नेकपाको फुटमा कांग्रेसले खेल्ने मौका पायो : महामन्त्री सिंह

काठमाडौं ।नेपाल कन्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले सत्तारुढ दल नेकपाको फुटबाट नेपाली कांग्रेसले बिचमा खेल्ने मौका पाएको बताउनुभएको छ । पहिले एमाले र माओवादीको संयुक्त सरकार भएको बेलामा भएको फुटले नेपाली कांग्रेसलाई सत्तामा आउन मद्दत पुर्‍याएको स्मरण गर्दै महामन्त्री सिंहले घटनाक्रमले त्यही प्रकारको स्थितिको पुर्नरावृत्ति हुने संभावना देखिएको बताउनुभयो । बिहीबार फेसबुकमा स्ट्याटस लेख्दै सिंहले आफ्नो पार्टीले नेकपा भित्रको फुटका कैयौँ गम्भीर राजनैतिक दुष्परिणामहरु आउने र त्यसको परिणाम स्वरुप देश प्रतिगमन तिर जाने सम्भावना रहने कुरा भन्दै आएको र अहिलेले व्यवहारले त्यो कुरा प्रष्ट पार्दै लगिरहेको बताउनुभएको छ । अहिले ओली तथा प्रचण्ड-माधव दुवै पक्षहरुले विघटित संसदको पुर्नस्थापना वा चुनाव भएमा पनि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि प्रस्ताव गर्न थालेको सिंहले बताउनुभएको छ । यसरी नेकपा भित्र भएको फुटले नेकालाई अगाडि आउन मद्दत पुग्ने संभावना बढ्दै गएको उहाँको बुझाई छ । ‘नेपाली कांग्रेस अगाडि आउनुको अर्थ त्यो सत्तामा पुग्ने मात्र हुने छ्रैन् त्यसले अपनाएका नीतिहरु लाई पनि बल पुग्ने संभावना रहने छ’ सिंहले भन्नुभएको छ, ‘नेकाले भारतीय र अमेरिकी साम्राज्यवाद, राजावादी शक्तिहरु, तराईका पृथकतावादी तत्वहरु, वा कट्टर हिन्दुवादी सोचाईहरुको पनि प्रतिनिधित्व गर्दै आएको छ । नेकपाको जुन पक्षले भएपनि नेकासित गठबन्धन गर्ने नीति अपनाएमा उनीहरुले (नेकपाको) पहिले अडान लिने गरेका नीतिहरुबाट पनि बिचलन हुँदै जानेछ । अर्को शब्दमा अहिले त्यसले अपनाउने गरेका गणतन्त्र धर्मनिरपेक्षता वा राष्ट्रियता सम्बन्धी नीतिहरुमा पनि सौदावाजी गर्दै जानु पर्नेछ ।’ नेकपाका दुवै पक्षहरुले फुटपछि भएको आफ्नो कमजोर स्थितीमा उद्धारको लागि नेकाको मद्दत खोजिरहेका भन्दै कांग्रेसले आफ्नै शर्तमा नै उनीहरुलाई मद्दत गर्ने सिंहले बताउनु भएको छ । त्यसरी उनीहरुमा भएको फुटका कारणले नेकपा वा सबै देशी वा विदेशी शक्तिहरुलाई खेल्ने अवसर प्राप्त भएको उहाँको बुझाई छ । त्यसबाट नेपालको वामपन्थी आन्दोलनलाई दीर्घकालिन रुपले नै ठूलो धक्का पुग्ने सिंहको आकलन छ । ‘अहिलेको स्थितीमा संसदको विघटन वा विघटित संसदको पुर्नस्थापनाका पक्षमा आउने राजनीतिक शक्तिहरुसित कार्यगत एकता गरेर संयुक्त आन्दोलन अगाडि बढाउनु गलत ...

सम्बन्धित सामग्री

नागरिकको निराशा देखेर म आत्तिएको छु : महामन्त्री थापा

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिकहरूमा चरम निराशा बढेको टिप्पणी गरेका छन् । कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले पछिल्ला दिनमा नागरिकहरूको निराशा देख्दा आफू आत्तिएको बताए ।  ‘पछिल्लो दिनमा मैले जे महसुस गरेको छु, त्यसबाट म आत्तिएको छु । जो बाहिर जान पायो, ऊ ख...

कांग्रेसमा देउवाको ‘एकल शासन’विरूद्ध महामन्त्रीको विद्रोह संकेत

काठमाडौं : १४ औं महाधिवेशनबाट नेपाली कांग्रेसले दुई युवा महामन्त्री पायो। ०७८ मंसिरमा भएको महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भए।देउवा समूहका दुई उम्मेदवार प्रदीप पौडेल र डा. प्रकाशशरण महतलाई पराजित गर्दै शेखर कोइराला समूहका थापा तथा प्रकाशमान सिंह समूहका शर्मा महामन्त्रीमा निर्वाचित भए। महामन्त्रीमा निर्वाचित भएको डेढ वर्षपछि थापाले पार्टीभित्रको असन्तुष्टिलाई संकेत गर्दै गम्भीर प्रश्न उठाए। ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन पर

मन्त्रालय भागबण्डामा गगनको असन्तुष्टि : अब त अति भयो!

