सशस्त्र प्रहरी बल नेपालको दुई बीओपी स्थापना

कैलाली । कैलालीमा आइतवार सशस्त्र प्रहरी बलअन्तर्गत दुईओटा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना भएका छन् । जिल्लाको भजनी नगरपालिका–६ मा बीओपी कालापातल र भजनी नगरपालिका–७ मा बीओपी हलौनाघाट स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणको कार्यालयले बताएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठ र भजनी नगरपालिकाका उपप्रमुख छायाँ देवकोटाले उक्त दुईओटै नयाँ बीओपीको उद्घाटन संयुक्त रूपमा गरे । सो अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक श्रेष्ठले अहिलेको विषम् परिस्थितिमा सकल दर्जाका राष्ट्रसेवक सुरक्षाकर्मीको काँधमा राज्य र जनताको सेवा र सुरक्षाका खातिर ठूलो जिम्मेवारी आएको बताए । सीमा सुरक्षा, अपराध नियन्त्रण र अवैध चोरी निकासी पैठारी नियन्त्रणमा बीओपीको प्रमुख काम भएकाले व्यावसायिक ढंगले कार्यक्षेत्रमा खटिन निर्देशन दिए । भजनी नगरपालिकाका उपप्रमुख देवकोटाले बिओपी स्थापनाले सीमा इलाकाका बासिन्दाले सुरक्षित महसुस गरेको र सीमा अपराध नियन्त्रण एवं सीमा सुरक्षा बीओपीले पूरा गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक दीपेन्द्र कुँवर, स्थानीय जनप्रतिनिधिलगायतको सहभागिता थियो । १ सय एक किलोमिटर खुला सिमानामा रहेको कैलाली जिल्लामा १६ बीओपी स्थापना भइसकेको र क्रमिक रूपले बीओपीको संख्या बढाउँदै लैजाने नीति रहेको बताइएको छ । रासस

सम्बन्धित सामग्री

दार्चुलाको सुन्सेरामा सशस्त्र प्रहरीको बीओपी स्थापना

२५ वैशाख, धनगढी । दार्चुलाको ब्याँस गाउँपालिका-४ को सुन्सेरामा सशस्त्र प्रहरीले बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ । बीओपीको सोमबार विधिवत रुपमा उद्घाटन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेड क्वाटर दार्चुलाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक(एसपी) डम्बर बिष्टकाअनुसार बैद्यनाथ बाहिनी नम्बर ७ का सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) किरण ढुंगाना, ब्यास […]

सीमा क्षेत्रका गुम्बामा बीओपी

चीनसँगको सीमा क्षेत्र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ स्थित गुम्बा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ ।

सिन्धुपाल्चोकको जुगलमा सशस्त्र प्रहरीको बीओपी स्थापना

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका तीन गुम्बामा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बुधवार एक समारोहकाबिच बीओपीको उद्घाटन गरेका हुन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १६ गण सिन्धुपाल्चोक मातहतमा स्थापना भएको उक्त बीओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरी पैठारी तथा निकासी नियन्त्रण, […]

प्रदेश १ मा बीओपीको संख्या ५१ पुग्यो

आज मोरङमा तीन वटा बीओपी स्थापना गरिएसँगै प्रदेश १ मा बीओपीको संख्या ५१ पुगेको सशस्त्र प्रहरी बल नेपाल १ बराहाका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक वंशीराज दाहालले जानकारी दिए

कैलालीको लट्ठाघाट र कालाकुण्डामा बीओपी स्थापना

कैलालीको कैलारी गाउँपालिका–७ लट्ठाघाट र टीकापुर नगरपालिका–७ कालाकुण्डामा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ । सीमाको सुरक्षा, क्षेत्रमा हुने अपराध र अवैध चोरी तस्करी नियन्त्रण गर्ने उद्देश्यले सशस्त्र प्रहरीको बीओपी स्थापना गरिएको हो । दुवै बीओपीको मङ्गलबार उद्घाटन गरिएको छ । लट्ठाघाट बीओपीको सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठ र कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । यसैगरी, कालाकुण्डा बीओपीको प्रहरी नायब महानिरीक्षक श्रेष्ठ र वडा नम्बर ७ का वडा अध्यक्ष रामलाल डङ्गौराले उद्घाटन गर्नु भएको छ । कैलाली जिल्लामा स्वीकृत बीओपी अनुसार दुई बीओपीको स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीले जानकारी दिएको छ । यो संगै कैलालीमा बीओपी सङ्ख्या १४ पुगेको छ । भारतसंग १०१ किलोमिटर खुल्ला सिमाना रहेको यो जिल्लामा अब प्रायः सबै नाकामा सशस्त्र प्रहरी बलको उपस्थिति भएको छ ।

पाँचथरको फालोटमा सशस्त्रको बीओपी स्थापना

१० मंसिर, पाँचथर । फालेलुङ गाउँपालिका—४ फालोटमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ । सो बीओपीमा सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्वमा १९ सुरक्षाकर्मी रहेको सशस्त्र प्रहरी बल २ नं गुल्म फिदिमका …

सीमामा बढ्दैछ सशस्त्रको उपस्थिति : दार्चुलामा एकै दिन थप ३ वटा बीओपी स्थापना

काठमाडौं : दार्चुलमा सशस्त्र प्रहरी बल (एपीएफ)ले एकै दिन ३ वटा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ। बिहीवार जिल्लाको मालिकाअर्जुन गाउँपालिका ४ जोलजिबी, लेकम गाउँपालिका ३ लाली र ब्यास गाउँपालिका २ दुम्लिङमा बीओपी स्थापना भएको हो। यस अघि दार्चुलाको छाङरुङमा बीओपी स्थापना भइसकेको छ। योसँगै दार्चुलामा बीओपीको संख्या

https://www.onlinekhabar.com/2020/06/877052

१४ असार, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले एक सय १४ वटा स्थानमा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गर्दैछ । तीमध्ये नेपाल–भारत–चीन त्रिदेशीय सीमामा रहेको दार्चुलाको छाङरुसहित २५ स्थानमा बीओपी स्थापना भइसकेका छन् । थप ८९ …

मुस्ताङको नेचुङ्गमा सशस्त्र प्रहरीको बीओपी स्थापना

काठमाडौं । मुस्ताङको लोमान्थाङ गाउँपालिका ४, नेचुङ्गमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बीओपी) स्थापना

https://www.onlinekhabar.com/2020/01/828518

२९ पुस, काठमाडौं । सशस्त्र प्रहरी बलले उत्तरी सीमामा पहिलो बोडर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ । संखुवासभाको भोटखोला गाउँपालिका–१ स्थित किमाथाङ्कामा बीओपी स्थापना गरिएको हो । पूर्व क्षेत्र सशस्त्र प्रहरी बल मुख्यालय १ नम्बर …