३ चैत, काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ चयन भएका छन् । वर्तमान अध्यक्ष मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलको कार्यकाल सकिएसँगै एसोसिएसनको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत रुपमा चयान भएका हुन् । ३ चैतमा चितवनमा सम्पन्न १७औं वार्षिक साधारण सभाले उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका प्रमुख […]