रासायनिक मलबिनै खेती लगाउँदै कैलालीका किसान

भजनी । कैलालीको भजनी नगरपालिका–६ का रामप्रसाद चौधरीले दश बिघा क्षेत्रफलमा गहुँ खेती गरेका छन् । यस वर्ष ढिलोसम्म वर्षा भएका कारण अन्य वर्षभन्दा ढिलो गरी गहुँ खेती सुरु गरेका उनले मल नहालेरै खेतमा गहुँ छरेका छन् । ‘युरिया मल जति पनि पाइन्छ , डिएपी मल जति खोज्दा पनि कतै पाइएन ।’ उनले भने, ‘खेती […]

सम्बन्धित सामग्री

रासायनिक मल र विषादीबारे सचेत छैनन् किसान

दाङ : तुलसीपुर-१८ की कौशिला रावतले बारीमा घरका लागि तरकारी खेती गरेकी छन्। किराले सबै बोट सुक्दै गए र फल पनि कुहिए। उनले लगाएको तरकारीमा कुन रोग लागेको हो ? थाहा छैन। पहिलेको तुलनामा पछिल्लो समय विभिन्न किसिमका रोग तथा कीरा तरकारी खेतीमा देखिने गरेको उनको भनाइ छ।उनले भनिन्, ‘बारीमा लगाएका बोरीका बोट सबै सुके। फर्सी पनि फलेका छन् तर सबै कुहिए। कुन रोग लागेको हो ? थाहा छैन। पहिलो यस्तो रोग देखिँदैनथ्यो।’ यस्तै उनले अहिलेसम्म आफूले कुनै विषादी प्रयोग नगर्ने भए पनि बुहारीहरूले प्रयो

प्राङ्गारिक खेतीमा फर्कंदै किसान

महोत्तरी, २३ माघ । खेतीको ठिक्क समयमा रासायनिक मल, बीउ र किरा नियन्त्रण गर्ने विषादी बजारमा नपाउँदा दिक्क भएका यहाँका किसान परम्परागत प्राङ्गारिक खेतीतर्फ फर्कंदैछन् । केही दशकअघि स्थानीय साधनस्रोतको प्रयोगले गरिने खेती दिगो हुने निष्कर्षसाथ जिल्लाको उत्तरी क्षेत्रका किसान परम्परागत प्राङ्गारिक खेतीतर्फ चासो बढाउन थालेका हुन् । बर्दिबास नगरपालिका–९ पशुपतिनगरका तरकारी उत्पादक किसान रामविनोद […]

मलबिना धान राेप्दै किसान

दाङ- लमही नगरपालिका-१ सुन्डबरी निवासी किसान सरोज कुमालले यसपालि मल नछरी धान रोपेका छन्। सरकारले अनुदानमा उपलब्ध गराउने रासायनिक मल युरिया नपाएपछि उनले मलबिनै धान रोप्नुपरेको दुखेसो पोखे। ‘मलको लागि धेरै ठाउँ धाइयो, तर पाइएन। मल नपाए पनि खेती रोक्नु भएन’, उनले भने, ‘उब्जनी कस्तो हुने हो, यसपालि मलै नछरी धान रोपियो।’ धान खेती सुरु […]

मल पाइने भएपछि वालिङका किसान खुसी

स्याङ्जा – रासायनिक मलको अभाव खेपिरहेका यहाँका किसान सोमवारदेखि मल पाइने खबरले खुसी देखिएका छन् । स्याङ्जाको वालिङमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको डिपोमार्फत रासायनिक मल (डीएपी) वितरण हुने खबर पाएका किसान खुसी भएका हुन् । लामो समयदेखि रासायनिक मलको चर्को अभावका कारण तरकारी खेती, धान, मकैको उत्पादनमा कमी हुँदै आएको बेला सोमवारदेखि मल वितरण हुने भएपछि आफूलाई खुसी लागेको वालिङ–८ की किसान रन्नता बगालेले बताउनुभयो । ‘रोपाइँको बेला हुन लागेको थियो, रासायनिक मल नहुँदा चिन्ता लागे...

