सीमा सुरक्षाका लागि पछिल्लो समय चीन र भारतका सिमानामा बोर्डर आउट पोस्ट (बीओपी) स्थापनाको काम धमाधम भइरहेको छ ।
कोरोना महामारी शुरू भएयता चीन तर्फका सिमानामा ७ र भारततर्फ ७० गरी ७७ वटा बीओपी स्थापना भएका छन् ।
यससँगै दुवैतर्फ गरी सशस्त्र प्रहरीको बीओपीको कुल संख्या १९७ पुगेको छ ।
पछिल्लो समय कालापानी र लिपुलेकको विषयलाई लिएर भारतसँग विवाद बढ्दै गएपछि नेपालले आफ्नो सीमा सुरक्षाका लागि बीओपीको संख्या ५ सय पुर्याउने निर्णय गरेको थियो ।
त्यसमध्ये १८ वटा बीओपी चीनतर्फ र बाँकी भारततर्फको सीमामा स्थापना गर्ने ...