चुट्किला : कति वर्षको हुनुभयो

एकजना युवक आफूलाई सधैँ युवा छु भन्ने देखाउन चाहन्थ्यो । उसलाई कसैले सोध्यो— तपाईं कति वर्षको हुनुभयो ? उसले जवाफ दियो— म उन्नाइस वर्ष लागेको बीस वर्ष भयो । साभार  : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

सम्बन्धित सामग्री

चुट्किला : एउटा उदाहरण

शिक्षक : राम मन त काल कति प्रकारको हुन्छ ? राम : ३ प्रकारको सर । शिक्षक : स्याबास, अब तिनै वटाको एउटा एउटा उदाहरण देऊ त । राम : सर, मैले हिजो तपाईंको छोरीलाई देखेको थिएँ, आज म उनलाई माया गर्छु र भोलि म उसलाई भगाएर लानेछु ।

चुट्किला : रिसाइकलबिनमा

जिन्दगीको कन्ट्रोलप्यानल, हन्डेड जिबीको माया । मैले १ एमबी मायाको लागि कति पटक एप्लाई गरेँ, तर कहिल्यै पनि ओके गरिनौ । तिम्रो पिक्चर मेरो हार्डडिस्कमा सेभ गरिसकेको छु । कृपया मेरो मायालाई रिसाइकलबिनमा सेन्ट नगरिदेऊ । मेरो रिकोयस्ट मानिनौ भने म आफैलाई अटो डिलिट गर्ने छु, अगाडि तिम्रो इच्छा ! – तिम्रो जिन्दगीको पासवर्ड । […]

चुट्किला : जमेको कुराकानी

उत्तरतिरबाट आएको एक जना यात्रीले आफ्नो देशमा कति जाडो छ भनी धक्कु लगायो : मध्य जाडोमा यति जाडो हुन्छ कि हामीलाई खानेकुरा खानै गाह्रो हुन्छ । चपस्टिकहरु (चिनियाहरुले खाना खाँदा खानेकुरा मुखमा हाल्न मद्दत गर्ने दुई मसिना घोचाहरु) त टेबुलमै टाँसिन्छन् । थाहा छ ? तिनीहरू जमेका हुन्छन् । अर्कोले भन्यो – बाफ रे ! […]

चुट्किला : घुमाउरो प्रश्न

शिक्षक : २० लाई ५ ले भाग गर्दा कति हुन्छ ? विद्यार्थी : यो त साह्रै घुमाउरो प्रश्न भयो सर । शिक्षक : (उदाहरण दिँदै) २० वटा कपि ५ जनालाई बराबर बाँडियो भने कतिकति वटा पुग्छ त ? विद्यार्थी : यो त झनै घुमाउरो भयो सर । शिक्षक : (निरास हुँदै) मानौँ २० जना केटी […]

जोक्स : ड्याडीको बानी

पहिलो छिमेकी : तिमीसँग रु. १०० छ र तिम्रो ड्याडीले रु. १०० तिमीलाई दिनुभयो भने जम्मा कति हुन्छ ? दोस्रो छिमेकी :  रु. १०० नै हुन्छ । पहिलो छिमेकी : तिमीलाई जोड हिसाबबारे केही पनि थाहा रहेनछ । दोस्रो छिमेकी : तिमीलाई मेरो ड्याडीको बानीबारे केही पनि थाहा रहेनछ । साभार :‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

चुट्किला : के को चेन दिऊँ

पत्नी- मेरो जन्म दिनमा मलाई चेन उपहार दिनुपर्छ नि । सुन्नुभयो तपाईंले ? पती- किन नसुन्नु नि, कति सुने कति । बरु भनन के को चेन दिउँ मोटर साइकलको कि साइकलको ? साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

चुट्किला : एकचोटी भनेको कुरा काट्दिन

प्रेमी : प्रिय तिमी कति वर्षकी भयौ ? प्रेमिका : लजाउँदै….सोह्र वर्ष । प्रेमी : तर पाँच वर्ष अगाडि पनि तिमीले आफ्नो उमेर यही नै बताएकी थियौ । अलि गम्भीर भए जस्तै गर्दै….। प्रेमिका : म आफूले एकचोटी भनेको कुरा कहिले काट्दिन । साभार  : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

चुट्किला : फटाहा

शिक्षक : भन त राम १० मा १० जोड्दा कति हुन्छ ? राम : २२ सर । शिक्षक :फटाहा, कसरी ? राम : हिसाब नमिलेर सर । साभार :‘हँसाउने चुट्किला’ पुस्तकबाट

चुट्किला : तुना मात्रै लैजान्छु

ग्राहक : साहुजी, जुत्ताको मोल कति हो ? साहुजी : एघार सय । ग्राहक : यो तुनाको मोलचाहिँ कति नि ? साहुजी : तुना त सित्तैमा हुन्छ । ग्राहक : त्यसो भए जुत्ता राख्नुहोस्, तुना मात्रै लैजान्छु । साभार : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

चुट्किला : तिमलाई मेरो ड्याडीको बानी थाहा छ र ?

पहिलो छिमेकी : तिमीसँग रु. १००।– छ र तिम्रो ड्याडीले रु. १००।– तिमीलाई दिनुभयो भने जम्मा कति हुन्छ ? दोस्रो छिमेकी : रु. १००।– नै हुन्छ । पहिलो छिमेकी : तिमीलाई जोड हिसाबबारे केही पनि थाहा रहेनछ । दोस्रो छिमेकी : तिमीलाई मेरो ड्याडीको बानीबारे केही पनि थाहा रहेनछ । साभार  : ‘भद्रगोल, हँसाउने चुट्किला’ […]