विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न भन्दै  पर्यटन राज्यमन्त्री समक्ष व्यवसायीको ७ बुँदे माग

बुटवल। रुपन्देहीको भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तत्काल पूर्ण क्षमतामा सञ्चालन गर्न माग गर्दै चेम्बर अफ कमर्स, रुपन्देहीले सोमबार पर्यटन राज्यमन्त्री सुशीला श्रीपालि ठकुरीलाई ज्ञापन पत्र बुझाएको छ । संगठनले मन्त्री श्रीपालिलाई ज्ञापन पत्र बुझाउँदै विभिन्न ७ बुँदे माग पनि  राखेको छ । भारतसँग स्वीकृति लिनुपर्ने अवस्थामा माथिल्लो निकायबाट तत्काल पहल गर्नुपर्ने, भारतले सीमा नजिकैको […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभा बैठक : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालन गर्न माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा पर्यटकीय राजधानीका रुपमा घोषित पोखरास्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा सञ्चालन गरी पर्यटन वृद्धि गर्न माग गरिएको छ । बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद विद्या भट्टराईले विभिन्न मुलुकका विभिन्न सहरमा पोखराबाट सिधा हवाइ सेवा सञ्चालन गराइ पोखरालाई अन्तर्राष्ट्रिय गन्तव्य बनाउन आग्रह गरिन् । सांसद भट्टराईले पोखरामा चार सयको […]

पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न माग

पोखरा र भैरहवाका पर्यटन व्यवसायीले पोखरा र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट तत्काल अन्तराष्ट्रिय उडान सञ्चालन गर्न सरकारसंग माग गरेका छन् । होटल सङ्घ पोखरा र नेपाल पर्यटन बोर्डद्वारा संयुक्तरूपमा पश्चिम नेपालका सहरलाई लक्षित गरी सञ्चालित ‘जाउँ है पोखरा’ अभियानअन्तर्गत शनिबार भैरहवामा आयोजित कार्यक्रममा वक्ताहरूले विमानस्थल सञ्चालनमा आउँदा पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्नु चुनौतीको विषय भएको बताए …

पोखरा र भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न माग

पोखरा र भैरहवाका पर्यटन व्यवसायीले पोखरा र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट तत्काल अन्तराष्ट्रिय उडान सञ्चालन गर्न सरकारसंग माग गरेका छन् । होटल सङ्घ पोखरा र नेपाल पर्यटन बोर्डद्वारा संयुक्त रूपमा पश्चिम नेपालका सहरलाई लक्षित गरी सञ्चालित ‘जाउँ है पोखरा’ अभियानअन्तर्गत शनिबार भैरहवामा आयोजित कार्यक्रममा वक्ताहरूले विमानस्थल सञ्चालनमा आउँदा पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्नु चुनौतीको विषय भएको …

भैरहवा विमानस्थल सञ्चालन गरी ४० अर्ब लगानी सुरक्षित गर्न एमाले सांसदको माग

काठमाडौँ- भैरहवा विमानस्थल सञ्चालन गरी पर्यटन क्षेत्रमा गरिएको ४० अर्ब लगानी सुरक्षित गर्न एमाले सांसद वासुदेव घिमिरेले माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद घिमिरेले यस्तो बताएका हुन् । उनले विमानस्थल निर्माण भएको एक वर्ष पूरा हुँदा समेत पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको जिकिर गरे । उनले समय अघि ...

हवाई भाडा घटाएर पर्यटन उद्योग प्रतिस्पर्धी बनाउन परिसंघको माग

काठमाडौं । नेपाल उद्योग परिसंघले हवाई भाडा घटाएर नेपालको पर्यटन उद्योग प्रतिस्पर्धी बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग माग गरेको छ । मन्त्रालयमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा परिसंघले नेपालको पर्यटन प्रवर्द्धनका लागि चालिनुपर्ने  कदम,  यूरोपियन यूनियनले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालीन एवं दीर्घकालीन रूपमा गरिनुपर्ने नीतिगत सुधारका विषयमा जानकारी गराएको हो । परिसंघका उपाध्यक्ष राजबहादुर शाहले परिसंघले नेपालको पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर समिति गठन गरेको जानकारी गराए । उनले नेपालको हवाई भाडा अत्यन्त महँगो हुँदा नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य हुँदाहुँदै पनि अपेक्षाकृत रूपमा विदेशी पर्यटक आउन नसकिरहेको बताए । उनले हवाई भाडा घटाउनेतर्फ आवश्यक पहल गर्न, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई प्रतिस्पर्धी बनाउन र यूरोपियन युनियनले नेपाललाई राखेको सुरक्षासूचीबाट हटाउन आवश्यक पहलका लागि मन्त्री राईको ध्यानाकर्षण गराए । परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले परिसंघले सरकारसँग मिलेर अर्थतन्त्र विस्तारमा काम गर्दै आएको बताए । पर्यटन उद्योगलाई अगाडि बढाउन सरकारसँग सहकार्य गर्न परिसंघ तयार रहेको उनको भनाइ थियो । परिसंघका पर्यटन समिति सभापति पम्फा धमलाले पर्यटन उद्योगलाई अन्य उद्योगसरह पाउने सुविधा दिन आग्रह गरिन् । अन्तरराष्ट्रिय गन्तव्यमा प्रभावकारी एवं देखिनेगरी नेपालको प्रवर्द्धन अभियान सञ्चालन गरिनुपर्ने उनले बताइन् । परिसंघले पोखरा अन्तरराष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सफल रूपमा सञ्चालनका लागि हवाई रुटको अभाव एवं  चुनौतीबारे पनि मन्त्रालयको ध्यानाकर्षण गराएको छ । नेपालमा भारतीय पर्यटकले ल्याउन पाउने नगदको सीमा हटाउन आवश्यक पहल गर्न, नेपाललाई फिल्मिङ गन्तव्यको रूपमा विकास एवं प्रवर्द्धन गर्न, नेपाल विवाहका लागि उत्कृष्ट गन्तव्य हुन सक्ने भएकाले विवाहका लागि गरगहना ल्याउन तथा लैजान पाउने व्यवस्थामा सहजीकरण गरिदिन पनि आग्रह गरिएको छ । भेटवार्तामा मन्त्री किरातीले नीतिगत सुधारका विषयमा परिसंघले दिएको सुझावको स्वागत गरे । यूरोपियन यूनियनको सुरक्षा सूचीबाट हटाउने सन्दर्भमा पहल शुरू गरिसकेको उनले बताए ।

