गरिमा विकास बैंकको नाफा १ अर्ब माथि

गरिमा विकास बैंकको खुद नाफा गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा २६.३५ प्रतिशतले बढेर १ अर्ब ५ करोड ६६ लाख ५३ हजार रुपैयाँ पुगेको छ ।अघिल्लो वर्षको यसै अवधिमा बैंकले ८३ करोड ६३ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा गरिमाको खुद ब्याज आम्दानी ३१.६७ प्रतिशत र सञ्चालन नाफा २५.३५ प्रतिशतले सुधार भएपछि खुद नाफा पनि बढेको देखिन्छ । बैंकको वितरण योग्य नाफा भने ७५ करोड २ लाख ९० हजार रुपैयाँ पुगेको छ । असार मसान्तसम्म आइपुग्दा गरिमाको रिजर्भ कोष पनि २२.५० प्रतिशतले बढेर १ अर्ब ५

सम्बन्धित सामग्री

‘गरिमा समृद्धि योजना’ल्याउँदै गरिमा क्यापिटल

काठमाडौं। गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष ‘गरिमा म्युचूअल फण्ड’अन्तर्गत रू. १ अर्ब बराबरको पहिलो बन्दमुखी योजनाको रूपमा ‘गरिमा समृद्धि योजना’ सञ्चालन गर्ने प्रयोजनार्थ आइतवार नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दर्ता गरेको छ । प्रस्तावित योजनाअन्तर्गत रू. १० अंकित मूल्यका १० करोड इकाई जारी गर्न लागिएको हो । उक्त योजना हाल सेबोनको म्युचूअल फन्डको पाइपलाइनमा रहेको बताइएको छ । संस्थाले सामूहिक लगानी कोषको योजना व्यवस्थापन बाहेक लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य सेवा प्रवाह गर्दै आएको छ । गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । यसका सम्पूर्ण सेवा ग्राहक समक्ष पुर्‍याउनका लागि गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयबाट सहजीकरण हुँदै आएको छ ।

विकास बैंकको नाफा पनि २६ प्रतिशतले बढ्यो, गरिमा 'अर्ब क्लब' उक्लियो

विकास बैंकहरूमध्ये गरिमा विकास बैंक अर्ब क्लबमा परेको छ । आर्थिक वर्ष २०७७/७८ मा कुनै पनि विकास बैंकले अर्ब नाफा नपुर्‍याएकोमा गरिमा विकास बैंक १ अर्ब ५ करोड रुपैयाँ नाफाका साथ अर्ब क्लबमा उक्लेको छ ।

गरिमा विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

गरिमा विकास बैंक Garima Bikas Bank Limited को ऋणपत्रमा आवेदन दिने आज पुस १ गते अन्तिम दिन रहेको छ । कम्पनीले मङ्सिर १६ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको हो । बैंकले १ हजार अंकित दरको १० लाख कित्ताले हुने रु.१ अर्ब रकम बराबरको ऋणपत्र निष्काशन गरेको हो ।  जस मध्ये ६ लाख कित्ता अर्थात् ६० करोड रुपैयाँ बराबरको ऋणपत्र निजि तबरबाट बिक्रि हुने छ भने ४ लाख कित्ता अर्थात् ४० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणको लागि बिक्रि खुला गरिने बैंकले जनाएको छ  । सर्वसाधारणको लागि छुट्याईएको मध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ ।यस ऋणपत्रमा बैंकले ८.७५ प्रतिशत ब्याज प्रदान गर्ने छ । एनआईबिएल एस क्यापिटल  ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा रहेको छ । आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई कार्तिक १७ गते ऋणपत्र निष्काशनको लागि अनुमति प्रदान गरेको थियो।

गरिमा विकास बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

गरिमा विकास बैंक लिमिटेड ले मंसिर १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको वार्षिक ८.७५ प्रतिशत ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ। बैंकले ७ वर्ष अवधिको ‘८.७५ प्रतिशत गरिमा डिबेन्चर २०८५’ निष्काशन तथा बिक्री खुला गरेको हो। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। सोमध्ये ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ भने बाँकी ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँ...

