हप्ता दिनमै विकास बैंकहरुको कर्जा लगानी दोब्बरले बढ्यो

पछिल्लो साता विकास बैंकहरुमा कर्जा मागको दर ह्वात्तै बढेको छ । अघिल्लो साताको तुलनामा यससाता बैंकहरुको कर्जा लगानी करिब दोब्बर बढीले वृद्धि भएको हो ।  डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपालले बुधबार सार्वजनिक गरेको रिपोर्टअनुसार गत भदौ २६ गतेदेखि असोज १ गतेसम्ममा राष्ट्रिय स्तरका विकास बैंकहरुको कर्जा लगानी ५ अर्ब ३९ करोडले बढेर तीन खर्ब ७४ अर्ब १९ करोड पुगेको हो । जबकि गत हप्ता बैंकहरुले जम्मा २ अर्ब ८९ करोड मात्र कर्जा लगानी गरेका थिए । एसोसिएसनका अनुसार यस्तो कर्जा लगानी बैंकहरुले गत

सम्बन्धित सामग्री

कामना सेवा विकास बैंक र न्यु नेपालबीच सम्झौता

कामना सेवा विकास बैंकले कर्जा लगानी सम्बन्धी सम्झौता गरेको छ। बैंकले विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले न्यु नेपाल प्रालिसँग सम्झौता गरेको हो।...

सिन्धु विकास बैंक र युवा स्वरोजगार कोषबीच सम्झौता

सिन्धु विकास बैंक र युवा तथा साना व्यवसायी स्वरोजगार कोषबीच कर्जा लगानी सम्झौता भएको छ ।सम्झौतामा कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीले हस्ताक्षर गरेका छन् । सम्झौताअन्र्तगत बैंकले आफ्नो कार्यक्षेत्रमा रहेका १८ देखि ६० वर्ष उमेर समूहका वेरोजगार व्यक्तिलाई लक्षित गर्दै उनीहरुको क्षमता तथा व्यापार व्यवसाय वृद्धि गर्न प्रति […]

सिन्धु विकास बैंक र कोषबीच कर्जा लगानी सम्झौता

काठमाडौं (अस) । सिन्धु विकास बैंक र युवा तथा साना व्यवसायी स्वरोजगार कोषबीच कर्जा लगानी सम्झौता भएको छ । सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीले हस्ताक्षर गरेका छन् । बिहीवार सम्पन्न उक्त सम्झौता अनुसार बैंकले आफ्नो कार्यक्षेत्रमा रहेका १८ देखि ६० वर्ष उमेर समूहका बेरोजगार व्यक्तिलाई  व्यापार व्यवसाय गर्न व्यक्तिगत २ लाख तथा समूहगत ३० लाख रुपैयाँसम्म सहुलियत कर्जा उपलब्ध गराउनेछ । बैंकले बेरोजगार युवालाई वार्षिक ८ प्रतिशतका दरले ३ वर्ष ६ महीनाका लागि कर्जा उपलब्ध गराउनेछ । कोषले युवा स्वरोजगार कर्जा उपभोग गर्ने ऋणी तथा परियोजना दुवैको बीमा समेत गरिदिने व्यवस्था छ । साथै कर्जाको साँवा तथा ब्याज समयमै तिर्ने असल ऋणीलाई तिरेको ब्याजको ६० प्रतिशतसम्म अनुदान फिर्ता समेत गरिदिनेछ ।

पूवार्धार विकास बैंकको अन्तरबैंक सापटीबाट कर्जा लगानी गर्न नपाइने

काठमाडौं । पूर्वाधार विकास बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरूलाई दिने सापटीलाई कर्जा सापटीका रुपमा गणना गर्न नपाइने  भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार पूर्वाधार विकास बैंक लक्षित गर्दै जारी गरेको एकीकृत निर्देशनअनुसार यस्तो सापटी सात दिनसम्मको लागि लिन सक्ने र   कर्जा  लगानी गर्न नसक्ने व्यवस्था गरेको छ...

