काठमाडौं : कमल थापा नेतृत्वको राप्रपा नेपालले पुन: राजतन्त्र पुन: स्थापनालाई कार्यनीतिक एजेण्डा बनाएको छ। डेढ वर्षअघि भएको राप्रपाको महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङदेनसँग पराजित भएपछि आफू पार्टीबाट अलग भएको घोषणा गरेका थिए। त्यो घोषणा गर्नुअघि थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले चलखेल गरेर आफूलाई हराएको आरोप लगाएका थिए। त्यसपछि उनी राप्रपा नेपाल पुन: गठन गरेर अध्यक्ष बने। राप्रपा नेपालको एक वर्षअघि बसेको कार्यसमिति बैठकले राजसंस्था नबोक्ने निर्णय गरेको थियो। तर, केही दिन अघि बसेको केन्द्