नेपाल बैंकले छ महिनामा १ अर्ब ४१ करोड नाफा कमायो

नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको छ महिनामा १ अर्ब ४१ करोड खुद नाफा कमाएको छ । बैंकले जारी गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् पुस मसान्तसम्मको वित्तीय रिपोर्ट अनुसार बैंकले अघिल्लो वर्षको भन्दा ४.९३ प्रतिशतले नाफा वृद्धि गर्दै १ अर्ब ४१ करोड ७० लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो वर्ष यसै अवधिमा बैंकले १ अर्ब ३५ करोड ४ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १.८० प्रतिशतले बढेपनि सञ्चालन नाफा भने २०.०८ प्रतिशतले घटेको छ ।

सम्बन्धित सामग्री

प्राधिकरणले तीन महिनामा साढे आठ अर्ब नाफा कमायो

नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ बराबरको नाफा कमाएको छ।   चालु आवको साउन, भदौ र असोजसम्मको वित्तीय विवरण (अपरिष्कृत)अनुसार प्राधिकरणले यस अवधिमा विद्युत् बिक्री,...

तीन महिनामा प्राधिकरणले साढे आठ अर्ब रुपैयाँ नाफा कमायो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०७९/०८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय विवरण अनुसार, प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्ब ९८ करोड रुपैयाँ आम्दानी गरेको हो । पहिलो तीन महिनामा २४ अर्ब ४८ करोड […]

तीन महिनामा विद्युत प्राधिकरणले साढे ८ अर्ब रुपैयाँ नाफा कमायो

नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ । चालु आवका साउन, भदौ र असोजसम्मको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्व ९८ करोड रुपैयाँ आम्दानी गरेको हो । आवको पहिलो तीन महिनामा २४ अर्ब ४८ करोड खर्च गरी प्राधिकरणले ८ अर्ब ५० करोड रुपैयाँ (करअघि) नाफा कमाएको हो । सूचनाको हक सम्बन्धी कानुनमा भएको व्यवस्था बमोजिम सार्वजनिक गरिएको चालु आवको तीन महिनामा सम्पा

विद्युत् प्राधिकरणले तीन महिनामै साढे आठ अर्ब नाफा कमायो

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७९÷८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ। चालु आवका साउन, भदौ र असोज सम्मको वित्तीय विवरण (अपरिष्कृत) अनुसार,प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्ब ९८ करोड रुपैयाँ आम्दानी गरेको छ।आवको पहिलो तीन महिनामा २४ अर्ब ४८ करोड खर्च गरी प्राधिकरणले ८ अर्ब ५० करोड रुपैयाँ (करअघि) नाफा कमाएको हो।सूचनाको हकसम्बन्धी कानुनमा भएको व्यवस्थाबमोजिम सार्वजनिक गरिएको चालु आवको तीन महिनामा सम्पाद

देखापढी विजिनेश न्यूज

काठमाडौं।अपर तामाकोसी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। पश्चिम सेती र सेती–६ जलविद्युतबाट सरकारले एक खर्ब ६७ अर्ब रोयल्टी र कर पाउनेछ। इन्धनको मूल्य नघटाएको भन्दै आयल निगमविरुद्ध संसदीय समितिमा उजुरी परेको छ। कोरोना संक्रमण बढेपछि चीनले नाका बन्द गर्दा अर्बौं रुपैयाँका सामान केरुङमै रोकिए । सूर्य नेपालले एक वर्षमै साढे ९ अर्ब खुद नाफा कमायो ।

प्रभु बैंकले २ अर्ब ६० करोड नाफा कमायो

काठमाडौं, ९ साउन । प्रभु बैंकको गत आर्थिक वर्ष २०७८/७९ मा नाफा ५१ प्रतिशतले वृद्धि भएको छ । २ अर्ब ६० करोड ४ लाख रुपैयाँ (५१.११ प्रतिशत) नाफा आर्जन गरेको बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणमा उल्लेख गरिएको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ७२ करोड ९ लाख नाफा […]

