६ महिनामा नेपाल बैंकले कमायो १ अर्ब ४१ करोड नाफा

नेपाल बैंक लिमिटेडले चालु आ.व.को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्बजनिक गरेको छ । प्रकाशित वित्तीय अनुसार बैंकले दोस्रो त्रैमाससम्म कुल १ अर्व ४१ करोड ७० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ  । सो मुनाफा गत आ.व. सोहि अवधिकोे भन्दा करिब ५ प्रतिशतले बढि हो । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ८३ अर्व ३४ करोड पुगेको छ भने कर्जा लगानी १ खर्ब ७२ अर्ब ९१ करोड पुगेको छ । २७ वटा बाणिज्य बैंकहरुमध्य निक्षेप संकलन तथा कर्जा लगानी दुबैमा नेपाल बैंकले आक्रामक वृद्धि गरेको छ । निक्षेप संकलनमा १९.७९ प्रतिशत र कर्जा लगानीमा २७.९६ प्रतिशत वृद्धि गर्न सफल बैंक गत ६ महिनामा निक्षेप संकलन तथा कर्जा विस्तार गर्ने दोस्रो ठूलो बनेको छ ।  बैंकको खुद ब्याज आम्दानी १.८० प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३६.३६ प्रतिशतले बढेको छ । बैकले खराव कर्जाको अनुपातलाई  पनि उल्लेखनिय रुपमा घटाउन सफल भएको देखिएको छ । गत आ.व.को दोस्रो त्रैमासम्म कुल कर्जामा खराब कर्जाको अनुपात २.८८ प्रतिशत रहेकोमा यो आ.व.को दोस्रो त्रैमासमा त्यसमा उल्लेखनिय रुपमा कमि आई १.९१ प्रतिशत पुगेको छ ।  बैंकले ११३ शाखाहरु, १४७ एटिएम मेसिन साथै ४७ वटा एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित सामग्री

गरिमा विकास बैंकको नाफा १ अर्ब माथि

गरिमा विकास बैंकको खुद नाफा गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा २६.३५ प्रतिशतले बढेर १ अर्ब ५ करोड ६६ लाख ५३ हजार रुपैयाँ पुगेको छ ।अघिल्लो वर्षको यसै अवधिमा बैंकले ८३ करोड ६३ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा गरिमाको खुद ब्याज आम्दानी ३१.६७ प्रतिशत र सञ्चालन नाफा २५.३५ प्रतिशतले सुधार भएपछि खुद नाफा पनि बढेको देखिन्छ । बैंकको वितरण योग्य नाफा भने ७५ करोड २ लाख ९० हजार रुपैयाँ पुगेको छ । असार मसान्तसम्म आइपुग्दा गरिमाको रिजर्भ कोष पनि २२.५० प्रतिशतले बढेर १ अर्ब ५

मुक्तिनाथ विकास बैंकले कमायो १ अर्ब ३७ करोड रुपैयाँ

मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा १८.४७ प्रतिशत बढी हो ।  आर्थिक वर्ष २०७७/७८ मा बैंकले १ अर्ब १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।यस्तै समीक्षा अवधिमा बैंकले २१.०८ प्रतिशतले ब्याज आम्दानी वृद्धि गर्दै ३ अर्ब ३७ करोड ६५ लाख ७९ हजार कमाएको छ भने सञ्चालन नाफा १९.५० प्रतिशतले वृद्धि गरेको छ । योसँगै बैंकको वितरण योग्य नाफा ८१ करोड ५९ लाख रुपैयाँ पुगेको छ । बैंकको रिजर्भ कोषमा पनि ४४.३६ प्रतिशतले सुधार हुँदै

मुक्तिनाथ विकास बैंकको नाफा १ अर्ब २ करोड

मुक्तिनाथ विकास बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब २ करोड ६ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा १.४९ प्रतिशतले नाफा वृद्धि गरेको हो । गत आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा बैंकले १ अर्ब ५६ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा २६.७९ प्रतिशतले खुद ब्याज आम्दानी बढाएको बैंकले यता सञ्चालन नाफा २.६६ प्रतिशतले वृद्धि गर्दै क्रमशः २४ अर्ब २ करोड ३४ लाख रुपैयाँ र १ अर्ब ८९ करोड ४७ लाख ८१ हजार रुपैयाँ कमाएको छ । यस अवधि

