मान्छेसँग च्याट गर्नेदेखि कविता, चुट्किला, निबन्ध, टेलिभिजनका स्क्रिप्ट र कम्प्युटर प्रोग्राम (कोड) समेत लेख्न सक्ने आर्टिफिसियल इन्टेलिजेन्स बट च्याटजीपीटी अहिले निकै चर्चामा छ । यो बट सार्वजनिक भएको एक हप्ताभन्दा कम अवधिमै १० लाख फलोअर्स जम्मा भएका थिए । मान्छेले सोधेका प्रश्नको सटिक र रोचक जवाफ दिने मात्रै नभएर दिइएका विषयमा कविता, निबन्ध र गीतहरू पनि लेखिदिने भएकाले यसका प्रयोगकर्ता निरन्तर बढिरहेका छन् ।