बुवा : छोरा तिमीले मेरो चिठीको जवाफ किन नदिएको ? छोरा : तपाईंले आफूभन्दा ठूलालाई जवाफ नफर्काउनु भन्नुभएको थियो त्यसैले । साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट
ऊ, सर आउनुभयो ! ‘नमस्कार सर ।’ जिज्ञासु युवाहरू मिठो मुस्कानसहित उनको अघि पालैपालो शिर झुकाउँछन् । हँसिला पाका कलाकार किरण मानन्धरको ‘फ्र्याङ्कनेश’ को जवाफ छैन । उनी चुप बस्दैनन् । चुप लागेर बसेका विद्यार्थी छेउ पुग्छन् र केही न केही चुट्किला सुनाएर गफिन थाल्छन् । उनी जहाँ छन्, त्यहाँ हाँसो र खुसीका बहाव छल्किन्छ । ‘गम्भीर कलाकारको लिस्टमा पर्न रुचाउँदिन,’ ७२ वर्षे किरण मानन्धर भन्छन् ।
मान्छेसँग च्याट गर्नेदेखि कविता, चुट्किला, निबन्ध, टेलिभिजनका स्क्रिप्ट र कम्प्युटर प्रोग्राम (कोड) समेत लेख्न सक्ने आर्टिफिसियल इन्टेलिजेन्स बट च्याटजीपीटी अहिले निकै चर्चामा छ । यो बट सार्वजनिक भएको एक हप्ताभन्दा कम अवधिमै १० लाख फलोअर्स जम्मा भएका थिए । मान्छेले सोधेका प्रश्नको सटिक र रोचक जवाफ दिने मात्रै नभएर दिइएका विषयमा कविता, निबन्ध र गीतहरू पनि लेखिदिने भएकाले यसका प्रयोगकर्ता निरन्तर बढिरहेका छन् ।
एक जना युवती शरीर दुख्यो भनेर डाक्टर कहाँ पुगिन् । युवतीले जवाफ दिइन् – शरीरको जुनसुकै ठाउँमा पनि दुख्छ, डाक्टर साहेब डाक्टरले भने – शरीरका सबै ठाउँमा दुख्छ रे ? मैले तपाईंको कुरा बुझिन नि ? युवतीले औँलाले आफ्नो खुट्टामा छोएर भनिन्- डाक्टर साहेब यहाँ दुख्छ । त्यसपछि गालामा छोएर फेरि कराइन् । डाक्टर साहेब, […]
एउटा सानो बच्चा : दोस्रो बच्चासँग, यदि दिनमा सूर्य निक्लिएन भने के हुन्छ ? धत् लाटा यति पनि थाहा छैन तँलाई ? भन्दै दोस्रो बच्चाले जवाफ दियो— बिजुलीको बिल बढ्छ नि ! साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट
एक जना व्यक्ति संगीत सिक्न भनी संगीत प्रशिक्षण केन्द्र पुगेछ । त्यहाँका गुरुले सोधेछन्— संगीत गुरु : तपाईं कुन तालको बारेमा बढी जान्नुहुन्छ ? त्यो व्यक्तिले तुरुन्त जवाफ दिएछ : हड्तालको बारेमा । साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट
एक दिन एउटा वैज्ञानिकले यस्तो कम्युटरको आविष्कार गर्यो जसले सम्पूर्ण कुराहरु बताउन सक्दथ्यो । एक व्यक्तिले सो कम्प्युटरलार्ई मेरो बुवा यस वेला कहाँ हुनुहुन्छ भनेर सोध्यो । कम्प्युटरले जवाफ दियो— अहिले उनी ठमेलको एउटा भट्टीमा रक्सी पिउँदैछन् । त्यो व्यक्तिले भन्यो गलत मेरो बुवा मरेको नै ५ वर्ष भइसक्यो । कम्प्युटरले फेरि भन्यो— तिम्री आमा, […]
कसैले स्कुलमा फोन गरेर हेड सरलाई भन्यो— आज मेरो छोरा बिरामी पर्यो, स्कुल आउन सक्दैन । हेडसर : तपाईं को बोल्दै हुनुहुन्छ ? फोनबाट जवाफ आयो, म मेरो बुवा बोल्दैछु । साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट
एकजना युवक आफूलाई सधैँ युवा छु भन्ने देखाउन चाहन्थ्यो । उसलाई कसैले सोध्यो— तपाईं कति वर्षको हुनुभयो ? उसले जवाफ दियो— म उन्नाइस वर्ष लागेको बीस वर्ष भयो । साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट