हार्डवेयर पसलमा आगलागी

बागलुङ बजारस्थित श्रेष्ठ हार्डवेयर पसलमा आगलागी भएको छ । आज बिहान अचानक भएको आगलागीबाट हार्डवेयर पसलका सामग्री जलेर नष्ट भएका छन् । दमकलको सहयोगमा अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । आगलागीबाट भएको क्षतिको यर्थाथ विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए । हार्डवयर पसलमा आगलागी हुँदा रु ५० लाख बढीको क्षति भएको अनुमान स्थानीयवासीको छ । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाए

सम्बन्धित सामग्री

हार्डवेयर पसलमा आगलागी हुँदा २० लाखको धनमाल नष्ट

महोत्तरी । पिपरा गाउँपालिका-१ ढेकहा चोकस्थित सोही गाउँपालिका-४ पिपरा टोल बस्ने रेखा महासेठको हार्डवेयर पसलमा विद्युत सर्ट भई आइतबार राति आगलागी हुँदा विभिन्न किसिमको हार्डवेयरको सामानहरू जलेर करिब २० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

हार्डवेयर गोदाममा भीषण आगलागी

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं.५ कमेरोटारस्थित हार्डवेयर गोदाममा आगलागी भएको छ । आइतबार राति ९ बजेर १० मिनेटबाट सुरु भएको आगलागी राति साढे दुई बजे मात्रै नियन्त्रणमा आएकाे थियो । मध्यपुर थिमि नगरपालिका वडा नं.६ बस्ने राजन प्रजापतिले सञ्चालन गर्दै आएको ग्रीन सि. ट्रेडिङ एण्ड राजन ग्रुपको बन्द हार्डवेयर गोदाममा अचानक आगलागी […] The post हार्डवेयर गोदाममा भीषण आगलागी appeared first on राजधानी राष्ट्रिय दैनिक.

भक्तपुरमा होर्डवेयर गोदानमा आगलागी

१२ वैशाख, भक्तपुर । भक्तपुरको कामेराटारस्थित एक हार्डवेयर गोदाममा आगलागी भएको छ । मध्यपुर थिमी नगरपालिका-५ कमेरटारका राजन प्रजापतिले सञ्तालनन गरेाके ग्रिन सि ट्रेडिङ एण्ड राजन ग्रुपको बन्द हार्डवयर गोदाममा आलागाी भएको हो । आगजनीबाट शौचालयका पाइप तथा हार्डवेयरका सामानहरु जग्ला साढे ७ करोढ बराबरको क्षति भएको महानगरीय प्रहरी परिसर, भक्तपुरले जनाएको छ ।

तनहुँको दमौलीमा आगलागी

काठमाडौं । तनहुँको दमौली चोकमा आगलागी भएको छ । दमौली बजारको एक हार्डवेयर गोदाममा बिहान १० बजेदेखि लागेको आगो अनियन्त्रित भएपछि बजारवासी त्रसित छन् । आगो निभाउने प्रयास जारी रहेको तनहुँका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म मानवीय क्षति भएको छैन । स्थानीय स्तरबाट आगो निभाउन नसकेपछि गृह मन्त्रालयले सिम्रिक […]

दमौलीमा हार्डवेयर पसलमा आगलागी

तनहुँ – जिल्ला सदरमुकाम दमौलीस्थित हार्डवेयर पसलको गोदाममा भीषण आगलागी भएको छ। व्यास नगरपालिका–४ स्थित मुख्यचोकमा रहेकाे भूपाल हार्डवेयरमा भीषण आगलागी भएको हो। हार्डवेयरको गोदाममा आइतबार बिहान १० बजेदेखि आगलागी सुरु भएको थियो। प्रहरी र स्थानीयको प्रयासमा आगलागी नियन्त्रणको प्रयास भइरहे पनि नियन्त्रणमा लिन सकिएको छैन। आगलागीको कारण खुल्न नसकेको तनहुँ प्रहरीले जानकारी दिएको छ।

आगलागी हुँदा करोडौंको क्षति

रौतहटको मध्यभागमा गरुडा स्थित साह ट्रेड कन्सर्नमा आगलागी भएको छ । गरुडा नगरपालिका– ४ मा रहेको साहु ट्रेड कन्सर्न हार्डवेयर पसलमा शुक्रबार बिहान साढे ४ बजे विद्युतको तार सर्ट भएर आगलागी भएको हो । आगो नियन्त्रणमा आइसकेको रौतहटका सिडियो कृष्ण बहादुर शाहीले जानकारी दिएका छन् । उनका अनुसार २ वटा दमकलको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी ,सशस्त्र प्रहरीको टोलीले आगो निभाएका थिए । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीका अनुसार आगलागी हुँदा घरसहित घरमा भएका सम्पूर्ण

सर्लाहीको एक हार्डवेयर पसलमा आगलागी, ४० लाखको क्षति

सर्लाही : ईश्वरपुर नगपालिका–१ चौलिखा बजारमा गएराति एक हार्डवेयर पसलमा आगलागी हुँदा ४० लाख बढीको क्षति भएको छ।स्थानीय सन्जय साह सुँडीले आफ्नै दुई तले घरमा संचालन गरेको हार्डवेयर पसलमा आगलागी भएको हो।आगालागीमा परी करिब ४० रुपैयाँ बराबरको सामान नष्ट भएको इलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक जनक ढुंगानाले जानकारी दिए।आगलागीमा धेरैजसो पेन्टिङका सामग्री जलेर नष्ट भएका पीडित साहले बताए। राति २ बजेतिर सुरु भएको आगलागी स्थानीय, सुरक्षाकर्मी र मलंगवाबाट आएको दमकलको सह

हार्डवेयर पसलमा आगलागी हुँदा करिब ४० लाख बराबरको क्षति

मलङ्गवा । सर्लाहीको ईश्वरपुर नगरपालिका–१, चौलिखा बजारमा रहेको सञ्जय हार्डवेयर पसलमा गए राति आगलागी हुँदा करिब ४० लाख बराबरको क्षति भएको छ ।आगलागीबाट पसलमा रहेका ४० लाखभन्दा बढी मूल्य बराबरका इनामेल पेन्टलगायत हार्डवेयरका सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीय व्यापारी सञ्जय साहले सञ्चालन गर्नुभएको हार्डवेयर पसलमा गएराति करिब १ बजेको समयमा आगलागी […]

हार्डवेयर पसलमा आगलागी

बाग्लुङ : बाग्लुङ नगरपालिका–२ लोकतान्त्रिक चोकमा रहेको श्रेष्ठ हार्डवेयर पसलमा आगलागी भएको छ। शुक्रबार बिहान भएको आगलागीबाट पसलमा रहेका सबै सामग्री जलेको छ।आगलागी हुनको कारणबारे अनुसन्धान भैरहेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए। बजारको मध्यभागमा रहेको पसलमा लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना र बाग्लुङ नगरपालिकाको दमकलको संयुक्त प्रयासमा नियन्त्रणमा लिइएको छ। क्षतिको विवरण आइसकेको छैन।