सप्तरीको बोदेबरसाईनमा सशस्त्रको बीओपी स्थापना

१९ माघ, वीरगञ्ज । सशस्त्र प्रहरीले सप्तरीको बोदेबरसाईन नगरपालिकामा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ । सशस्त्र प्रहरी बलको छिन्नमस्ता बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्यालले आइतबार बोर्डर आउट पोष्टको उद्घाटन गरेका …

सम्बन्धित सामग्री

साम्दोमा बीओपी स्थापना

चुमनुव्री गाउँपालिका–१ सामागाउँ स्थित साम्दोमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २९ गुल्म गोरखाको मातहत रहने गरी बीओपी स्थापना भएको हो ।

घरभाडाका कारण गोरखाको साम्दोमा बीओपी स्थापना अन्योलमा

२ भदौ, गोरखा । चीनको सीमा क्षेत्रमा पर्ने गोरखाको चुमन्ब्री गाउँपालिकाको साम्दोमा सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट (बीओपी) स्थापना गर्ने भाका पटक पटक सरेको छ । पछिल्लो पटक बोर्डर आउटपोस्ट स्थापना गर्ने भनिए पनि घरभाडा कसले तिर्ने भन्ने टुंगो नलाग्दा र ढुवानी गर्न हेलिकप्टर नै चाहिने भएपछि ढिलाइ भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । […]

दार्चुलाको सुन्सेरामा सशस्त्र प्रहरीको बीओपी स्थापना

२५ वैशाख, धनगढी । दार्चुलाको ब्याँस गाउँपालिका-४ को सुन्सेरामा सशस्त्र प्रहरीले बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ । बीओपीको सोमबार विधिवत रुपमा उद्घाटन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेड क्वाटर दार्चुलाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक(एसपी) डम्बर बिष्टकाअनुसार बैद्यनाथ बाहिनी नम्बर ७ का सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) किरण ढुंगाना, ब्यास […]

पर्साका ६ स्थानमा बीओपी स्थापना

वीरगञ्ज – भारतको बिहार राज्यसित सिमाना जोडिएको पर्साको विभिन्न ६ स्थानमा सोमबार बोर्डर आउट पोस्ट (बीओपी) भवन उद्घाटन गरिएको छ। बीओपी भवनको सोमबार एक कार्यक्रमबीच छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब निरीक्षक प्रकाशचन्द्र गौतमले उद्घाटन गरेका हुन्। पर्साको ठोरी गाउँपालिका–२ भन्सार, ३ ब्रहम नगर,५ सुवर्णपुरमा छिपहरमाई गाउँपालिकाको भिस्वा बन्जारी, पकहा मैनपुर अमरपटीमा सशस्त्र […]

पर्साका ६ स्थानमा बीओपी स्थापना

४ असोज, काठमाडौं । सशस्त्र प्रहरी बलले पर्साका ६ स्थानमा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ । नवनिर्मित बीओपी भवनको सोमबार छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले उद्घाटन गरे । ठोरी गाउँपालिका–२ राइधारा परिसरमा निर्माण भएको बीओपी भवनको उद्घाटन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक गौतमले शान्ति सुरक्षाको उचित प्रबन्ध नभई […]

दोधारा चाँदनी नगरपालिकाको कञ्जभोजमा बीओपी स्थापना

दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) को शुभारम्भ गरिएको छ । दोधारा चाँदनी नगरपालिकाका प्रमुख वीरबहादुर सुनार र प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले आज संयुक्तरूपमा आज २०औँ बीओपीको उद्घाटन गरेका हुन् ।नगरप्रमुख सुनारले सीमा क्षेत्रमा हुने अपराधका घटना सशस्त्र प्रहरीको उपस्थितिसँगै घटेको र  लागुऔषध ओसारपसारमा समेत कमी आएको बताए ।  प्रजिअ पाण्डेले अन्तर सीमा अपराध, मानव तस्करी, वन्यजन्तुको तस्करी, लागुऔषधको कारोबार रोकथाम, जाली नोटको कारो

दार्चुलाको तिङ्करमा सशस्त्र प्रहरीको बीओपी स्थापना

चीनको ताक्लाकोटसँग जोडिएको तिङ्करमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको हो ।

सीमामा २ सय २४ वटा बीओपी, १ सय २० थपिँदै

काठमाडौं, साउन २४ । सरकारले नेपालको सीमा सुरक्षाका लागि बोर्डर आउट पोस्ट (बीओपी) को स्थापनालाई तीव्रता दिएको छ । सरकारले सीमा सुरक्षालाई मजबुद्ध बनाउन र नेपाली भूमिको रक्षा गर्नका लागि पछिल्ला वर्षमा सीमानामा बीओपी स्थापना गर्ने कार्यलाई उच्च प्राथमिकता दिँदै आएको छ । बीओपी स्थापनालाई सत्ता गठबन्धले हालै सार्वजनिक गरेको सरकारको साझा कार्यक्रममा पनि प्राथमिकता […]

सशस्त्र प्रहरी बल नेपालको दुई बीओपी स्थापना

कैलाली । कैलालीमा आइतवार सशस्त्र प्रहरी बलअन्तर्गत दुईओटा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना भएका छन् । जिल्लाको भजनी नगरपालिका–६ मा बीओपी कालापातल र भजनी नगरपालिका–७ मा बीओपी हलौनाघाट स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणको कार्यालयले बताएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठ र भजनी नगरपालिकाका उपप्रमुख छायाँ देवकोटाले उक्त दुईओटै नयाँ बीओपीको उद्घाटन संयुक्त रूपमा गरे । सो अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक श्रेष्ठले अहिलेको विषम् परिस्थितिमा सकल दर्जाका राष्ट्रसेवक सुरक्षाकर्मीको काँधमा राज्य र जनताको सेवा र सुरक्षाका खातिर ठूलो जिम्मेवारी आएको बताए । सीमा सुरक्षा, अपराध नियन्त्रण र अवैध चोरी निकासी पैठारी नियन्त्रणमा बीओपीको प्रमुख काम भएकाले व्यावसायिक ढंगले कार्यक्षेत्रमा खटिन निर्देशन दिए । भजनी नगरपालिकाका उपप्रमुख देवकोटाले बिओपी स्थापनाले सीमा इलाकाका बासिन्दाले सुरक्षित महसुस गरेको र सीमा अपराध नियन्त्रण एवं सीमा सुरक्षा बीओपीले पूरा गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक दीपेन्द्र कुँवर, स्थानीय जनप्रतिनिधिलगायतको सहभागिता थियो । १ सय एक किलोमिटर खुला सिमानामा रहेको कैलाली जिल्लामा १६ बीओपी स्थापना भइसकेको र क्रमिक रूपले बीओपीको संख्या बढाउँदै लैजाने नीति रहेको बताइएको छ । रासस