कैलालीको जानकी गाउँपालिकाका तेतराम चौधरी यतिखेर धानखेती गर्न मलको खोजीमा भौतारिरहेका छन् । कृषि सहकारीमा मल नपाएपछि उनी मलको जोहो गर्न भारतीय बजार तिकुनीया जाने तयारीमा छन् । भारतको तिकुनीयाबाट मल ल्याउन पनि किसानलाई सहज छैन । सहजै मल ल्याउन सकिने भएको भए यहाँका किसान ढुक्कले खेती गर्ने थिए । “मल नेपाली बजारमा सहजरुपमा पाउँदैन, भारतीय बजारबाट ल्याउन पाइँदैन”, चौधरीले भने, “यस्तो बेलामा कसरी खेती गर्नु ? मल नभए धान उत्पादन घट्छ ।”कैलालीमा यस वर्ष रासायनिक मलको चरम अभा