दार्चुलाको सुन्सेरामा सशस्त्र प्रहरीको बीओपी स्थापना

२५ वैशाख, धनगढी । दार्चुलाको ब्याँस गाउँपालिका-४ को सुन्सेरामा सशस्त्र प्रहरीले बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ । बीओपीको सोमबार विधिवत रुपमा उद्घाटन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेड क्वाटर दार्चुलाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक(एसपी) डम्बर बिष्टकाअनुसार बैद्यनाथ बाहिनी नम्बर ७ का सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) किरण ढुंगाना, ब्यास […]

सम्बन्धित सामग्री

घरभाडाका कारण गोरखाको साम्दोमा बीओपी स्थापना अन्योलमा

२ भदौ, गोरखा । चीनको सीमा क्षेत्रमा पर्ने गोरखाको चुमन्ब्री गाउँपालिकाको साम्दोमा सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट (बीओपी) स्थापना गर्ने भाका पटक पटक सरेको छ । पछिल्लो पटक बोर्डर आउटपोस्ट स्थापना गर्ने भनिए पनि घरभाडा कसले तिर्ने भन्ने टुंगो नलाग्दा र ढुवानी गर्न हेलिकप्टर नै चाहिने भएपछि ढिलाइ भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । […]

सिन्धुपाल्चोकको जुगलमा सशस्त्र प्रहरीको बीओपी स्थापना

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका तीन गुम्बामा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बुधवार एक समारोहकाबिच बीओपीको उद्घाटन गरेका हुन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १६ गण सिन्धुपाल्चोक मातहतमा स्थापना भएको उक्त बीओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरी पैठारी तथा निकासी नियन्त्रण, […]

पर्साका ६ स्थानमा बीओपी स्थापना

वीरगञ्ज – भारतको बिहार राज्यसित सिमाना जोडिएको पर्साको विभिन्न ६ स्थानमा सोमबार बोर्डर आउट पोस्ट (बीओपी) भवन उद्घाटन गरिएको छ। बीओपी भवनको सोमबार एक कार्यक्रमबीच छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब निरीक्षक प्रकाशचन्द्र गौतमले उद्घाटन गरेका हुन्। पर्साको ठोरी गाउँपालिका–२ भन्सार, ३ ब्रहम नगर,५ सुवर्णपुरमा छिपहरमाई गाउँपालिकाको भिस्वा बन्जारी, पकहा मैनपुर अमरपटीमा सशस्त्र […]

पर्साका ६ स्थानमा बीओपी स्थापना

४ असोज, काठमाडौं । सशस्त्र प्रहरी बलले पर्साका ६ स्थानमा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ । नवनिर्मित बीओपी भवनको सोमबार छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले उद्घाटन गरे । ठोरी गाउँपालिका–२ राइधारा परिसरमा निर्माण भएको बीओपी भवनको उद्घाटन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक गौतमले शान्ति सुरक्षाको उचित प्रबन्ध नभई […]

चिनियाँ सीमामा पहिलोपटक सशस्त्रको बीओपी

दार्चुला, (नेस) । दुई ठूला राष्ट्र चीन र भारतसँग सीमा जोडिएको दार्चुला जिल्लाको चीनसँगको सीमा टिंकरमा पहिलोपटक सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा कार्यालय (बीओपी) स्थापना हुने भएको छ । मन्त्रीपरिषद्को निर्णयअनुसार व्यास गाउँपालिका–१ मा पर्ने टिंकरस्थित भन्सार कार्यालयको जग्गामा बीओपी स्थापनाका लागि भवन निर्माण कार्य धमाधम भइरहेको छ । बाह्रै महिना सीमामा सुरक्षाकर्मी बस्ने […]