काठमाडौं : नेपाली कांग्रेसले चार चरण गरी सरकार सहभागी भएको छ। तर संस्थापनको पेलानका कारण संस्थापनइतरले मागेजति कोटा पाएन। कांग्रेसले ९ मन्त्रालय पाउँदा संस्थापनइतरले २ मन्त्रालयमात्र पायो। आइतवार कांग्रेसका सुरेन्द्र आचार्यले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रुपमा शपथ लिएका छन्। आचार्य राष्ट्रपति रामचन्द्र पौडेल निकट नेता हुन्। यो मन्त्रिपरिषद्मा महामन्त्री गगन थापाले…

कांग्रेस एम्वाप्पे भयो, गोल्डेन वुट त पायो तर कप अर्कैले लग्यो: विश्वप्रकाश

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई फ्रान्सका फुटवलर केलियन एम्वाप्पेसँग तुलना गरेका छन् । एम्वाप्पेले धेरै गोल गरेर गोल्डेन वुट पाए पनि स्वर्ण कप भने अर्कैले लगेको भन्दै कांग्रेसको पनि ...

अध्यक्ष लिङ्देन नेतृत्वको केन्द्रीय निर्वाचन परिचालन समितिले पायो पूर्णता

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको कार्यसम्पादन समितिको बैठकले अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको केन्द्रीय निर्वाचन परिचालन समितिलाई पूर्णता दिएको छ । बिहीबार बसेको बैठकले लिङ्देन नेतृत्वको समितिमा पूर्वअध्यक्षत्रय लोकेन्द्र बहादुर चन्द, पशुपति शमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी, कार्यसम्पादन समितिका सदस्यहरू, पदाधिकारीहरू, सातवटै प्रदेशका अध्यक्षहरू, केन्द्रीय सदस्यहरू, विभागीय प्रमुखहरू र भातृ संगठनका प्रमुखहरुलाई सदस्यमा मनोनीत गरेको हो ।बैठकले सदस्य सचिवको जिम्मेवारी महामन्त्री राजेन्द

‘पद जति पटक पनि जित्न सकिन्छ तर नैतिकता पटक पटक जित्न सकिँदैन’

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुनै पनि विषयमा आफूले अब पदको गरिमालाई ख्याल गरेर बोल्नुपर्ने जनाएका छन् । आफूमा अन्य नागरिकसरह अभिव्यक्ति स्वतन्त्रता रहे पनि महामन्त्रीजस्तो जिम्मेवार पदमा रहेका कारण जुनसुकै विषयमा जहाँ पायो त्यहाँ प्रतिक्रिया जनाउन अब नमिल्ने प्रस्ट पारे ।उनले पार्टीका अर्का महामन्त्री गगन थापासँग सहकार्य गरेरै अघि बढ्ने र पार्टीलाई नयाँ गति दिने सवालमा सभापति शेरबहादुर देउवालाई पनि खुलेर साथ दिने जनाए । महामन्त्री पदमा निर्वाचित भइसकेपछि उनका योजना, प्राथमिकत

ओलीको अयोग्यता र अहंकारले देशले दु:ख पायो : महामन्त्री थापा

१९ पुस, बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब आउने चुनावमा मतदाताले नेकपा एमालेलाई दण्ड दिनुपर्ने बताएका छन् । गत निर्वाचनमा नेकपाले झण्डै दुई तिहाई बहुमत पाएपनि पूरा कार्यकाल सरकार चलाउन असफल भई देशलाई अस्थिरतामा धकेलेकाले अबको चुनावमा एमालेलाई दण्ड दिनुपर्ने थापाको तर्क छ । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा आयोजित पार्टी कार्यक्रममा थापाले पूर्वप्रधानमन्त्री तथा […]

केपी ओलीका कारण सिंगो देशले दुख पायो : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका युवा नेता तथा १४औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार गगनकुमार थापाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीका कारण सिंगो देशले दुख पाएको बताएका छन् ।  १४ औँ महाधिवेशनका लागि महामन्त्रीमा उम्मेदवारी घोषणासँगै आफ्नो अवधारणा पत्र सार्वजनिक गर्दै उनले भने, ‘ओलीको अहंका…

कांग्रेस महाधिवेशन : निर्वाचन समितिले पायो ३८ जिल्लाको क्रियाशील सदस्यता सूची

१० भदौ, काठमाडौं । नेपाली कांग्रेसले ३८ जिल्लाको क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाएको छ । क्रियाशील सदस्यता सार्वजनिक गर्नुपर्ने माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरु रिले अनसनमा बसिरहेका बेला महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन समिति संयोजक महादेव यादवलाई नामावली बुझाएका हुन् । १४ औं महाधिवेशन प्रक्रिया सुरु हुन ८ दिन मात्रै […]