एमसिसीको विरोधमा प्रदर्शन गर्नेहरुप्रति बल प्रदर्शन

काठमाडौँ – एमसिसीको विरोधमा बानेश्वरस्थित संसद भवन नजिक प्रदर्शन गरेका प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको छ । संघीय संसदको अधिवेशन मंगलबारदेखि सुरु हुन लागेको र यो अधिवेशनबाट एमसिसी पारित गर्ने तयारी रहेको दाबी गरिएका बेला प्रदर्शनकारीहरु पुरानो बानेश्वरबाट संसद भवन तर्फ नाराबाजीसहित आएका बेला प्रहरीले बल प्रयोग गरेको हो । नेकपा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा […]

सम्बन्धित सामग्री

निर्वाचनको विरोधमा प्रदर्शन गर्ने नेकपा बहुमतका कार्यकर्तालाई पक्राउ

काठमाडौँ– निर्वाचनको विरोध गर्दै काठमाडौंको माइतिघरमा प्रदर्शन गर्ने नेकपा बहुमतका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।  देशभर मतदान भइरहेका बेला निर्वाचनको विरोधमा प्रदर्शन गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।  निर्वाचन बहिष्कार गर्नुपर्ने भन्दै नारावाजीसहित प्रदर्शनमा उत्रनेबित्तिकै उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

‘संशोधन नत्र खारेजी’ : संक्रमणकालीन न्याय विधेयकको विरोधमा प्रदर्शन

काठमाडौं : बृहत् द्वन्द्व पीडित समुदाय र नागरिक समाजले संक्रमणकालीन न्याय कानुनलाई संशोधन गर्न बनेको विधेयकमा भएका प्रावधानहरुको विरोधमा प्रदर्शन गरेको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक तत्काल संशोधन गर्न माग गर्दै प्रदर्शन गरिएको हो। विधेयकको विरोधमा र्‍यालीसहित प्रदर्शन…

मर्चवारीमा करारका कर्मचारी हटाउन खोजेको विरोधमा प्रदर्शन

६ साउन, बुटवल । रुपन्देहीको मर्चवारी गाउँपालिकामा करारका कर्मचारी हटाउन खोजेको विरोधमा प्रदर्शन भएको छ । गाउँपालिकाका अध्यक्ष गयाप्रसाद बरईले यसअघिका जनप्रतिनिधिले नियुक्त गरेका कर्मचारी हटाएर नयाँ कर्मचारी नियुक्त गर्न खोजेको भन्दै करारका कर्मचारी, स्थानीय तथा पूर्व जनप्रतिनिधिहरूले गाउँपालिका कार्यालय परिसरमा प्रदर्शन गरेका हुन् । ५ वर्षदेखि काम गर्दै आएका २८ जनालाई कर्मचारीलाई हटाउन खोजेको […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

जनकपुरधाम । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा जनकपुरधाममा प्रदर्शन गरिएको छ । जनकपुरधामस्थित जानकी मन्दिरको उत्तरतर्फ बीच सडकमै स्थानीय युवाको आयोजनामा मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेका हुन् । उनीहरूले बीच सडकमै मोटरसाइकल तेस्र्यायाएर एलपी ग्यास सिलिण्डरसहित विरोध प्रदर्शन गरेका हुन् । पाँच दलीय गठबन्धनको सरकारले जनतालाई राहतभन्दा बढी आहत दिएको भन्दै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा मोटरसाइकल, […] The post पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन appeared first on राजधानी राष्ट्रिय दैनिक.

