तनहुँ – जिल्ला सदरमुकाम दमौलीस्थित हार्डवेयर पसलको गोदाममा भीषण आगलागी भएको छ। व्यास नगरपालिका–४ स्थित मुख्यचोकमा रहेकाे भूपाल हार्डवेयरमा भीषण आगलागी भएको हो। हार्डवेयरको गोदाममा आइतबार बिहान १० बजेदेखि आगलागी सुरु भएको थियो। प्रहरी र स्थानीयको प्रयासमा आगलागी नियन्त्रणको प्रयास भइरहे पनि नियन्त्रणमा लिन सकिएको छैन। आगलागीको कारण खुल्न नसकेको तनहुँ प्रहरीले जानकारी दिएको छ।