नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत एसपी छायाँ देवी गुरुङलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ । नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह नर्सिङतर्फको प्रहरी वरिष्ठ उपरीक्षक पदमा प्रहरी उपरीक्षक रहेकी गुरुङलाई बढुवाका लागि सिफारिस गरिएको हो ।बढुवा समितिका सदस्य सचिव निरजबहादुर शाहीका अनुसार प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ को प्रावधानअनुसार सिफारिस गरिएको हो ।त्यस्तै, नेपाली प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक रामेश