इन्धन मूल्यवृद्धिको विरोधमा प्रदर्शन (फोटो फिचर)

काठमाडौं :  इन्धनको मूल्यवृद्धिको विरोधमा काठमाडौंमा प्रदर्शन तथा आयल निगमको कार्यालय घेराउ गरेका छन्।विभिन्न १५ विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेका हुन्। सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेपछि देशका मूल शहरहरूमा त्यसको विरोध भइरहेको छ।आयल निगमले पछिल्लोपटक खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २०० रुपैयाँ र डिजेल पेट्रोल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ। विद्यार्थी संगठनहरूले मूल्यवृद्धि फिर्ता हुनैपर्ने बताउँद

१८ महिनाकी बालिकाको बलात्कारपछि हत्याको विरोधमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– मोरङमा १८ महिने बालिकाको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा प्रदर्शन भएको छ। मंगलबार महिलाहरुले राजधानीमा बलात्कारविरुद्ध प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागी महिलाहरुले ‘कपाल काट्ने, मेकअप गर्ने, छोटो लुगा लगाउने हाम्रो गल्ती हैन,  तिम्रो मानसिकता गलत हो, बलात्कार तिमीहरु गर्ने लुकेर हामी बस्नुपर्ने?, छोरीचेलीको रक्षा गर्न नारी शक्ति एक हौँ, बलात्कारको मुद्दालाई राजनीतिक एजेण्डा बनाऊ, […]

माओवादी केन्द्र एमसीसीको पक्षमा, कार्यकर्ताहरु विरोधमा प्रदर्शन गर्दै

सत्तारुढ गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले एमसीसी सम्झौताको व्याख्यात्मक टिप्पणीसहित समर्थन गर्ने निर्णय गरे पनि सो पार्टीका कार्यकर्ता भने विरोधमा प्रदर्शन गरिरहेका छन् । आइतबार नयाँ बानेश्वरमा भइरहेको एमसीसी विरोधी प्रदर्शनमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताको बाक्लो उपस्थिति छ । जबकि, माओवादी केन्द्रले आइतबार एमसीसी सम्झौताको व्याख्यात्मक टिप्पणीसहित समर्थन गर्ने निर्णय गरेको छ ।उल्लेखनीय छ, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, लीलामणि पोखरेल,

बलि प्रथाको विरोधमा प्रदर्शन

दसैँ नजिकिँदै गर्दा जनकपुरधाममा बलि प्रथाको विरोधमा प्रदर्शन भएको छ । दसैँ लगायतका विभिन्न चाडपर्वमा हुने पशु बलि रोक्न दबाब दिँदै ब्रम्हा कविर उपासक समाज धनुषाले मंगलबार जनकपुरधाममा प्रदर्शन गरेको हो । संयोजक शिवकुमार महतोका अनुसार ब्रम्हा कविर उपासक समाज धनुषाले प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई बलि बन्द गर्न ज्ञापनपत्र समेत बुझाएको छ । सन्त रामपालजी महाराजका अनुयायीहरुले जनकपुरको पगलाबाबा धर्मशालाबाट निकालेको ¥यालीले नगर परिक्रमा गरेको थियो ।समाजका संयोजक महतोले बलिप्रथा र

टर्कीमा कोरोना नियन्त्रणका लागि जारी प्रतिबन्धको विरोधमा प्रदर्शन

२७ भदौ, काठमाडौं । टर्कीमा कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको प्रतिबन्धको विरोधमा प्रदर्शन भएको छ । मास्क नलगाइ राजधानी स्तानबुलमा गरिएको प्रदर्शनमा दुई हजार बढीले सहभागिता जनाएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । सरकारी प्रतिबन्धका कारण आफ्नो स्वतन्त्रताको हनन भएको भन्दै प्रदर्शनकारीले र्‍याली निकालेका हुन् । प्रदर्शनमा सहभागीहरुले ‘मेरो शरीर मेरो निर्णय’, ‘स्वतन्त्रता […]

भूमिसम्बधी समस्या समाधान आयोग खारेजको विरोधमा प्रदर्शन

२१ साउन, काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजको विरोधमा प्रदर्शन भएको छ । नेकपा एमालेसम्वद्ध राष्ट्रिय युवा संघले बिहीबार मनोहरा सुकुम्बासी बस्ती क्षेत्रमा प्रदर्शन गरेको हो । उनीहरुले सरकारविरुद्ध चर्को नाराबाजी गरेका छन् । आयोग पुनर्स्थापित नभएसम्म आन्दोलन गर्ने उनीहरुले बताएका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित […]