गर्न सुरु गरेको हो। अप्पर अरुण आयोजनाका लागि भोटखोलामा दुई हजार ५ सय रोपनी जग्गा अधिग्रहण गरिएको छ।एक हजार ६१ मेगावाट जलविद्युत् उत्पादन क्षमताको अप्पर अरुण आयोजना नेपाल सरकारले नै बनाउने गरी निर्माणकार्य अघि बढाएको छ। आयोजनाले प्रभावित क्ष

अरुण प्रवेश मार्ग पीडित भन्छन् - मुआब्जा नदिएसम्म भोट माग्न नआउनुहोला

अरुण तेस्रो जलविद्युत्त परियोजनाको पावरहाउस क्षेत्र पुखुवा जाने सडकखण्डको मुआब्जा नदिएसम्म कुनै पनि राजनैतिक दललाई आफ्नो क्षेत्रमा भोट माग्न नआउन स्थानीय पीडितहरुले आग्रह गरेका छन्। आइतबार अरुण ३ प्रवेशमार्ग मुआब्जा...

माथिल्लो अरुण प्रभावित क्षेत्रको मुआब्जा दर तोकियो

संखुवासभा : भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको माथिल्लो अरुण प्रभावित क्षेत्रको मुआब्जा दर तोकिएको छ। अपर अरुण जलविद्युत आयोजनाले प्रभावित क्षेत्र भोटखोला गाउँपालिका २, ४ र ५ साविक चेपुवा, हटिया र पावाखोला गाविसको जग्गाको मुआब्जा दर निर्धारण गरिएको हो।  एक हजार ६१ मेगावाट जलविद्युत् उत्पादन क्षमताको अपर अरुण आयोजना नेपाल सरकार नै बनाउने गरी निर्माण कार्य अघि बढेको हो। उत्तर दक्षिण कोशी राजमार्गले छोएको तथा बस्ती रहेको हटिया ६ को प्रतिरोपनी १५ लाख रुपैयाँ मुआब्जा निर्धारण गरिए

अरुण तेस्रो मुआब्जा विवाद : पावर हाउसको काम सात दिनदेखि ठप्प

सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्ड सात दिनदेखि अवरुद्ध भएको छ । प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्डका पीडितहरूले मुआब्जा नपाएको भन्दै अनिश्चितकालीन सडक बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।अरुण तेस्रोको प्रवेशमार्ग छयाङकुटी–पुखुवा सडकखण्डको मुआब्जा नपाएपछि सात दिनदेखि अरुण तेस्रो आयोजना र प्रवेशमार्ग अवरुद्ध पारेको सङ्घर्ष समितिका अध्यक्ष हर्कसिंह राईले बताउनुभयो । प्रवेशमार्ग छयाङकुटी–पुखुवा सडकखण्ड

अरुण तेस्रो ट्रान्समिसन लाइनको मुआब्जा माग्न समिति गठन

संखुवासभा : संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको ट्रान्समिसन लाइनको मुआब्जा माग गर्दै अरुण सरोकार समिति गठन भएको छ।अरुण तेस्रो आयोजनाअन्तर्गत ४ सय केभी प्रसारण लाइनको मुआब्जा माग गर्दै सरोकार समिति गठन भएको हो।अरुण तेस्रो आयोजनाका लागि सङ्खुवासभामा ४३ वटा ट्रान्समिसन लाइन रहने छन्। खाँदबारी नगरपालिका–३ मा स्थानीयको भेलाले मंगलबार किशोरकुमार गुरुङको अध्यक्षतामा ३९ सदस्यीय ट्रान्समिसन लाइन मुआब्जा सरोकार समिति गठन गरेको हो।ट्रान्समिसन लाइन संखुवासभा

अरुण तेस्रोकाे हाइटेन्सन लाइनको मुआब्जा माग गर्दै अरुण सरोकार समिति गठन

सङ्खुवासभा - सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना अन्तर्गत ४०० केभी प्रसारण लाइनको मुआब्जा माग गर्दै सरोकार समिति गठन भएको छ । आज खाँदबारी नगरपालिका–३ चिसोपानी गुम्बामा स्थानीय जग्गादाताहरुको ६ सय जनाभन्दा बढीको भेलाले ‘अरुण तेस्रो ४००केभी प्रशारण लाइन मुआब्जा सरोकार समिति’ गठन गरिएको हो । भेलाले ३९ सदस्यीय समिति गठन गरेको छ ।  समितिको अध्यक्षमा किशोरकुमार गुरुङलाई सर्वसम्मत चयन गरिएकाे छ । उहाँले अरुण तेस्रोको पावरहाउस पुखुवादेखि दिदिङ, छयाङकुटी...

अरुण तेस्राेका लागि रोक्का गरिएका जग्गाको मुआब्जा दिन माग

काठमाण्डाै - खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले अरुण तेस्राे जलविद्युत् आयोजनाको प्रसारण लाइनका लागि रोक्का गरिएका जग्गाको मुआब्जा उपलब्ध गराउन माग गरेको छ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्राेको प्रसारण लाइन क्षेत्रमा पर्ने जग्गाका धनीलाई जग्गा रोक्का राखिएको अवधिको मुआब्जा उपलब्ध गराउन गाउँपालिकाले माग गरेको हो । २०७६ साल मंसिर १० गतेदेखि रोक्का गरिएको जग्गा प्रसारण लाइनको रुट परिवर्तनसँगै मुआब्जा निर्धारण समितिले गएको भदौमा फुकुवा गर्ने निर्णय गरेको थियो । अरुण तेस्राेको प्रस...