व्यवसायीद्वारा रात्रिकालीन पर्यटन बजारको माग

पर्यटकीय पूर्वाधारसहित सबै संरचना उपलब्ध रहेकाले भैरहवा क्षेत्रमा ‘रात्रिकालीन पर्यटन बजार’ सञ्चालन गर्नुपर्ने माग पर्यटन व्यवसायीले गरेका छन् । उनीहरूले तीन महिनाअघि सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रबिन्दु बनाएर रात्रिकालीन पर्यटन बजार सञ्चालन गरिनुपर्ने माग अघि सारेका हुन् ।

बजेट नआउँदा टीकापुर विमानस्थल सञ्चालन अन्योलमा

कैलाली । कैलाली टीकापुर विमानस्थलको स्तरोन्नतिका लागि आवश्यक बजेटको व्यवस्थापन हुन नसक्दा यसको सञ्चालनको टुंगो लाग्न सकेको छैन । केही प्राविधिक कामसहित स्तरोन्नतिका लागि चाहिने बजेटको व्यवस्थापन हुन नसक्दा यो विमानस्थल सञ्चालनको टुंगो लाग्न नसकेको हो । चालू आर्थिक वर्षमा यो विमानस्थल सञ्चालनका लागि आवश्यक बजेट उपलब्ध गराइदिन जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य, टीकापुर नगरपालिकाका प्रमुख तथा विभिन्न राजनीतिक दलका नेताले सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा समन्वय गर्दै आएका छन् ।      नागरिक उड्डयन प्राधिकरण क्यानको गत आइतवार बसेको बैठकले सुदूरपश्चिम प्रदेशका १० ओटा विमानस्थल सञ्चालनका लागि बजेट विनियोजन गर्ने गरेको निर्णय कार्यान्वयनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय गरेको थियो । ती दशमा टीकापुर विमानस्थल नपरेको भन्दै टीकापुरबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेतामाथि सामाजिक सञ्जालमा आलोचना हुन थालेपछि उनीहरूले बजेटको माग गर्दै मन्त्रालयसम्म पुगेका हुन् ।      सुदूरपश्चिम प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका नेता डा. रणबहादुर रावल नेतृत्वको एक प्रतिनिधिमण्डलले गत सोमवार सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेट गरी टीकापुर विमानस्थल सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरिदिन आग्रह गरेको बताइएको छ ।     नेता रावलले टीकापुर विमानस्थल सञ्चालनका लागि सम्बन्धित सबै पक्षसँग सहयोग, समन्वय र सहकार्य गरिने बताए । नगरप्रमुख रावलले विमानस्थल सञ्चालनका लागि बजेट विनियोजन गर्ने मन्त्रीसँग मौखिक सहमति मात्रै भएको बताए । विमानस्थलका विषयमा विभिन्न खालका टीकाटिप्पणी हुन थालेपछि मन्त्रालयसम्म पुगेको उनको भनाइ छ । अहिलेको विमानस्थल प्राविधिक रूपमा सञ्चालन गर्न नसकिने प्रारम्भिक प्रतिवेदन आएकाले विमानस्थल सार्ने विषयमा छलफल भएको जानकारी उनले दिए । रासस

पोखराबाट अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्न माग

पोखरा-पोखरामा निर्माणाधिन क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनकै प्रारम्भबाट अन्तर्राष्ट्रिय हवार्ई उडान गर्न पोखरेलीले माग गरेका छन् ।पोखरा पर्यटन परिषदले आइतबार गरेको कार्यक्रममा पोखरेलीले ४ दशकदेखिको पोखराको सपना अन्तर्राष्ट्रिय विमानस्थल भएकाले विमानस्थल सञ्चालनमा ल्याउँदा पनि सुरुबाटै अन्तर्राष्ट्रिय हवाई उडानबाटै सुरुवात गर्नुपर्ने माग गरेका हुन् ।पोखरा विमानस्थल आयोजनाले अग्रेंजी नयाँ वर्षदेखि आगामी पुसदेखि आन्तरिक हवाई उडानबाट पोखराको नयाँ […]