पर्यटकीय पूर्वाधारसहित सबै संरचना उपलब्ध रहेकाले भैरहवा क्षेत्रमा ‘रात्रिकालीन पर्यटन बजार’ सञ्चालन गर्नुपर्ने माग पर्यटन व्यवसायीले गरेका छन् । उनीहरूले तीन महिनाअघि सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रबिन्दु बनाएर रात्रिकालीन पर्यटन बजार सञ्चालन गरिनुपर्ने माग अघि सारेका हुन् ।