नेपाल बैंकले छ महिनामा १ अर्ब ४१ करोड नाफा कमायो

नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको छ महिनामा १ अर्ब ४१ करोड खुद नाफा कमाएको छ । बैंकले जारी गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् पुस मसान्तसम्मको वित्तीय रिपोर्ट अनुसार बैंकले अघिल्लो वर्षको भन्दा ४.९३ प्रतिशतले नाफा वृद्धि गर्दै १ अर्ब ४१ करोड ७० लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो वर्ष यसै अवधिमा बैंकले १ अर्ब ३५ करोड ४ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १.८० प्रतिशतले बढेपनि सञ्चालन नाफा भने २०.०८ प्रतिशतले घटेको छ ।

सनराइज बैंकको नाफा डेढ अर्ब नाघ्यो

काठमाडौं । सनराइज बैंकको नाफा डेढ अर्ब नाघेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सनराइजको नाफा १ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।कोरोना भाइरसको महामारीले समग्र क्षेत्रमा प्रभाव पारे पनि बैंकिङ्ग क्षेत्रले भने नाफा कमाउन सफल भएको छ । सनराइजको नाफा अघिल्लो वर्षको भन्दा १०.५५ प्रतिशत धेरै हो । अघिल्लो वर्ष बैंकले १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । असार मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा ६० करोड १५ लाख रुपैयाँ कायम भएको छ ।यसअवधिमा बैंकको खुद ब्याज आम्दानी ८.७७ प्रतिशतले घटेको छ

राष्ट्रिय सहकारी बैङ्कको नाफा १ अर्ब ६६ लाख

राष्ट्रिय सहकारी बैङ्कले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्ममा अधिकतम १ अर्ब ६६ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष २०७६/७७ मा कुल ६८ करोड २८ लाख ८१ हजार मात्र कमाएको बैङ्कले गत वर्ष अधिकतम ४७.४१ प्रतिशतले बढी नाफा कमाएको हो ।बैङ्कका अनुसार गत आ.व को असार मसान्तसम्म खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा देखिएको सुधारले यस्तो नाफा बढाउन बैङ्क सफल भएको हो । अघिल्लो आ.व को असार मसान्तमा १ अर्ब १० करोड ७९ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैङ्कले गत आ.व को सोही अवधिमा १

शिवम् सिमेन्टले कमायो १ अर्ब बढी नाफा, सेयर आम्दानी पनि बढ्यो

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा शिवम् सिमेन्टले १ अर्ब ९ करोड ८० हजार रुपैयाँ नाफा गरेको छ । यो गतवर्षको यसै अवधिको तुलनामा खुद नाफा २६.५२ प्रतिशतले  बढेको हो । गत वर्षको यसै अवधिमा यसले ८६ करोड १५ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा सिमेन्ट बिक्री र अन्य स्रोतहरूबाट हुने आम्दानीसमेत वृद्धि भएपछि खुद नाफा बढेको हो । शिवमको वित्तीय अवस्थाले लगानीकर्तालाई पनि खुसी दिएको छ । यसले लगानीकर्ताको सेयर आम्दानी समेत बढेको देखिन्छ ।  सिमेन्टको प्रतिसेयर आम्दानी

सिटिजन्स बैंकले तिनाउ मिसनसँग गाभिएसँगै गर्यो १ अर्ब ५४ करोड नाफा

काठमाडौं, ७ बैशाख । सिटिजन्स बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ५४ करोड रुपैयाँ नाफा कमाएको छ । तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई गाभेसँगै बैंकको मुनाफा ४३२.६१ प्रतिशतले बढेको हो । तिनाउसँग मर्ज हुनु अगाडी बैंकको गत वर्षको सोही अवधिमा १ अर्ब ९ करोड रुपैयाँ मुनाफा गरेको थियो । चालु आवको […]

एनएमबि बैंकको खुद नाफा १ अर्ब ६१ करोड

आर्थिक वर्ष २०७७÷७८ को दोश्रो त्रैमाससम्म एनएमबि बैंकले १ अर्ब ६१ करोड नाफा कमाउन सफल भएको छ । उक्त नाफाबाट नियमकारी तथा अन्य समायोजन पश्चात शेयरधनीहरुका लागि वितरणयोग्य नाफा १ अर्ब ५१ करोड रहेको बैंकले जनाएको छ । दोस्रो त्रैमाससम्म बैंकको कुल निक्षेप १ खर्ब ४९ अर्ब र कर्जा सापट १ खर्ब ४४ अर्ब पुगेको छ । यस्तै यस आर्थिक वर्षको ६ महिनाभित्रमा निक्षेपमा १४ अर्ब ६१ करोड र कर्जा तथा सापटमा २१ अर्ब ८८ करोडले वृद्घि गर्न सफल भएको छ । बैंकको वाणिज्य बैंकहरुको समूहमा २०७७ असार मसान्तमा