विचारमात्र होइन राष्ट्रियता बलियो बनाउँ : महामन्त्री शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की महामन्त्री कुन्ती शाहीले राष्ट्रियता बलियो बनाउनु पर्ने बताएकी छन्। नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्‍घाटन समारोहमा बोल्दै उनले महाधिवेशनमा जनताले चाहेका विषयमा छलफल गर्न आग्रह...

सम्बन्धित सामग्री

युक्रेन समस्यामा रुसी र अमेरिकी साम्राज्यवादको स्वार्थ

नेपाल कम्युनिस्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले रूसले युक्रेनमाथि गरेको आक्रमण दुई साम्राज्यवादीहरुको स्वार्थको परिणाम भएको बताउनुभएको छ । रुस–युक्रेन समस्याका विषयमा बसेको पार्टी बैठकले युक्रेनमा त्यस प्रकारको स्थिति पैदा हुनुको कारण रूसी र अमेरिकी साम्राज्यवादबीचको साम्राज्यवादी स्वार्थहरूका कारणले उत्पन्न अन्तर्विरोध भएको निष्कर्ष निकालेको छ । साम्राज्यवादबीचका अन्तर्विरोधका कारणले युक्रेनको राष्ट्रियता र सार्वभौमिकता तथा विश्वको …

दासत्व स्वीकारेर विदेशी सहयोग लिइँदैनः कांग्रेस महामन्त्री शर्मा

झापा– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सैन्य र अरु कुनै पनि प्रकारको दासत्व स्वीकार गरेर विदेशी सहयोग नलिइने बताएका छन्। आज गृहजिल्ला झापाको मेचीनगरमा पार्टीको १ नं क्षेत्रीय समितिले अयोजना गरेको स्वागत सम्मान तथा पद हस्तान्तरण कार्यक्रममा उनले विवादित अमेरिकी सहयोग परियोजना एमसिसीका बारेमा उक्त धारणा व्यक्त गरेका हुन्। ‘कुनै पनि विदेशी सहयोग लिँदा राष्ट्रियता […]

राष्ट्रियता बलियो बनाउन राजनीतिक दलहरु एकजुट हुनुपर्छ : कुन्ती शाही

काठमाडौं, पुष ११ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती शाहीले देशको राष्ट्रियता बलियो बनाउनका लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताउनुभएको छ । आइतबार नेकपा(माओवादी केन्द्र)को आठौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री शाहीले राजनीतिक दलहरु आ–आफ्नो विचार र वादभन्दा माथि उठेर राष्ट्रियतालाई बलियो बनाउन लाग्नुपर्ने बताउनुभएको छ । उहाँले राष्ट्रियता बलियो भएको देश बनाउन सबै […]

राष्ट्रियता बलियो बनाउनुपर्छ : राप्रपा महामन्त्री शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित महामन्त्री कुन्ति शाहीले राष्ट्रियता बलियो बनाउनुपर्ने बताउनुभएको छ । काठमाडौंको राष्ट्रिय सभा गृहमा आइतबारदेखि सुरु भएको नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन समारोहमा आफ्नो शुभकामना मन्तव्य राख्दै उहाँले सो कुरा भन्नुभएको हो ।

काँग्रेस नेता डा.कार्कीद्वारा महामन्त्रीमा उम्मेदवारी घोषणा

नेपाली काँग्रेसका प्रभावशाली नेता तथा पूर्व सांसद डा.राजाराम कार्कीले काँग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नेता कार्कीले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै कार्कीले पछिल्लो समयमा राष्ट्रियता अत्यन्तै कमजोर भएको भन्दै आफ्नो महामन्त्रीमा उम्मेदवारी राष्ट्रियताको लागि भएको जिकिर गरे । उनले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकोले लामो लडाई लडेको भए पनि काँग्

‘वीपी कोइरालाको परिकल्पनाले अझै सार्थकता पाउन सकेको छैन’

