एनएमबि बैंकको खुद नाफा १ अर्ब ६१ करोड

आर्थिक वर्ष २०७७÷७८ को दोश्रो त्रैमाससम्म एनएमबि बैंकले १ अर्ब ६१ करोड नाफा कमाउन सफल भएको छ । उक्त नाफाबाट नियमकारी तथा अन्य समायोजन पश्चात शेयरधनीहरुका लागि वितरणयोग्य नाफा १ अर्ब ५१ करोड रहेको बैंकले जनाएको छ । दोस्रो त्रैमाससम्म बैंकको कुल निक्षेप १ खर्ब ४९ अर्ब र कर्जा सापट १ खर्ब ४४ अर्ब पुगेको छ । यस्तै यस आर्थिक वर्षको ६ महिनाभित्रमा निक्षेपमा १४ अर्ब ६१ करोड र कर्जा तथा सापटमा २१ अर्ब ८८ करोडले वृद्घि गर्न सफल भएको छ । बैंकको वाणिज्य बैंकहरुको समूहमा २०७७ असार मसान्तमा

सम्बन्धित सामग्री

चिप अभाव सल्टिएपछि टोयोटाले वार्षिक खुद नाफा प्रक्षेपण बढायो

जापानको टोयोटा कम्पनीले मङ्गलबार आफ्नो वार्षिक खुद नाफा प्रक्षेपण बढाएको छ । विश्वव्यापी अर्धचालकको अभाव कम भएकाले सबै क्षेत्रमा यसका उत्पादनमा वृद्धि भएको छ । विश्वको सबैभन्दा बढी बिक्रि हुने अटोमेकरले अब चालु आर्थिक वर्षमा ४.५ ट्रिलियन येन (३० अर्ब डलर) को रेकर्ड खुद नाफा गर्ने अपेक्षा गरेको छ । यो नाफा प्रक्षेपण अघिल्लो ३.९५ …

आरएसडीसी लघुवित्तको खुद नाफा घट्यो, निष्क्रिय कर्जा बढ्यो

४ माघ, काठमाडौं । आरएसडीसी लघुवित्तको खुद नाफा घटेको छ भने निष्क्रिय कर्जा बढेको छ । लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार दोस्रो त्रैमासिक अवधिमा खुद नाफा ६ करोड ९३ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ७ करोड ९४ लाख रुपैयाँ थियो । नाफामा १२ प्रतिशत कमी आउनुमा खुद ब्याज […]

किन घट्यो नेपाल टेलिकमको खुद नाफा ?

आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिकमा नेपाल टेलिकमको खुद नाफा घटेको छ । टेलिकमले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०७८/७९ को तुलनामा टेलिकमको खुद नाफा २ करोड ३३ लाख ७१ हजार रूपैयाँले घटेको हो ।  चालु आर्थिक वर्षको चैत मसान्तसम्म टेलिकमले  ५ अर्ब ४१ करोड ७४ हजार खुद मुनाफा आर्जन गरेको छ । जब की गएको आर्थिक वर्षको चैतसम्म टेलिकमले ५ अर्ब...

नबिल बैंकको खुद नाफा ४१.३० प्रतिशतले बढ्यो

नबिल बैंकको खुद नाफा ४१.३० प्रतिशतले बढेर १ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । यो चालु आर्थिक वर्षको पहिलो त्रैमासको तथ्याङ्क हो । गत वर्ष यस अवधिमा नबिलले १ अर्ब ११ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै बढेको छ । बैंकको खुद ब्याज आम्दानी ६४.०५ प्रतिशतले बढेर ३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले २ अर्ब २४ करोड रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा ४०.३८ प्रतिशतले बढेर २ अर्ब २३ करोड रुपैयाँ पुगेको

एक अर्ब २५ करोड रुपैयाँले बढ्यो नेपाल टेलिकमको खुद नाफा

अघिल्लो आर्थिक वर्षको तुलनामा नेपाल टेलिकमको खुद नाफा बढेको छ । टेलिकमले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष १ अर्ब २५ करोड रुपैयाँले खुद नाफा बढेको जानकारी दिएको हो । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा टेलिकमको खुद नाफा ७ अर्ब १२ करोड ९४ लाख ४१ हजार रुपैयाँ थियो । जुन गत आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब २५ करोडले बढेर ८ अर्ब ३८ करोड ८८ हजार रुपैयाँ पुगेको छ । यसैगरी, यस अवधिमा टेलिकमको कूल सञ्चालन आय पनि बढेको छ । टेलिकमका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा सञ्चालन आय १ अर्ब ९५ करोड ४२

सेन्चुरी कमर्सियल बैंकको खुद नाफा १८३.५९ प्रतिशतले बढ्यो

काठमाडौं, ७ वैशाख । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सेन्चुरी कमर्सियल बैंकको खुद नाफामा उल्लेख्य वृद्धि भएको छ । यसअवधिमा खुद नाफा १८३.५९ प्रतिशतले बढेर १ अर्ब १ करोड ५६ लाख ८३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३५ करोड ८१ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको […]

विन लघुवित्तको खुद नाफा ७९.७० प्रतिशतले घट्यो

काठमाडौं, ३ फागुन । विन लघुवित्त वित्तीय संस्थाको खुद नाफा ७९.७० प्रतिशतले घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १७ लाख ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन नाफा गत वर्षको भन्दा ७९.७० प्रतिशतले कम हो । यस्तै, खुद ब्याज आम्दानी भने ४.९१ प्रतिशतले बढ्दै २ करोड ३३ लाख रुपैयाँ पुगेको छ […]

१८ प्रतिशतले बढ्यो टेलिकमको खुद नाफा

चालू आर्थिक वर्ष २०७८/७९ को ६ महिना पुस मसान्त सम्ममा नेपाल टेलिकमको खुद नाफा १८.४९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा साढे १८ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको ६ महिनामा कम्पनीको खुद नाफा तीन अर्ब २८ करोड ९३ लाख रुपैयाँ थियो । जुन, यो वर्षको ६ महिनामा ६० करोड ८४ लाख ८१ हजार रुपैयाँले बढेर तीन अर्ब ८९ करोड ७८ लाख रुपैयाँ पुगेको हो ।यस्तै, कम्पनीको कुल सञ्चालन आय पनि बढेको छ । गत वर्षको सोही अवधिमा १७ अर्ब ७२ करोड ४९ लाख रुपैयाँ रहेको सञ्चालन आय यो वर्ष

सानिमा लाइफ इन्सुरेन्सको खुद नाफा ६९.३६ प्रतिशतले बढ्यो

काठमाडौं, २७ माघ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सानिमा लाइफ इन्सुरेन्सको खुद नाफा ६९.३६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको यसैअवधिमा ५ करोड ५४ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीको खुद नाफा ९ करोड ३९ लाख ७९ हजार रुपैयाँ पुगेको छ । यसअवधिमा जीवन बिमा कोषको आकार ७३.५२ प्रतिशतले बढेर २ अर्ब […]

सुर्योदय लघुवित्तको खुद नाफा ४४४.९३ प्रतिशतले बढ्यो

काठमाडौं, २१ माघ । सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्ष २०७८÷७९ को दोश्रो त्रैमाससम्ममा खुद नाफामा उछाल आएको छ । संस्थाले सार्बजनिक गरेको वित्तिय विवरण अनुसार खुद नाफा ४४४.९३ प्रतिशतले बढ्दै ६ करोड ४४ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको हो । गत वर्षको यसै अवधिमा संस्थाले एक करोड […]