गरिमा विकास बैंकले एक अर्ब रुपैयाँ राबरको डिभेन्चर निष्काशन गर्ने

गरिमा विकास बैंक लिमिटेडले वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा अधिकतम एक अर्ब रुपैयाँ बराबरको डिभेन्चर निष्काशन गर्ने भएको छ । बैंकले ७ वर्षका लागि बिहीबारदेखि प्रति कित्ता एक हजार रुपैया अंकित मूल्यका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र (डिभेन्चर) निष्काशन गर्न लागेको हो । सो मध्ये ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणहरुलाई बिक्री गरिनेछ । जसमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टयाइएको छ भने बाँकी रहेको ६० करोड रूपैँया बराबरको ६ लाख कित्ता व्यक्त

गरिमा विकास बैंकको १ अर्बको ऋणपत्र आजदेखि बिक्रि खुला, कति पाइन्छ ब्याज ?

गरिमा विकास बैंक Garima Bikas Bank Limited ले आज मङ्सिर १६ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको छ । कम्पनीले १ हजार अंकित दरको १० लाख कित्ताले हुने रु.१ अर्ब रकम बराबरको ऋणपत्र निष्काशन गरेको हो । जस मध्ये ६ लाख कित्ता अर्थात् ६० करोड रुपैयाँ बराबरको ऋणपत्र निजि तबरबाट बिक्रि हुने छ भने ४ लाख कित्ता अर्थात् ४० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणको लागि बिक्रि खुला गरिने बैंकले जनाएको छ  । सर्वसाधारणको लागि छुट्याईएको मध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ ।यस ऋणपत्रमा बैंकले ८.७५ प्रतिशत ब्याज प्रदान गर्ने छ । एनआईबिएल एस क्यापिटल  ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा रहेको छ । यस ऋणपत्रमा छिटोमा मङ्सिर २० गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा पुस १ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई कार्तिक १७ गते ऋणपत्र निष्काशनको लागि अनुमति प्रदान गरेको थियो।

मंसिर १६ गतेदेखि ८.७५% ब्याजदरको ऋणपत्र निष्कासन गर्दै गरिमा विकास बैंक

मंसिर ८, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले मंसिर १६ गतेदेखि वार्षिक ८ दशमलव ७५ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्ने भएको छ । कपनीले ७ वर्षे अवधिको ‘८.७५ प्रतिशत गरिमा डिबेन्चर २०८५’ निष्कासन तथा विक्री खुला गर्न लागेको हो ।  कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमध्ये ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणलाई विक्री गरिनेछ भने बाँकी ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गर्ने बैंकले जानकारी दिएको छ ।  सर्वसाधारणका लागि विक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । उक्त ऋणपत्र खरीदका लागि छिटोमा मंसिर २० गतेसम्ममा आवेदन दिनु पर्नेछ भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा पुस १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ । आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।  कम्पनीलाई इक्रा नेपालले मध्यम कर्जा जोखिम जनाउने ‘इक्राएनपी आईआर त्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । उक्त रेटिङ प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छ । बैंकको ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । आवेदकले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् ।

गरिमा विकास बैंकले पायो ऋणपत्र निष्काशन अनुमति, ब्याज कति ?

गरिमा विकास बैंक Garima Bikas Bank Limited ले नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र निष्काशनको अनुमति पाएको छ । बोर्डले बैंकलाई कार्तिक १७ गते अनुमति प्रदान गरेको हो । बोर्डबाट अनुमति पाएसंगै बैंकले १ हजार अंकित दरको १० लाख कित्ताले हुने रु.१ अर्ब रकम बराबरको ऋणपत्र निष्काशन गर्नेछ  । जस मध्ये ६ लाख कित्ता अर्थात् ६० करोड रुपैयाँ बराबरको ऋणपत्र निजि तबरबाट बिक्रि हुने छ भने ४ लाख कित्ता अर्थात् ४० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणको लागि बिक्रि खुला गरिने बैंकले जनाएको छ  । यस ऋणपत्रमा बैंकले ८.७५ प्रतिशत ब्याज प्रदान गर्ने छ ।एनआईबिएल एस क्यापिटल  ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा रहेको छ ।

गरिमा विकास बैंक [आधारभूत तथा प्राविधिक विश्लेषण]