विद्युत प्राधिकरणले ६ महिनामा १२ अर्ब नाफा कमायो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०७८/७९को पहिलो ६ महिनामा १२ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणको वित्तीय विवरण (अपरिष्कृत) अनुसार गएको आव २०७७/७८ मा ६ अर्ब १८ करोड नाफा रहेको थियो । चालु आवको पहिलो ६ महिनामा नै नाफा बढेर १२ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । यो […]

जडीबुटी कम्पनीले ४० वर्षपछि नाफा कमायो

काठमाडौं : जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले ४० वर्षपछि नाफा आर्जन गरेको छ।विसं २०३८ मा स्थापित सरकारी कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा पहिलो पटक नाफा कमाउन र त्यो नाफाबाट कामदार तथा कर्मचारीलाई बोनससमेत बाँड्न सफल भएको हो।कम्पनीका महाप्रबन्धक ज्ञानेश्वर कार्कीद्वारा जारी विज्ञप्तिमा कम्पनीले विगतको कार्य प्रणाली, उत्पादन, बिक्रीलगायत अन्य क्षेत्रमा गरेको सुधार एवम् आधुनिकीकरणबाट अहिलेको अवस्थामा आइपुगेको र यसले आउँदा दिनमा समेत नाफा बढाउनुका साथै अंशियारलाई लाभांश तथा कर्मचारीलाई बोनस बाँड्न

पहिलो त्रैमासमा आँधिखोला लघुवित्तले ९३ लाख ४४ हजार नाफा कमायो

कात्तिक २४, काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. ९३ लाख ४४ हजार नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ४१ प्रतिशतले वृद्धि हो ।  कम्पनीले गत आवको पहिलो त्रैमाससम्ममा रू. ६६ लाख ६ हजार नाफा कमाएको थियो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएको र रू.५२ लाख १७ हजार खराब कर्जा उठाएकाले नाफा बढ्न टेवा पुगेको हो । कम्पनीको चुक्तापूँजी रू. १० करोड रहेको छ भने जगेडामा रू. ७ करोड ८७ लाख ८९ हजार सञ्चित रहेको छ । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. ६२ करोड ४० लाख २९ हजार सापटि लिएर,रू. ३९ करोड ४८ लाख निक्षेप संकलन गरेर रू. १ अर्ब १० करोड ७१ लाख कर्जा लगानी गरेको छ ।  सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू.३७ दशमलव ३८(वार्षिक), मूल्य आम्दानी अनुपात १२ दशमलव ४४,तरलता अनुपात १० दशमलव २६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १७८ दशमलव ७९ रहेको छ ।  यो पनि हेर्नुस् : आँधिखोला लघुवित्तले कमायो ४ करोडभन्दा बढी नाफा, २० लाख ६६ हजार खराब कर्जा संकलन दोस्रो त्रैमासमा आँधिखोला लघुवित्तको नाफा १०३% बढ्यो ५५ % बढी नाफा गरेको आँधिखोला लघुवित्तको जगेडा ९७ % वृद्धि गत वर्ष आईपीओ विक्री गरेको आँधिखोला लघुवित्तको नाफा १ करोडभन्दा बढी

फेसबुकले गएको तीन महिनामा नौ अर्ब डलर नाफा कमायो

काठमाण्डाै - सामाजिक सञ्जाल फेसबुकले गएको तीन महिनामा नौ अर्ब डलर नाफा कमाएको छ ।   गएको जुलाईदेखि सेप्टेम्बरसम्ममा नौ  अर्ब डलर मुनाफा गरेको कम्पनीले जनाएको छ । कम्पनीले अघिल्लो वर्ष यही अवधिमा ७ दशमलव ८ अर्ब डलर मात्र नाफा कमाएको थियो । केही समय अगाडि फेसबुकले व्यक्तिको कयौँ आन्तरिक दस्ताबेज लिक गरेको भन्दै खबरहरु प्रकाशित भएका थिए । त्यसपछि सबैतिर फेसबुकको विश्वसनीयतालाई लिएर आलोचना भएको थियो । तर फेसबुकका संस्थापक मार्क जुकरबर्गले भने  कम्पनीलाई झुटाे आरोप लगाएको बताउनुभएको छ । एक वर्षयता म...