गत आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट ३० करोड ५१ लाख रुपैयाँको खानेपानी निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि असार महिनासम्मको अवधिमा नेपालबाट उक्त मूल्य बराबरको खानेपानी निर्यात भएको हो ।यस अवधिमा नेपालबाट तीन प्रकारका पानी निर्यात भएको देखिएको छ । जसमा मिनरल्स वाटरको नामबाट २९ करोड ९५ लाख रुपैयाँको पानी निर्यात भएको छ । यस्तै, ५३ लाख रुपैयाँको ‘स्नो’ वाटर निर्यात भएको छ भने ३ लाख रुपैयाँको ‘प्रोसेस्ड’ पानी निर्यात भएको छ ।तथ्यांकअनुसा