कुलमानविरुद्धको रिट निवेदन प्रधानन्यायाधीशको इजलासमा

 नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्धको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज सुनुवाइका लागि पेसी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा उक्त रिट निवेदनको पेसी तोकिएको छ ।प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमानको नियुक्तिविरुद्ध रिट निवेदन दायर गरेका थिए । आफूलाई गैरकानुनी रूपमा हटाएर सरकारले घिसिङलाई प्रमुख कार्यकारी नियुक्त गरेको शाक्यको जिकिर छ ।यसअघि प्रधानन्यायाधीश जबराकै इजलासले घिसिङलाई कार्

सम्बन्धित सामग्री

नागरिकता विधेयक प्रमाणीकरणसम्बन्धी रिट निवेदन हरि फुयालको इजलासमा

नागरिकता विधेयक प्रमाणीकरणका लागि परमादेश माग गर्दै दायर भएको रिट निवेदनमाथि आइतबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा सुनुवाइ हुने भएको छ । शुक्रबार पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको रिट निवेदन आइतबारका लागि न्यायाधीश फुयालको इजलासमा पेसी तोकिएको हो ।नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नभएपछि सर्वोच्च अदालतमा उत्प्रेषण परमादेशको मागसहित पाँच वटा रिट निवेदन दर्ता भएको छ । रिट निवेदनमा संसदको दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि पठाइएको विध

आईजीपी नियुक्तिविरुद्धको रिट निवेदन न्यायाधीश सुष्मालता माथेमाको इजलासमा

प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदन न्यायाधीश सुष्मालता माथेमाको इजलासमा परेको छ । न्यायाधीश माथेमाको एकल इजलासमा बुधबार रिट निवेदनमाथि सुनुवाइ हुने गरी पेसी तोकिएको हो ।मन्त्रिपरिषद्ले नेपाल प्रहरीको २९ औँ आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्ट भएका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले वैशाख १९ मा सर्वोच्चमा रिट दायर गरेका हुन् । एआईजी पोखरेलले सिंहलाई आईजीपी नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयलाई चुनौती दिँदै रिट निवेदनमा परमादेश मा

सभामुख र निर्वाचन आयोगविरूद्ध एमालेको रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा

नेपाल कम्युनिस्ट पार्टी एमालेले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दायर गरेको रिट निवेदन आइतबार ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । उक्त रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा पेसी तोकेको थियो । तर, इजलासमा उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।गत बुधबार सर्वोच्च अदालतमा एमालेले निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्ध रिट निवेदन दर्ता

कुलमानविरुद्धको रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ति विरुद्धको रिट निवेदनमाथि सुनुवाइका लागि आइतबार सर्वोच्च अदालतमा पेसी तोकिएको पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासमा उक्त रिट निवेदनको पेसी तोकिए पनि उक्त रिट निवेदन आइतबार ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो ।प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमानको नियुक्तिविरुद्ध रिट निवेदन दायर गरेका थिए । आफूलाई गैरकानुनी रूपमा हटाएर सरकारले

लुम्बिनीमा विशेष अधिवेशन आह्वानविरुद्धको रिट निवेदन न्यायाधीश भट्टराईको इजलासमा

काठमाडौं।लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ।एमाले सांसद लिला गिरीले दायर गरेको रिट निवेदन बुधबार न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा पेसी तोकिएको छ।हिजोको पेसी ‘हेर्न नभ्याइने’ सूचीमा परेको उक्त रिट आज पेसीसूचीको आठौँ नम्बरमा छ। प्रदेशसभाको विशेष अधिवेशन आज सुरु हुँदैछ। दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्रीविरुद्ध दायर भएको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ।

शंकर पोखरेलको ‘अन्तिम अस्त्र’ मानिएको रिट निवेदन न्यायाधीश राउतको इजलासमा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको सत्ता बहिर्गमन रोक्नका लागि ‘अन्तिम अस्त्र’ मानिएको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा तोकिएको छ । सोमबार लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य लीला गिरीले दायर गरेको रिट निवेदन मंगलबार न्यायाधीश राउतको एकल इजलासमा पेसी राखिएको छ ।रिट निवेदनमा संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त दलको नेताका रूपमा शंकर पोखरेल गत वैशाख १९ गते नियुक्त भएको दाबी गर्दै दुई वर्षसम्म अविश्व

महन्थ ठाकुरको रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा

जसपा विवादबारे महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमाथि सोमबारका लागि पेसी तोकिए पनि सुनुवाई हुन सकेन । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा तोकिएको उक्त रिट निवेदन सोमबार ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो ।निर्वाचन आयोगले जसपा नेपालको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुरले आयोग र उपेन्द्र यादव समेतलाई विपक्षी बनाएर रिट निवेदन दिएका हुन् ।रिट निवेदनमा आयोगले जसपाको आधिकारिताबारे गरेको निर्णय उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ ।यसअघि जसपाको आधिकारिकता सम्बन्धी विवा

महन्थ ठाकुरको रिट निवेदन न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा

जसपा विवादबारे महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सोमबार उक्त रिट निवेदनको पेसी तोकिएको छ ।निर्वाचन आयोगले जसपा नेपालको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुरले सर्वोच्च अदालतमा आयोग र उपेन्द्र यादव समेतलाई विपक्षी बनाएर रिट निवेदन दिएका हुन् ।रिट निवेदनमा आयोगले जसपाको आधिकारिताबारे गरेको निर्णय उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ ।यसअघि जसपाको आधिकारिकता सम्बन्धी विवाद आयोगमा विचाराधीन रहेकै अवस्थामा प