काठमाडौँ, २४ भदौ: नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता विश्वेश्वरप्रसाद कोइरालाले परिकल्पना गरेको मार्गचित्रले अहिलेसम्म सार्थकता पाउन नसकेको बताएका छन् । जननायक वीपी कोइरालाको १०८ औँ जन्मजयन्तीका अवसरमा आज एक सन्देश दिँदै उनले स्व कोइरालाले परिकल्पना गरेको राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल राजनीतिक मार्गचित्रले अझै सार्थकता पाउन नसक्नु गम्भीर समीक्षाको […]

नेकपाको फुटमा कांग्रेसले खेल्ने मौका पायो : महामन्त्री सिंह

काठमाडौं ।नेपाल कन्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले सत्तारुढ दल नेकपाको फुटबाट नेपाली कांग्रेसले बिचमा खेल्ने मौका पाएको बताउनुभएको छ । पहिले एमाले र माओवादीको संयुक्त सरकार भएको बेलामा भएको फुटले नेपाली कांग्रेसलाई सत्तामा आउन मद्दत पुर्‍याएको स्मरण गर्दै महामन्त्री सिंहले घटनाक्रमले त्यही प्रकारको स्थितिको पुर्नरावृत्ति हुने संभावना देखिएको बताउनुभयो । बिहीबार फेसबुकमा स्ट्याटस लेख्दै सिंहले आफ्नो पार्टीले नेकपा भित्रको फुटका कैयौँ गम्भीर राजनैतिक दुष्परिणामहरु आउने र त्यसको परिणाम स्वरुप देश प्रतिगमन तिर जाने सम्भावना रहने कुरा भन्दै आएको र अहिलेले व्यवहारले त्यो कुरा प्रष्ट पार्दै लगिरहेको बताउनुभएको छ । अहिले ओली तथा प्रचण्ड-माधव दुवै पक्षहरुले विघटित संसदको पुर्नस्थापना वा चुनाव भएमा पनि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि प्रस्ताव गर्न थालेको सिंहले बताउनुभएको छ । यसरी नेकपा भित्र भएको फुटले नेकालाई अगाडि आउन मद्दत पुग्ने संभावना बढ्दै गएको उहाँको बुझाई छ । ‘नेपाली कांग्रेस अगाडि आउनुको अर्थ त्यो सत्तामा पुग्ने मात्र हुने छ्रैन् त्यसले अपनाएका नीतिहरु लाई पनि बल पुग्ने संभावना रहने छ’ सिंहले भन्नुभएको छ, ‘नेकाले भारतीय र अमेरिकी साम्राज्यवाद, राजावादी शक्तिहरु, तराईका पृथकतावादी तत्वहरु, वा कट्टर हिन्दुवादी सोचाईहरुको पनि प्रतिनिधित्व गर्दै आएको छ । नेकपाको जुन पक्षले भएपनि नेकासित गठबन्धन गर्ने नीति अपनाएमा उनीहरुले (नेकपाको) पहिले अडान लिने गरेका नीतिहरुबाट पनि बिचलन हुँदै जानेछ । अर्को शब्दमा अहिले त्यसले अपनाउने गरेका गणतन्त्र धर्मनिरपेक्षता वा राष्ट्रियता सम्बन्धी नीतिहरुमा पनि सौदावाजी गर्दै जानु पर्नेछ ।’ नेकपाका दुवै पक्षहरुले फुटपछि भएको आफ्नो कमजोर स्थितीमा उद्धारको लागि नेकाको मद्दत खोजिरहेका भन्दै कांग्रेसले आफ्नै शर्तमा नै उनीहरुलाई मद्दत गर्ने सिंहले बताउनु भएको छ । त्यसरी उनीहरुमा भएको फुटका कारणले नेकपा वा सबै देशी वा विदेशी शक्तिहरुलाई खेल्ने अवसर प्राप्त भएको उहाँको बुझाई छ । त्यसबाट नेपालको वामपन्थी आन्दोलनलाई दीर्घकालिन रुपले नै ठूलो धक्का पुग्ने सिंहको आकलन छ । ‘अहिलेको स्थितीमा संसदको विघटन वा विघटित संसदको पुर्नस्थापनाका पक्षमा आउने राजनीतिक शक्तिहरुसित कार्यगत एकता गरेर संयुक्त आन्दोलन अगाडि बढाउनु गलत ...