भदौ ११, काठमाडौं । गरिमा विकास बैंकले गत आवमा आकर्षक नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ४२ दशमलव ९२ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आवमा कम्पनीले रू. ५७ करोड ७२ लाख ५५ हजार नाफा कमाएकोमा गत आवमा वृद्धि भएर रू. ८२ करोड ५२ लाख ८८ हजार पुगेको हो ।  गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा १९ प्रतिशत र सञ्चालन नाफा ४३ प्रतिशतले वृद्धि भएको हो ।  त्यसैगरी, गत आवमा नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १७ दशमलव ८२ रहेकोमा गत आवमा वृद्धि भएर रू. २२ दशमलव ४५ पुगेको छ ।  त्यसैगरी, कम्पनीको वितरणयोग्य नाफा रू. ६० करोड ५७ लाख १२ हजार रहेको छ । यही वितरणयोग्य नाफाबाट कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्ने गर्दछ । यस आधारमा कम्पनीको लाभांश क्षमता १६ दशमलव ४७ प्रतिशत रहेको छ । एनएफआरएस प्रणाली अनुसार कम्पनीले आर्जन गरेको नाफाबाट विभिन्न शीर्षकमा छट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो ।  यही वितरणयोग्य नाफा ५ चुक्ता पूँजी×१०० गरेर लाभांश क्षमता निकालिन्छ । कम्पनीले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई गत आवमा १३ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७१०५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरेको थियो ।  १३ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार पुगेको छ । त्यसैगरी कम्पनीले गत आवसम्म जगेडामा रू. १ अर्ब १९ लाख ९४ हजार, रिटेण्ट अर्निङमा रू. ६१ करोड ५७ लाख ८३ हजार र शेयर प्रिमियमा रू. ९७ हजार ६८ सञ्चित गरेको छ ।  सो अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ रू.१४४ दशमलव शून्य १, मूल्य आम्दानी अनुपात २४ दशमलव २३ गुणा र तरलता अनुपात २६ दशमलव ४६ प्रतिशत रहेको छ । यस कम्पनीले सहारा विकास बैंकलाई प्राप्ति गर्ने तयारीमा रहेको छ । सहारा विकास बैंकलाई प्राप्तिपछि कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार पुग्नेछ ।                                                       स्रोतः कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण    प्राविधिक विश्लेषण : मैनबत्ति चित्र                                 ३० मे २०२१                                                                            २६अगष्ट २०२१ स्ट्यान्डर्ड डेभिएशन                                     ३० मे २०२१                                                                         २६ अगष्ट २०२१ आरएसआई                                    ३० मे २०२१                                                                                 २६ अगष्ट २०२१ मुभिङ एभरेज                                       ३० मे २०२१                                                                         २६ अगष्ट २०२१   निष्कर्ष : कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा छोटो टुप्पी र पुच्छर भएको सेतो मैनबत्ति आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने सङेकत देखाउँछ ।  पछिल्लो चार दिनको मैनबत्ती हेर्दा अब सपोर्ट पाएर शेयरमूल्य उकालो लाग्ने अनुमान पनि लगाउन सकिन्छ । आरएसआई न्यूट्रल जोन ६४ दशमलव ३५ विन्दुमा छ । यसले शेयर खरिदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।  कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २२ दशमलवशून्य ५ विन्दुमा छ । उतारचढाव सामान्यरहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् ।  हालको मूल्यरेखा यि दुवै मूल्यरेखा भन्दा माथि छ । बिहीवारको शेयरमूल्य रू. ६८५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. ६२७ मा टेवा पाउनेर महङ्गिएमा रू ७२० मा प्रतिरोध पाउने देखिन्छ ।

गरिमा विकास बैंक : कम्पनी विश्लेषण (आइतवार, १ चैत २०७७)

कम्पनीको शेयर मूल्य बिहीवार प्रतिकित्ता रु. ५६८ दशमलव ५० कायम भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा ६ रुपैयाँ ५० पैसाले वृद्धि भएको हो । कम्पनीले रु. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कुल १० कित्ता ऋणपत्रमध्ये ४ लाख कित्ता सर्वसाधारणका लागि र ६ लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गर्न बोर्डमा निवेदन दिएको हो । कम्पनीले वार्षिक ८ दशमलव ७५ प्रतिशत ब्याजदरमा ७ वर्षसम्मका लागि ऋणपत्र निष्कासन गर्नेछ । विक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । बोर्डबाट स्वीकृति पाएपछि उक्त ऋणपत्र निष्कासन गर्नेछ । निष्कर्ष कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा ह्याम्म रबनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य उल्टिने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ६२ दशमलव ५५ बिन्दुमा छ । यसले शेयर खरिद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ९ दशमलव ७२ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बिहीवारको शेयर मूल्य रु. ५६८ दशमलव ५० देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ५०० मा टेवा पाउने र महँगिए रु. ५९८ मा प्रतिरोध पाउने देखिन्छ ।