काठमाडौं । बर्मिङ्घम सिटीले वायन रुनीलाई नयाँ म्यानेजर नियुक्त गरेको छ । च्याम्पियनसिप क्लब बर्मिङ्घमले इङ्ल्यान्डका पूर्व कप्तान ३७ वर्षीय रुनीसँग बुधबार साढे ३ वर्षको सम्झौता गरेको छ । रुनीले सोमबार बर्खास्तीमा परेका जोन युस्टेसको स्थान लिनेछन् । बर्मिङघमका नयाँ अमेरिकन मालिक सेल्बी कम्पनीजले जुलाईमा क्लब लिएपछि क्लबमा पहिलो म्यानेजर परिवर्तन भएको हो । ‘वायन जन्मजात विजेता हुन्’ बर्मिङघमका सहमालिक तथा चियरम्यान टम वागनरले […]