बागमती प्रदेशको अधिवेशन आह्वान

बागमती प्रदेश सभाको ११औँ अधिवेशन १८ पुसमा आह्वान गरिएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान गरेका हुन् । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा...

सम्बन्धित सामग्री

अधिवेशन आह्वान गर्ने बाटो खुल्यो

निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को अन्तिम परिणामसहितको प्रतिवेदन बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष प्रस्तुत गरेसँगै प्रदेश सभाको अधिवेशन आह्वान गरी प्रदेश सभा सदस्यको शपथलगायतका प्रक्रिया सुरु गर्न सकिने भएको छ। आयोगले सातै प्रदेशमा प्रतिवेदन बुझाउने क्रममा आयोगका सचिव गोकर्णमणि दुवाडीले प्रदेश प्रमुखको कार्यालय हेटौँडामा शनिबार आयोजित कार्यक्रममा बागमती प्रदेशको निर्वाचन परिणामको प्रतिवेदन प्रदेश प्रमुख शर्मासमक्ष पेस गर्नुभएको हो।

प्रदेश सभा दसौँ अधिवेशनमा सीमित

गत साउनमा बागमती प्रदेश सभाको दसौँ अधिवेशन अन्त्य गरेपछि बागमती प्रदेश सरकारले ११औँ अधिवेशन आह्वानको निर्णय नगर्दै बागमती प्रदेश सभाको पहिलो पाँच वर्षीय कार्यकाल सकिने भएको छ । प्रदेशको एकल अधिकार सूचीका ऐनहरू बनाउन बाँकी हुँदै सत्तापक्ष र प्रमुख विपक्षी दलसँगै सत्ता गठबन्धन दलबीचको विवादका कारण प्रदेश सरकारले प्रदेश सभाको अधिवेशन आह्वान गर्न रुचि नदेखाएको हो ।

बागमती प्रदेशको वर्षे अधिवेशन आह्वान

सरकारले यसअघि नै हृदयघात, मस्तिस्कघात, मुटु, दम, मधुमेह, फिस्टुला, क्यान्सरलगायत विभिन्न नसर्ने रोग लागेका विरामीहरूलाई उपचारको लागि ५० हजार दिने निर्णय गरेको थियो ।

बागमती प्रदेश सभा असोज २४ गते आह्वान गर्न सिफारिस

हेटौंडा - बागमती प्रदेशको प्रदेश सभाको नवौं अधिवेशन आह्वान  गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई सिफारिस गरिएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यही असोज २४ गते प्रदेश सभाको बैठक बोलाउन सिफारिस गरेको प्रदेशको स्वास्थ्यमन्त्री प्रदीप कटुवालले जानकारी दिए ।     बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको म…

बागमती प्रदेशको आठौं अधिवेशन जेठ १६ गतेबाट

हेटौंडा : बागमती प्रदेशको आठौं अधिवेशन आगामी जेठ १६ गतेको लागि बोलाइएको छ। मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले अधिवेशन आह्वान गरेका हुन्। प्रदेश सभा सचिव कृष्ण खड्काले आगामी जेठ १६ गते आइतबार दिउँसो ३ बजेको लागि बैठक बोलाइएको बताए।उनले बैठकमा छलफल हुने विषयवस्तुबारे कार्यव्यवस्था परामर्श समितिले तय गर्ने भए पनि आगामी आर्थिक वर्षका लागि ल्याइने बजेटको विषयमा संसदमा छलफल हुने बताए।खड्काले प्रदेश सभामा दर्ता भएको पर्यटनसम्बन्धी विधेयक, मुख्य न्