स्वरोजगार कोष र गरिमा विकास बैंक बीच कर्जा सम्बन्धी सम्झौता

मंसिर १२, काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेड बीच कर्जा सम्झौता भएको छ ।   नेपाल सरकारको युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक बीच न्यून आय भएका र सामाजिक रुपमा पिछडिएका महिला, जनजाति, दलितवर्ग, फरक ढंगले सक्षम व्यक्तिहरु, सीमान्तकृत समुदाय तथा साना किसान, कालिगढ, मजदूर र भूमिहीन विपन्न परिवारहरुलाई विपन्न वर्ग अन्तर्गत रहेर कर्जा लगानी गर्नको लागि बुधवार एक कार्यक्रमका बीच कर्जा सम्झौता भएको हो ।  सो कर्जा सम्झौतामा साना व्यवसायी स्वरोजगार कोषका तर्फबाट कार्यकारी निर्देशक विश्व मोहन अधिकारी र गरिमा विकास बैंक लिमिटेडको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।  यो कर्जा सम्झौतापछि  विपन्न वर्गलाई बैंकले सहुलियत दरमा  बिना धितो कर्जा प्रबाह गर्ने प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताएका छन् ।

स्वरोजगार कोष र गरिमा विकास बैँकबीच विपन्नलक्षित कर्जा सम्झौता

युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेडबीच विपन्नलक्षित कर्जा सम्झौता भएको छ । न्यून आय भएका र खासगरी सामाजिक रुपमा पिछडिएका महिला, जनजाति, दलित वर्ग, फरक क्षमताका व्यक्तिहरू, सीमान्तकृत समुदाय तथा साना किसान, कालीगढ, मजदूर र भुमिहिन विपन्न परिवारहरूलाई विपन्न वर्ग अन्तर्गत रहेर कर्जा लगानी गर्ने गरी बैंक र कोषबीच सम्झौता भएको हो । बिहीबार एक कार्यक्रमकाबीच बैंक र कोषबीच सम्झौता भएको छ । सो कर्जा सम्झौतामा नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोषका तर्फबाट का

गरिमा बैंक १५ औं वर्षमा प्रवेश, निक्षेप र कर्जा खाता संख्या ६ लाख

गरिमा विकास बैंक लिमिटेड स्थापनाको १५ औं वर्षमा प्रवेश गरेको छ । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेका बैंकले बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामीण जिल्लाहरूमा ११५ शाखा कार्यालय, एक एक्स्टेन्सन काउन्टर र ५१ बैकिङ्ग कारोबार गर्ने गरेको छ ।६७ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन र ६१ अर्ब २१ करोड रुपैयाँ कर्जा लगानी गरेको तथा करिब ६ लाख निक्षेप एवम् कर्जा खातासहित बैंकले निरन्तर आफ्नो वासलात एवं अन्य प्रमुख वित्तिय सूचकहरूमा सन्तोषजनक प्रगति गर्दै आइरहेको पनि दाबी गरेको छ ।वार्षिकोत्सवका

विकास बैंकको कर्जा लगानी बढ्यो

काठमाडौं, भदौ २२ । विकास बैंकहरुको कर्जा लगानी साता दिनमै करिब ४ अर्बले बढेको छ । नेपालका कूल १८ विकास बैंक मध्ये १५ वटा बैंकको तथ्यांक अनुसार गएको भाद्र १२ देखि १८ गतेसम्मा विकास बैंकको कर्जा लगानी ३ अर्ब ७३ करोड अर्थात् शून्य दशमबल ८७ प्रतिशतले बढेको डेभलेपमेन्ट बैंकर्स एशोसिएसन नेपालले जनाएको छ । यस […]

कृषि विकास बैंक र सरकारबीच सम्झौता

काठमाडौं, ३ असार । कृषि विकास बैंक र नेपाल सरकारबीच सम्झौता भएको छ । सम्झौतापछि बैंकले नेपाल सरकारमार्फत ६० लाख अमेरिकी डलर बराबरको नेपाली रुपैयाँ ऋण पाउने भएको छ । बैंकको अनुसार बैंकले वन तथा वन पैदावर सम्बन्धी व्यवसाय गर्ने उद्यमी र वित्तीय संस्थालाई कर्जा लगानी गर्न सहायक ऋणको रुपमा उक्त रकम पाउने भएको हो […]

सिप्रदी ट्रेडिङ र कामना सेवा विकास बैंकबीच सवारी कर्जा लगानी सम्झौता

काठमाडौं । ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ प्रालि बीचमा सवारी कर्जा लगानी सम्झौता सम्पन्न भएको छ ।   सम्झौताअनुसार सिप्रदी ट्रेडिङ प्रालिमार्फत् सिफारिस भई अएका ग्राहकहरूले टाटा का विभिन्न प्रकारका सवारी ...