मेलम्ची खानेपानी अस्थायी रुपमा काठमाडौं लैजान विकास समितिको निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले मेलम्ची खानेपानी आयोजनाले अस्थायीरुपमा मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा पथान्तरण गर्नेगरी बनाएको कार्ययोजना कार्यान्वयनमा लैजान सरकारलाई निर्देशन दिएको छ ।  शुक्रबार सिंहदरवारमा बसेको समितिको बैठकले मेलम्ची...

सम्बन्धित सामग्री

मेलम्ची खानेपानी विकास समिति तत्काल ब्युँताउन प्रकाशमानको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का निर्वाचित प्रकाशमान सिंहले खारेज भएको मेलम्ची खानेपानी विकास समिति तत्काल ब्युँताउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मंगलबार काठमाडौंका नवनिर्वाचित सांसदहरुसहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई मेलम्ची खानेपानी आयोजनाबारे ध्यानाकर्षण पत्र बुझाउँदै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले आर्थिक वर्ष २०७९/८० को […]

मेलम्ची खानेपानी विकास समिति खारेज गर्ने कि ब्युताउँने?

काठमाडौं, मंसिर २० । सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा मेलम्ची खानेपानी विकास समिति खारेज गर्ने निर्णय गर्‍यो। त्यस्तो निर्णय गरेको ६ महिना बितिसक्दा समेत खारेजीको प्रक्रिया भने अघि नबढाउँदा कर्मचारीले साउनदेखि नियमित तलब पाउनसकेका छैनन्। चालु आवको बजेट वक्तव्यको बुँदा नम्बर १७७ मा मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ […]

मेलम्ची खानेपानी विकास समिति खारेज गर्ने बुँदाप्रति युनियनको आपत्ति

मेलम्ची खानेपानी विकास समिति कर्मचारी युनियनले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा समिति खारेज गर्ने वाक्यांश उल्लेख गरिएकामा आपत्ति जनाएको छ ।

मेलम्ची खानेपानी विकास  र ग्रामीण खानेपानी कोष समिति खारेज

काठमाडौं : सरकारले मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति खारेज गरेको छ।संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०७९/८० को बजेट आइतबार सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले दुवै विकास समिति खारेज गरेको जानकारी दिएका हुन्।उनका अनुसार मेलम्ची खानेपानी विकास समिति खारेज भएसँगै अब मेलम्ची खानेपानी आयोजनाको काम खानेपानी तथा ढल निकास विभागले गर्नुपर्नेछ।

मेलम्ची खानेपानी विकास समिति खारेज, आयोजना अब खानेपानी विभागले हेर्ने

१५ जेठ, काठमाडौं । सरकारले मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति खारेज गरेको छ । योसँगै अब मेलम्ची खानेपानी आयोजनाको काम खानेपानी तथा ढल निकास विभागले गर्नुपर्ने भएको छ । अहिलेसम्म मेलम्ची खानेपानी विकास समितिले नै मेलम्ची खानेपानी आयोजना निर्माणको काम गर्दै आएको थियो । सरकारले आगामी आर्थिक वर्षको […]

रुग्ण बनेको मेलम्ची खानेपानी आयोजना प्रमुखको सरुवा

२६ साउन, काठमाडौं । कार्यभार सम्हालेको ३ महिना नपुग्दै मेलम्ची खानेपानी आयोजना प्रमुखको सरुवा भएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठको गण्डकी प्रदेशको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयमा सरूवा भएको हो । गत जेठ ३ गते समितिमा कार्यकारी प्रमुखका रुपमा आएका श्रेष्ठको अढाई महिनामै सरुवा भएको हो । मन्त्रालय स्रोतकाअनुसार असार […]

पहिरोले मेलम्ची खानेपानी आयोजनामा एक अर्बको क्षति

काठमाडौं। गत साता गत गएको पहिरोले मेलम्ची खानेपानी आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति गरेको छ। मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’बाहेक अरू संरचनामा पहिरोले क्षति पु¥याएको बताए। निर्माण सामग्री र कर्मचारी बस्न बनाइएका संरचना पहिरोले बगाएको छ। निर्माणस्थलसम्म पुग्ने सडक र पुल बगाएकाले अब काम गर्न पनि कठिन हुने उनले बताए।

मेलम्ची खानेपानी आयोजनाका आठ जना सम्पर्कविहीन

काठमाडौं। वर्षाका कारण आएको बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन्। तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार बेपत्ता भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा उनीहरुको खोजी भइरहेको छ। निर्माणस्थलबाट उद्धार गरिएका ७६ जनाकोे अवस्था अहिले सामान्य छ।

मेलम्ची खानेपानी आयोजनाका संरचना डुबानमा

काठमाडौं। अविरल वर्षाले मेलम्ची नदीमा बाढी आउँदा हेलम्बु गाउँपालिका अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनामा कार्यरत निर्माण कम्पनीका कर्मचारी घाइते भएका छन् भने आयोजनाका संरचनाहरु डुबानमा परेका छन्। बाढीका कारणले अहिले आयोजनाको संरचनामा कति क्षति पुग्यो भन्ने प्रारम्भिक अनुगमन गर्दा स्थायी संरचना पानीभित्रै भएपनि आफ्नै ठाउँमा भएको र अहिलेसम्म संरचनामा धेरै क्षति भएको नदेखिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए।रासस