सरकारले घोषणा गरेकै समयमा मेलम्चीको खानेपानी काठमाडौं ल्याउने दाबी

खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकारले घोषणा गरेकै समयमा मेलम्चीको खानेपानी काठमाडौं ल्याउने बताए ।शुक्रबार सिंहदरवारमा भएको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री चौधरीले सरकारले घोषणा गरेकै समयमा मेलम्चीको पानी काठमाडौं ल्याउने बताएका हुन् । उनले आफ्नो मन्त्रालयका कर्मचारीहरू दिनरात खानेपानीको काममा खटिरहेकोले अस्थायीरुपमा नै भएपनि सरकारले तोकेको समयसीमा भित्र मेलम्चीको खानेपानी काठमाडौं आउने बताए […]

सम्बन्धित सामग्री

सरकारको आलटालले यो वर्षातमा पनि बन्द हुने भयो मेलम्ची खानेपानी

काठमाडौं : मेलम्चीको खानेपानी यो वर्षामा पनि फेरि बन्द हुने सम्भावना बढेको छ। सरकारले थप संरचना निर्माण कोमार्फत गराउने भन्ने टुंगो लगाउन नसकेपछि बाह्रै महिना उपभोक्ताले खानेपानी उपयोग गर्न नपाउने सम्भावना बढेको हो।अब तीन महिना मात्रै हिउँद बाँकी छ। त्यसपछि असारबाट पानी पर्न थाल्छ तर सरकारले हालसम्म मेलम्ची खानेपानी आयोजनाको थप संरचना निर्माणको काम शुरु गर्ने विषयमा कुनै निर्णय गर्न सकेको छैन।  सरकारले चालू आव ०७९/८० को बजेट वक्तव्यमा मेलम्ची खानेपानी विकास समिति खारेज ग

आजदेखि पुन: मेलम्चीको पानी वितरण हुँदै

काठमाडौं (अस) । वितरण बन्द भएको झन्डै १ वर्षपछि काठमाडौं उपत्यकावासीले पुन: मेलम्चीको खानेपानी पाउने भएका छन् । बाढीबाट क्षति भएको आयोजनाको मर्मतसम्भार सम्पन्न भएसँगै आज (आइतवार)देखि काठमाडौं उपत्यकाका अधिकांश स्थानमा मेलम्चीको खानेपानी वितरण गरिने भएको हो । आइतवार बिहान पौने ९ बजे खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौंको मीनभवनस्थित पानी ट्यांकीबाट उद्घाटन गरेसँगै उपत्यकावासीले मेलम्चीको पानी पुन: उपयोग गर्न पाउनेछन् । गत जेठदेखि मेलम्चीको खानेपानी वितरण रोकिएको थियो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी अधिकृत ई. मिलनकुमार शाक्यले पानी वितरणका लागि आवश्यक तयारी पूरा भएको जानकारी दिए । मन्त्री चौधरीले मीनभवनबाट खानेपानीको उद्घाटन गर्ने र त्यससँगै रहेको पाइपको परीक्षण पनि गरिने जानकारी दिए । उनका अनुसार मीनभवनसहित बानेश्वर, थापाथली, महाँकाल (चावहिल), अनामनगरलगायत स्थानमा पानी वितरण हुनेछ । यसैगरी कीर्तिपुर, खुमलटार, भक्तपुरको बोडे, स्वयम्भू, बालाजु, नयाँ बजार, कालीमाटी, महाराजगञ्ज लगायतका क्षेत्रमा आइतवारदेखि नै पानी वितरण शुरू गरिनेछ । सरकारले चैत मसान्तभित्र उपत्यकावासीलाई मेलम्चीको खानेपानी वितरण गर्ने घोषणा गरेको थियो । घोषणाको १० दिनपछि केयूकेएलले पानी वितरण गर्न लागेको हो । निर्माणको दशकौंपछि २०७७ चैत १५ गतेदेखि केयूकेएलले उपत्यकामा मेलम्चीको पानी वितरण शुरू गरेको थियो । त्यसबेला भने परीक्षणको रूपमा खानेपानी ल्याएर वितरण शुरू गरिएको थियो । अस्थायी संरचनाबाट काठमाडौंको सुन्दरीजलमा पानी ल्याइसकेको र शुक्रवार नै २७ किलोमिटर लामो सुरुङ भरिएकाले आइतवारदेखि पानी वितरण गर्न सकिने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । आयोजनाले गत सोमवारदेखि सुरुङमा पानी भर्न शुरू गरेको थियो । अहिले सुन्दरीजलमा पानी प्रशोधन भइसकेको र आइतवारदेखि पानी आउने उनको भनाइ छ । काठमाडौं उपत्यकामा दैनिक १७ करोड लिटर पानी वितरण हुनेछ । यो आयोजनामा रू. ३० अर्ब लगानी भइसकेको छ । यसका अतिरिक्त असार र साउनमा आएको बाढी, पहिरोका कारण ३६ करोड रुपैयाँ बराबरको क्षति भएको थियो ।