काठमाण्डाै – चालु आर्थिक वर्ष २०७९/०८० को सात महिनामा नेपालले झन्डै १७ करोड रुपैयाँ बराबरको नेपाली सिमेन्ट निर्यात गरेको छ ।भन्सार विभागले सार्वजनिक गरेको गएकाे साउनदेखि माघ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले १६ करोड ७० लाख ३३ हजार रुपैयाँ बराबरको सिमेन्ट र क्लिङ्कर निर्यात गरेको हो । सात महिनामा दश करोड ६३ लाख ७७ हजार बराबरको क्लिङ्कर र छ करोड छ लाख ५६ हजार रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको छ । विभागका अनुसार यस अवधिमा एक लाख ५१ हजार एक सय ५८ टन क्लिङ्कर र एक लाख ५३ हजार चार सय ९३ टन सिमे...