संखुवासभा : भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको माथिल्लो अरुण प्रभावित क्षेत्रको मुआब्जा दर तोकिएको छ। अपर अरुण जलविद्युत आयोजनाले प्रभावित क्षेत्र भोटखोला गाउँपालिका २, ४ र ५ साविक चेपुवा, हटिया र पावाखोला गाविसको जग्गाको मुआब्जा दर निर्धारण गरिएको हो। एक हजार ६१ मेगावाट जलविद्युत् उत्पादन क्षमताको अपर अरुण आयोजना नेपाल सरकार नै बनाउने गरी निर्माण कार्य अघि बढेको हो। उत्तर दक्षिण कोशी राजमार्गले छोएको तथा बस्ती रहेको हटिया ६ को प्रतिरोपनी १५ लाख रुपैयाँ मुआब्जा निर्धारण गरिए