गणतन्त्र र राष्ट्रियता रक्षाका लागि लोकतान्त्रिक शक्तिहरुबीच एकता आवश्यक : सिंह

जनकराज पौडेल, दक्षिण भारत । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षता रक्षाका लागि लोकतान्त्रिक शक्तिहरु एकजुट हुनपर्ने बताउनुभएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिले संसद पुनर्स्थापनाका लागि राष्ट्रिय जनमोर्चाको आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गर्न आयोजनामा गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री सिंहले २०६२÷०६३ को जनआन्दोलनका सहयात्री दलहरुबीचको एकतामा जोड दिनुभएको हो । महामन्त्री सिंहले ओली सरकारको पछिल्लो संसद विघटनको कदम अलोकतान्त्रिक, असंवैधानिक रहेको पनि स्पष्ट पार्नुभयो । उहाँले प्रतिगमन उन्मूख सो कदमलाई रोक्न र गणतन्त्र, राष्ट्रियता तथा धर्म निपेक्षताको रक्षा गर्न लोकतान्त्रिक शक्तिहरु बीच सहकार्य गर्दै आन्दोलन गर्नु पर्नेमा जोड दिनु भएको थियो । सिंहले क्रान्तीकारि कोणबाट पनि रणनिति र कार्यनीति कार्यक्रम निश्चित गर्न असफल कतिपय वामपन्थी शक्तिहरुबाट समेत गणतन्त्र र संविधानप्रति प्रहार हुने गरेको भन्दै त्यस प्रकारका सोचाइले अन्ततः प्रतिगमनलाई नै सहयोग पुग्ने स्पष्ट पार्नु भयो । ‘अहिलेको गणतन्त्र वुर्जुवा प्रकारको गणतन्त्र हो । यसले जनताका आधारभुत समस्या समाधान गर्न सक्दैन’ सिंहले भन्नुभयो, ‘यद्यपि विभिन्न जनआन्दोलन र शहिदहरुका बलिदान त्यागले प्राप्त अधिकारहरु गुम्ने अवस्थामा यसको रक्षा गर्दै अघि बढ्नुपर्छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टले नेपालका सत्तासिन पार्टीहरुलाई विदेशीले आफ्नो स्वार्थपुर्ति गर्न प्रयोग गर्दै आएको उल्लेख गर्दै संसद विघटनको घटनामासमेत विदेशी शक्तिहरुको हात रहेको स्पष्ट पार्नुभयो । उहाँले नेताहरुका सम्झौतापरस्त प्रवृतिका कारण देश सधैँ राजनीतिक अस्थिरतामा फस्दै आएको बताउनुभयो । वामपन्थी नेता आनन्द शर्माले कार्यक्रम लाई सम्बोधन गर्दै नेकपा (मसाल) ले विगतदेखि नै गणतन्त्र, धर्मनिपेक्षता जोखिममा रहेको भन्ने विश्लेषण सहि रहेको र घटनाक्रमले मसालको विश्लेषण पुष्टी गरेको बताउनुभयो । कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय अध्यक्ष दुर्गाबहादुर केसी, महासचिव ठाकुर खनाल, सल्लाहकार तथा नेपाली एकता पत्रिकाका सहसम्पादक धरवीर पुन, सचिव प्रेम पौडेल, सदस्य भगवति कुवँर, मदन शर्मा, चोवनाथ शर्मा, मदन भण्डारी, मोहराज चालिसे, सल्लाकार तथा दक्षिण भारत पेशेवर नेता केवि थापाको आतिथ्यता रहेको थियो । महेन्द्र बस्यालको अध्यक्षता, जनकराज पौडेको ...

सहमतिबाटै राजसंस्था फर्किन्छ :महामन्त्री लिङदेन

सल्यान : राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङदेनले राष्ट्रिय एकता कायम गर्न राजसंस्था फर्किने बताएका छन्। कहिले राजसंस्था फर्किन्छ भनेर मिति तोक्न नसके नि एक पटक सहमतिबाटै नेपालमा राजसंस्था फर्किने दावी गरे।  सल्यानकाे खलंगामा आइतबार साँझ पत्रकार भेटघाट कार्यक्रममा महामन्त्री लिङदेनले राष्ट्रियता दिन प्रति...