क्यानभासमा उदाउँदै ‘नयाँ किरण’

ऊ, सर आउनुभयो ! ‘नमस्कार सर ।’ जिज्ञासु युवाहरू मिठो मुस्कानसहित उनको अघि पालैपालो शिर झुकाउँछन् । हँसिला पाका कलाकार किरण मानन्धरको ‘फ्र्याङ्कनेश’ को जवाफ छैन । उनी चुप बस्दैनन् । चुप लागेर बसेका विद्यार्थी छेउ पुग्छन् र केही न केही चुट्किला सुनाएर गफिन थाल्छन् । उनी जहाँ छन्, त्यहाँ हाँसो र खुसीका बहाव छल्किन्छ । ‘गम्भीर कलाकारको लिस्टमा पर्न रुचाउँदिन,’ ७२ वर्षे किरण मानन्धर भन्छन् ।