हवाई भाडा घटाएर पर्यटन उद्योग प्रतिस्पर्धी बनाउन परिसंघको माग

काठमाडौं । नेपाल उद्योग परिसंघले हवाई भाडा घटाएर नेपालको पर्यटन उद्योग प्रतिस्पर्धी बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग माग गरेको छ । मन्त्रालयमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा परिसंघले नेपालको पर्यटन प्रवर्द्धनका लागि चालिनुपर्ने  कदम,  यूरोपियन यूनियनले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालीन एवं दीर्घकालीन रूपमा गरिनुपर्ने नीतिगत सुधारका विषयमा जानकारी गराएको हो । परिसंघका उपाध्यक्ष राजबहादुर शाहले परिसंघले नेपालको पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर समिति गठन गरेको जानकारी गराए । उनले नेपालको हवाई भाडा अत्यन्त महँगो हुँदा नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य हुँदाहुँदै पनि अपेक्षाकृत रूपमा विदेशी पर्यटक आउन नसकिरहेको बताए । उनले हवाई भाडा घटाउनेतर्फ आवश्यक पहल गर्न, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई प्रतिस्पर्धी बनाउन र यूरोपियन युनियनले नेपाललाई राखेको सुरक्षासूचीबाट हटाउन आवश्यक पहलका लागि मन्त्री राईको ध्यानाकर्षण गराए । परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले परिसंघले सरकारसँग मिलेर अर्थतन्त्र विस्तारमा काम गर्दै आएको बताए । पर्यटन उद्योगलाई अगाडि बढाउन सरकारसँग सहकार्य गर्न परिसंघ तयार रहेको उनको भनाइ थियो । परिसंघका पर्यटन समिति सभापति पम्फा धमलाले पर्यटन उद्योगलाई अन्य उद्योगसरह पाउने सुविधा दिन आग्रह गरिन् । अन्तरराष्ट्रिय गन्तव्यमा प्रभावकारी एवं देखिनेगरी नेपालको प्रवर्द्धन अभियान सञ्चालन गरिनुपर्ने उनले बताइन् । परिसंघले पोखरा अन्तरराष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सफल रूपमा सञ्चालनका लागि हवाई रुटको अभाव एवं  चुनौतीबारे पनि मन्त्रालयको ध्यानाकर्षण गराएको छ । नेपालमा भारतीय पर्यटकले ल्याउन पाउने नगदको सीमा हटाउन आवश्यक पहल गर्न, नेपाललाई फिल्मिङ गन्तव्यको रूपमा विकास एवं प्रवर्द्धन गर्न, नेपाल विवाहका लागि उत्कृष्ट गन्तव्य हुन सक्ने भएकाले विवाहका लागि गरगहना ल्याउन तथा लैजान पाउने व्यवस्थामा सहजीकरण गरिदिन पनि आग्रह गरिएको छ । भेटवार्तामा मन्त्री किरातीले नीतिगत सुधारका विषयमा परिसंघले दिएको सुझावको स्वागत गरे । यूरोपियन यूनियनको सुरक्षा सूचीबाट हटाउने सन्दर्भमा पहल शुरू गरिसकेको उनले बताए ।

सम्बन्धित सामग्री

घट्यो हवाई भाडा

हवाई इन्धनको मूल्य घटेसँगै वायुसेवा सञ्चालक संघले आन्तरिकतर्फको हवाई भाडा घटाएको छ । सोमबार राति १२ बजे देखि लागु हुने गरी नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै निजी वायुयान कम्पनीहरुले हवाई भाडा घटाएका छन् । निगमले आन्तरिक हवाई इन्धनको फ्यूल चार्जमा प्रतिलिटर १४ रुपैयाँ घटाएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले अधिकतम (हाल उडान भरिरहेका गन्तव्यमा) […]

हवाई भाडा घट्यो

इन्धनको मूल्य घटेसँगै वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई भाडा घटाएको छ । आइतबार नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ घटाएपछि संघले सोमबार हवाई भाडा घटाएको हो । घटेको भाडादर पुस २७ देखि लागू हुनेछ । गन्तव्यअनुसार अधिकतम ८ सय ८५ देखि न्यूनतम १ सय ८० रुपैयाँ भाडा घटेको छ । सबैभन्दा […]

