राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था आफ्नै कारण समाप्त भएको बताएका छन् । राजसंस्था सबैको अभिभावन बन्न नसक्दा समाप्त भएको उनको भनाइ छ । थापाले निर्मल निवासले दलहरू माथि अनावश्यक हस्तक्षेप गर्न थालेपछि आफूले रोक्न माग गरेको जिकिर गरे। बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले राजसंस्थालाई मर्यादित र सबैको साझा बन्नको लागि लिखित रुपमा पत्र लेखेको पनि बताए । कुनै सुनुवाइ नभए पनि राजसंस्थाको एजेन्डा छाडेको उनको भनाइ