रासायनिक मल आपूर्ति अनिश्चित

काठमाडौँ,१८ जेठ । कैलालीको जानकी गाउँपालिकाका तेतराम चौधरी यतिखेर धानखेती गर्न मलको खोजीमा भौतारिएका छन् । कृषि सहकारीमा मल नपाएपछि उनी मलको जोहो गर्न भारतीय बजार तिकुनीया जाने तयारीमा छन् । भारतको तिकुनीयाबाट मल ल्याउन पनि किसानलाई सहज छैन । सहजै मल ल्याउन सकिने भएको भए यहाँका किसान ढुक्कले खेती गर्ने थिए । “मल नेपाली […]

रासायनिक मल आपूर्ति अनिश्चित

कैलालीको जानकी गाउँपालिकाका तेतराम चौधरी यतिखेर धानखेती गर्न मलको खोजीमा भौतारिरहेका छन् । कृषि सहकारीमा मल नपाएपछि उनी मलको जोहो गर्न भारतीय बजार तिकुनीया जाने तयारीमा छन् । भारतको तिकुनीयाबाट मल ल्याउन पनि किसानलाई सहज छैन । सहजै मल ल्याउन सकिने भएको भए यहाँका किसान ढुक्कले खेती गर्ने थिए । “मल नेपाली बजारमा सहजरुपमा पाउँदैन, भारतीय बजारबाट ल्याउन पाइँदैन”, चौधरीले भने, “यस्तो बेलामा कसरी खेती गर्नु ? मल नभए धान उत्पादन घट्छ ।”कैलालीमा यस वर्ष रासायनिक मलको चरम अभा

रासायनिक मल आपूर्ति अनिश्चित

टीकापुर । कैलालीको जानकी गाउँपालिकाका तेतराम चौधरी यतिखेर धान खेती गर्न मलको खोजीमा भौँतारिएका छन् । कृषि सहकारीमा मल नपाएपछि उनी मलको जोहो गर्न भारतीय बजार तिकुनीया जाने तयारीमा छन् । भारतको तिकुनीयाबाट मल ल्याउन पनि किसानलाई सहज छैन । सहजै मल ल्याउन सकिने भएको भए यहाँका किसान ढुक्कले खेती गर्ने थिए । ‘मल नेपाली […]

यथाशीघ्र रासायनिक मल उपलब्ध गराउन किसान आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय किसान आयोगले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेको छ । कृषकहरुले खेती सुरु गर्ने समयमा रासायनिक मलको प्रयोग गर्न नपाएमा धान र मकै बालीको उत्पादन र उत्पादकत्व स्वत: घट्ने भएकाले किसानको माग बमोजिम यथाशीघ्र रासायनिक मल उपलब्ध गराउन आयोगले आग्रह गरेको हो । बिहिबार एक विज्ञप्ति जारी गर्दै  आयाेगले […]