हवाई भाडा घट्यो

काठमाडौँ,२५ पुष । सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ । आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर रु २० कटौती गरेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाएको हो । सङ्घका अनुसार काठमाडौँदेखि धनगढीसम्मको उडानमा सबैभन्दा धेरै रु आठ सय ८५ भाडा घटेको छ । यो गन्तव्यका लागि रु सात हजार पाँच सय दश […]

हवाई भाडा घट्यो

सरकारले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ घटाएसंगै हवाई भाडा घटेको हो।

हवाई भाडा बढ्यो

हवाई इन्धनको मूल्य वृद्धि भएसँगै वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई भाडा वृद्धि गरेको छ । फ्यूल सरचार्जअनुसार भाडा वृद्धि गरिएको वायुसेवा सञ्चालक संघले जनाएको छ ।अधिकतम ४ सय ४५ देखि न्यूनतम ९० रुपैयाँ हवाई भाडा वृद्धि भएको छ । नेपाल आयाल निगमले आइतबार राति १२ बजेदेखि हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ मूल्य समायोजन गर्ने निर्णय […]

हवाई भाडा बढ्यो

हवाई इन्धनको मूल्य वृद्धि भएसँगै वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई भाडा वृद्धि गरेको छ। फ्यूल सरचार्जअनुसार भाडा वृद्धि गरिएको वायुसेवा सञ्चालक संघले जनाएको छ। । अधिकतम ४ सय ४५ देखि न्यूनतम ९० रुपैयाँ हवाई भाडा वृद्धि भएको छ ।नेपाल आयाल निगमले आइतबार राति १२ बजेदेखि हवाई इन्धनमा प्रतिलिटर ११० रुपैयाँ मूल्य समायोजन गर्ने निर्णय गरेसँगै निजी विमान कम्पनीहरुको छाता संस्थाले बुधबारदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो । समायोजन भएको भाडा दरमा अधिकतम काठमाडौँ-धनगडीमा ४ सय ४५ र काठमाडौं-सिमरामा न

फेरि बढ्यो हवाई भाडा

नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ मूल्य बढाएको भन्दै वायुसेवा कम्पनीले हवाई भाडा पनि बढाएका छन् । मूल्य बढेपछि हवाई इन्धनको मूल्य प्रतिलिटर एक सय एक रुपैयाँ पुगेको छ ।...

हवाई भाडा बढ्यो

आन्तरिक उडानतर्फ हवाई भाडा वृद्धि भएको छ । हवाई इन्धनमा खर्च (फ्यूल सजचार्ज) बढ्दा हवाई भाडा पनि बढेको हो । वायुसेवा सञ्चालक संघले बुधबार एक सूचना जारी गर्दै नयाँ भाडादर सार्वजनिक गरेको छ ।आन्तरिक उडानतर्फ न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ४४० रुपैयाँसम्म भाडा बढेको संघले जानकारी दिएको छ । काठमाडौं–धनगढी हवाई भाडा सबैभन्दा बढी ४४० रुपैयाँ बढेको छ । यो रुटमा यसअघि फ्युल सजचार्ज ३८ सय रुपैयाँ रहेकोमा पछिल्लो पटक चार हजार २४० रुपैयाँ पुगेको छ ।अन्यत्र भन्दा डोटी–साफेबगर उडानमा कम अर्थात ४५

हवाई भाडा बढ्यो

नेपाल आयल निगमले हवाई इन्धनमा मूल्य वृद्धि गरेसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडा बढाएको छ ।निगमले आन्तरिक हवाई इन्धनका लागि प्रतिलिटर २ रुपैयाँ बढाएसँगै संघले विभिन्न गन्तव्यको हवाई भाडा बढाएको हो । गन्तव्यअनुसार न्यूनतम १० रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म भाडा बढाइएको छ । संघका अनुसार न्यूनत्तम हवाई वृद्धि भएको गन्तव्यमा सुर्खेत–ताल्चा, सुर्खेत–चौरझरी र रामेछाप–लुक्ला उडानका […]