नेपालबाट गत आर्थिक वर्ष २०७८/७९ मा ११ करोड ४७ लाख रुपैयाँ बराबरको ‘क्याप टोपी’ निर्यात भएको छ । भन्सार विभागले जारी गरेको तथ्याङ्क अनुसार गत वर्षभरिमा ह्याट्ससहित उक्त मूल्य बराबरको क्याप टोपी निर्यात भएको हो ।विभागले गत वर्ष नेपालबाट १० करोड ६४ लाख रुपैयाँ बराबरको क्याप निर्यात भएको जनाएको छ । यस्तै, सोही अवधिमा ८८ लाख रुपैयाँ बराबरको ह्याट्स निर्यात भएको जानकारी विभागले दिएको छ । खासगरी, नेपालबाट विदेशतर्फ गार्मेन्टबाट बनेका सामाग्री निर्यात हुने गरेको छ । गत वर्ष नेपालबाट सल