निर्वाचनको विरोधमा प्रदर्शन गर्ने नेकपा बहुमतका कार्यकर्तालाई पक्राउ

काठमाडौँ– निर्वाचनको विरोध गर्दै काठमाडौंको माइतिघरमा प्रदर्शन गर्ने नेकपा बहुमतका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।  देशभर मतदान भइरहेका बेला निर्वाचनको विरोधमा प्रदर्शन गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  निर्वाचन बहिष्कार गर्नुपर्ने भन्दै नारावाजीसहित प्रदर्शनमा उत्रनेबित्तिकै उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

सम्बन्धित सामग्री

एमालेले गर्यो सरकारको विरोधमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौं, १५ बैशाख । नेकपा (एमाले)ले सरकारको विरोध गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि भइरहेको अपराधिक क्रियाकलापलाई बन्दगरी संल्गनमाथि कारवाही गर्न माग गर्दै एमालेका विभिन्न भातृसंगठनले शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन्। तस्बिर : मुकुन्द कालिकोटे

नेकपाद्वारा दाङमा प्रदर्शन

दाङ । नेत्र विक्रम चन्द "विप्लव" नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दाङमा विरोध प्रदर्शन गरेको छ ।  सोमबार नेकपाले बढ्दो महँगी, भ्रष्टाचार, बैंकहरुको चर्को ब्याजदर र वित्तीय संस्थाहरूको मनोमानीको विरोधमा प्रदर्शन गरेको हो ।

माओवादी केन्द्र एमसीसीको पक्षमा, कार्यकर्ताहरु विरोधमा प्रदर्शन गर्दै

सत्तारुढ गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले एमसीसी सम्झौताको व्याख्यात्मक टिप्पणीसहित समर्थन गर्ने निर्णय गरे पनि सो पार्टीका कार्यकर्ता भने विरोधमा प्रदर्शन गरिरहेका छन् । आइतबार नयाँ बानेश्वरमा भइरहेको एमसीसी विरोधी प्रदर्शनमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताको बाक्लो उपस्थिति छ । जबकि, माओवादी केन्द्रले आइतबार एमसीसी सम्झौताको व्याख्यात्मक टिप्पणीसहित समर्थन गर्ने निर्णय गरेको छ ।उल्लेखनीय छ, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, लीलामणि पोखरेल,

आज पनि नयाँबानेश्वरमा एमसीसीको विरोधमा प्रदर्शन

काठमाडौं । काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा आज शुक्रबार पनि अमेरिकी सहयोग परियोजना (एमसीसी) विरुद्ध प्रदर्शन गरिएको छ । सत्तारूढ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेता–कार्यकर्ता, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायत दलहरुले बानेश्वर क्षेत्रमा एमसीसी सम्झौताविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरुले ‘एमसीसी चाहिँदैन, देश बेच्‍न पाइँदैन’ भन्दै नाराबाजी गरेर […]

सडकमै चिया पकाएर मूल्यवृद्धिविरुद्ध प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– नेकपा एमाले निकट युवा संघले मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको छ। युवा संघले काठमाडौँको नयाँ बानेश्वरमा बिहीबार प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरुले सडकमै चिया पकाएर मूल्यवृद्धिको विरोध गरेका थिए। उनीहरुले सभामुख अग्नी सापकोटा, पर्यटनमन्त्री प्रेम आले र भौतिक पूर्वाधार मन्त्री रेणु यादवको पनि विरोध गरेका थिए। मन्त्री आलेको अश्लिल गालीसहितको अडियो सार्वजनिक भएपछि युवा संघले […]

संसद बाहिरका दलद्वारा एमसीसीको विरोधमा प्रदर्शन

काठमाडौं–एमसीसी–सम्झौताविरुद्ध संसद बाहिर रहेका राजनीतिक दलहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । संसद बाहिर रहेका नेकपा (माले), नेकपा (संयुक्त), नेपाल कम्युनिष्ट पार्टी, संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चालगायत विभिन्न संघसंस्थाहरुहले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले बुधबार काठमाडौको माइतीघरदेखि नयाँबानेश्वरसम्म विरोध प्रर्दशन गरेका थिए । एमसीसी सम्झौतामा नेपालको कानुनभन्दा अमेरिकाका माथि हुने देखिएकाले यसलाई खारेज […]

एमसिसीको विरोधमा प्रदर्शन गर्नेहरुप्रति बल प्रदर्शन

काठमाडौँ – एमसिसीको विरोधमा बानेश्वरस्थित संसद भवन नजिक प्रदर्शन गरेका प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको छ । संघीय संसदको अधिवेशन मंगलबारदेखि सुरु हुन लागेको र यो अधिवेशनबाट एमसिसी पारित गर्ने तयारी रहेको दाबी गरिएका बेला प्रदर्शनकारीहरु पुरानो बानेश्वरबाट संसद भवन तर्फ नाराबाजीसहित आएका बेला प्रहरीले बल प्रयोग गरेको हो । नेकपा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा […]

एमसीसीको विरोधमा जनकपुरधाममा प्रदर्शन

जनकपुरधाम– जनकपुरधाममा एमसीसीको विरोधमा प्रदर्शन गरिएको छ। नेकपा क्रान्तिकारी माओवादीले मंगलबार अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को विरोधमा प्रदर्शन गरेको हो। क्रान्तिकारी माओवादी धनुषाले जनकपुरधामको गोपाल धर्मशालाबाट निकालेको जुलुसले नगर परिक्रमा गरेको थियो। क्रान्तिकारी माओवादीको धनुषा तथा महोत्तरीका ईन्चार्ज वीरेन्द्र यादवको नेतृत्वमा निकालिएको जुलुश जनक चोकमा कोणसभामा परिणत भएको थियो। कोणसभालाई बोल्दै क्रान्तिकारी माओवादीका केन्द्रीय […]

अध्यादेशविरुद्ध युवा संघको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– नेकपा एमाले निकट युवा संघले राजनीतिक दल सम्बन्धी अध्यादेशको विरोधमा प्रदर्शन गरेको छ। राजधानीको नयाँ बानेश्वरमा युवा संघले प्रदर्शन गरेको हो। युवाहरुले उक्त अध्यादेश खारेज गर्न माग गरेका छन्। सरकारले प्रमाणिकरणका लागि पठाएको उक्त अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार जारी गरेकी थिइन्। एमालेको माधवकुमार नेपाल पक्ष र जसपाको महन्थ ठाकुर पक्षलाई दल विभाजनका लागि सहज […]

भूमिसम्बधी समस्या समाधान आयोग खारेजको विरोधमा प्रदर्शन

२१ साउन, काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजको विरोधमा प्रदर्शन भएको छ । नेकपा एमालेसम्वद्ध राष्ट्रिय युवा संघले बिहीबार मनोहरा सुकुम्बासी बस्ती क्षेत्रमा प्रदर्शन गरेको हो । उनीहरुले सरकारविरुद्ध चर्को नाराबाजी गरेका छन् । आयोग पुनर्स्थापित नभएसम्म आन्दोलन गर्ने उनीहरुले बताएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित […]