राप्रपा, नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनस्र्थापना आफ्नो पार्टीको कार्यनीति नरहेको स्पष्ट पारेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राजसंस्थाप्रति आस्था र सम्मान हुने तर अहिलेको कार्यनीति भने नहुने प्रष्ट्याएका हुन् । उनले हिन्दु राष्ट्र, सुशासन र समृद्धि आफ्नो पार्टीको मुख्य मान्यता रहेको बताए । धर्मनिरपेक्षताको खारेजी र संघीयताको परिमार्जन गर्न भने आफ्नो पार्टीले जोड दिने अध्यक्ष थापाको भनाइ थियो । उनले भने, ‘राजसंस्थाप्रति हाम्रो आस्था