सशस्त्र प्रहरी बल नेपालको दुई बीओपी स्थापना

कैलाली । कैलालीमा आइतवार सशस्त्र प्रहरी बलअन्तर्गत दुईओटा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना भएका छन् । जिल्लाको भजनी नगरपालिका–६ मा बीओपी कालापातल र भजनी नगरपालिका–७ मा बीओपी हलौनाघाट स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणको कार्यालयले बताएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठ र भजनी नगरपालिकाका उपप्रमुख छायाँ देवकोटाले उक्त दुईओटै नयाँ बीओपीको उद्घाटन संयुक्त रूपमा गरे । सो अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक श्रेष्ठले अहिलेको विषम् परिस्थितिमा सकल दर्जाका राष्ट्रसेवक सुरक्षाकर्मीको काँधमा राज्य र जनताको सेवा र सुरक्षाका खातिर ठूलो जिम्मेवारी आएको बताए । सीमा सुरक्षा, अपराध नियन्त्रण र अवैध चोरी निकासी पैठारी नियन्त्रणमा बीओपीको प्रमुख काम भएकाले व्यावसायिक ढंगले कार्यक्षेत्रमा खटिन निर्देशन दिए । भजनी नगरपालिकाका उपप्रमुख देवकोटाले बिओपी स्थापनाले सीमा इलाकाका बासिन्दाले सुरक्षित महसुस गरेको र सीमा अपराध नियन्त्रण एवं सीमा सुरक्षा बीओपीले पूरा गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक दीपेन्द्र कुँवर, स्थानीय जनप्रतिनिधिलगायतको सहभागिता थियो । १ सय एक किलोमिटर खुला सिमानामा रहेको कैलाली जिल्लामा १६ बीओपी स्थापना भइसकेको र क्रमिक रूपले बीओपीको संख्या बढाउँदै लैजाने नीति रहेको बताइएको छ । रासस

मोरङमा ३ ठाउँमा बीओपी स्थापना

मोरङस्थित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको तीनवटा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ ।

कैलालीको लट्ठाघाट र कालाकुण्डामा बीओपी स्थापना

कैलालीको कैलारी गाउँपालिका–७ लट्ठाघाट र टीकापुर नगरपालिका–७ कालाकुण्डामा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ । सीमाको सुरक्षा, क्षेत्रमा हुने अपराध र अवैध चोरी तस्करी नियन्त्रण गर्ने उद्देश्यले सशस्त्र प्रहरीको बीओपी स्थापना गरिएको हो । दुवै बीओपीको मङ्गलबार उद्घाटन गरिएको छ । लट्ठाघाट बीओपीको सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठ र कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । यसैगरी, कालाकुण्डा बीओपीको प्रहरी नायब महानिरीक्षक श्रेष्ठ र वडा नम्बर ७ का वडा अध्यक्ष रामलाल डङ्गौराले उद्घाटन गर्नु भएको छ । कैलाली जिल्लामा स्वीकृत बीओपी अनुसार दुई बीओपीको स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीले जानकारी दिएको छ । यो संगै कैलालीमा बीओपी सङ्ख्या १४ पुगेको छ । भारतसंग १०१ किलोमिटर खुल्ला सिमाना रहेको यो जिल्लामा अब प्रायः सबै नाकामा सशस्त्र प्रहरी बलको उपस्थिति भएको छ ।

कालापानी नजिक सशस्त्र प्रहरीको बीओपी स्थापना

३१ वैशाख, काठमाडौं । दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । भारतले भूमि अतिक्रमण गरी सडक बनाएको क्षेत्रदेखि नजिकै सशस्त्र प्रहरीले उपस्थिति जनाएको हो । बुधबार सशस्त्र प्रहरीको कार्य एवं सीमा …

सप्तरीको बोदेबरसाईनमा सशस्त्रको बीओपी स्थापना

१९ माघ, वीरगञ्ज । सशस्त्र प्रहरीले सप्तरीको बोदेबरसाईन नगरपालिकामा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ । सशस्त्र प्रहरी बलको छिन्नमस्ता बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्यालले आइतबार बोर्डर आउट पोष्टको उद्घाटन गरेका …