नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन चितवनमा आज शुरू हुँदैछ । दिउँसो उद्घाटन हुने महाधिवेशनस्थल नारायणगढमा बिहानैदेखि हुस्सु लागेको छ ।
उद्घाटनसत्रमा व्यापक जनसहभागी जुटाउने एमालेको तयारीअनुसार देशैभरबाट पूर्व, पश्चिम र उत्तरी क्षेत्रका कार्यकर्ता चितवनतिर आइरहेका छन् ।
पश्चिमतिरबाट चितवन गइरहेका सहभागीको गाडीलाई ४ किलोमिटर वरै गैंडाकोटपट्टि रोकेर पैदल हिँडाइएको लोकान्तरकर्मी प्रकाश आचार्यले जानकारी दिए । उनका अनुसार पैदल बाटोका ठाउँठाउँमा खाना पाकिरहेको छ ।
नेता प्रभु साहको नेतृत्वमा रौतहटबाट आएका स...