रासायनिक मल विक्री बन्द हुँदा कैलालीका किसान मारमा

जेठ १०, कैलाली । कोरोना संक्रमणका कारण कैलाली जिल्लामा निषेधाज्ञा लागू भएपछि यहाँका किसान मारमा परेका छन् । निषेधाज्ञा लागू भएकाले वर्षे धान खेतीका लागि किसानले रासायनिक मलको जोहो गर्न पाएका छैनन् ।  निषेधाज्ञाअघि कैलालीका विभिन्न कृषि सहकारीमा रासायनिक मल पर्याप्त मात्रामा उपलब्ध भए पनि निषेधाज्ञापछि मल विक्री बन्द हुँदा किसान मारमा परेका छन् । किसान भोजबहादुर चौधरी निषेधाज्ञाका कारण खेती गर्ने समय नजिकी सक्दा समेत मल नपाएको बताउँछन् । ‘यसपटक मल अभाव हुन्न भन्ने सुनेका थियौँ, म जस्तै धेरै किसान ढुक्क थिए’, खेतमा रोप्नका लागि ब्याड तयार हुन थाल्यो तर मल पाइएको छैन । उनले भने ‘सहकारीले मल विक्री गरिरहेका छैनन् । अब कसरी मलको जोहो गर्नु’ गत वर्ष कोरोनापछिको बन्दाबन्दीका कारण मल नपाएको सास्ती खेपेका कैलालीका किसानहरु यसपाली पनि मल पाइने, नपाइने केही ठेगान नभएकामा चिन्तित भएका छन् । जेठ महीनाको पहिलो सातादेखि धान खेतीका लागि धानको ब्याड राख्न किसानले शुरु गरेका छन् ।  मलको जोहो हुने कि नहुने निश्चित नभएकाले किसानहरु निषेधाज्ञामा समेत रासायनिक मलको खोजीमा लाग्ने गरेका अर्का किसान प्रेमलाल चौधरीले बताए । ‘निधेषाज्ञा छ, मल पाउने टुंगो छैन, अब कोरोना सर्ला भनेर घर बस्ने कुरा रहेन’, प्रेमलालले भने, ‘अब सहकारी तथा स्थानीय सरकारले हामीलाई सहज मल पाउने व्यवस्था गरिदिनु पर्छ । नत्र उत्पादन घट्ने निश्चित छ ।’ वर्षे धान खेतीको तयारीमा किसान जुटिसकेका छन् । वर्षे धानका लागि मल बीउको जोहो गर्ने बेला यही होे । कोरोनाले निम्त्याएको निषेधाज्ञाका कारण किसानले मल, बीउको जोहो गर्न सकिरहेका छैनन् । विगतका दिनमा मल पर्याप्त पाइने भनिएता पनि मल समयमा नपाइने समस्या देखिएपछि किसानमा चिन्ता थपिएको छ ।  किसानहरु रासायनिक मलको जोहो नगरे धान खेतीमा असर पर्ने भएकाले मलका सहजताको लागि विक्रेता, सहकारी र स्थानीय सरकारले आवश्यकता र प्राथमिकता हेर्नुपर्ने किसान बीरबल डगौराको भनाइ छ । ‘निषेधाज्ञा जारी रहोस् तर किसानलाई आवश्यक मल, बीउ, इन्धन सहज पाइयोस्, हामीलाई सहज हिड्ने वातावरण बनाइदिनुस्’, डगौरा भन्छन्, ‘अहिले सबैले ट्याक्टरको सहयोगमा खेत जोत्ने चलन छ । खेत जोत्न इन्धन पनि सहज र सबै समयमा उपलब्ध गराउनु पर्‍यो ।’ किसानहरु महामारीले मुलुक ठप्प भएमा बेला कृषि उत्पादनमा समेत असर परेमा भोकमरी हुने बताउँछन् । ‘मुलुकमा आिर्थक गतिविधि ठप्प छन् । मानिसको भोक मेट्ने भनेको उतपदनले हो । कृषि उत्पादन बढाउन बीउ, मल, सिँचाइ, खेती गर्न आवश्यक जनशिक्त जस्ता कुरामा सहयोग चाहिन्छ’, किसान अगुवा रुपेश शर्मा भन्छन्, ‘यी सबै पूर्वाधार जुटाउन, आवश्यक व्यवस्था गर्न सरकारले प्राथमिकतामा राख्नुपर्छ । साथै किसानको उत्पादन बजारीकरणमा सघाउने काम पनि गर्नुपर्छ ।’ कैलालीका किसानले हरेक वर्ष मलका लागि भौतारिनु परेको छ । विगतमा भारतीय नाका खुला हुने भएकाले भारतीय बजारको भरमा मल व्यवस्थापन गर्ने किसान गत वर्षबाट भारतीय नाका बन्द भएपछि निकै मारमा परेका छन् । कैलालीमा ७१ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ भने करीब २० हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने गरेको छ । रासस