महन्थ ठाकुरको रिट निवेदन न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा

जसपा विवादबारे महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सोमबार उक्त रिट निवेदनको पेसी तोकिएको छ ।निर्वाचन आयोगले जसपा नेपालको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुरले सर्वोच्च अदालतमा आयोग र उपेन्द्र यादव समेतलाई विपक्षी बनाएर रिट निवेदन दिएका हुन् ।रिट निवेदनमा आयोगले जसपाको आधिकारिताबारे गरेको निर्णय उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ ।यसअघि जसपाको आधिकारिकता सम्बन्धी विवाद आयोगमा विचाराधीन रहेकै अवस्थामा प

सम्बन्धित सामग्री

संवैधानिक निकायमा ५२ जनाको नियुक्तिविरुद्धको रिट निवेदन हेर्न नभ्याइने सूचीमा

काठमाडौं । अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्ति बदर गर्न मागसहित दर्ता भएको रिट निवेदन सर्वोच्च अदालतको संवैधानिक इजलासमा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ । २०७७ मंसिर १ गते सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइका लागि आज पेसी तोकिएको थियो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीशहरु डा आनन्दमोहन […]

कर्मचारी समायोजनसम्बन्धी विवाद पूर्ण इजलासमा

सर्वोच्च अदालतमा कर्मचारी समायोजनसम्बन्धी विवादको सुनुवाइ बृहत् पूर्ण इजलासमा हुने भएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज उक्त विवादको सुनुवाइ बृहत् पूर्ण इजलासमा सुनुवाइका लागि पठाएको हो ।न्यायाधीशहरू डा आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको पूर्ण इजलासको रायमा फरक मत आएपछि उक्त विवादलाई बृहत् पूर्ण इजलासमा पठाउन आदेश दिएको हो । समायोजन संविधान र कानुनअनुसार नभएको उल्लेख गर्दै ९९ वटा रिट निवेदन सर्वोच्च अदालत परेको थियो । उक्त निवेदनमाथि सु

महन्थ ठाकुरको दुवै निवेदन एकसाथ पेश गर्न सर्वोच्चको आदेश

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरको दुवै रिट निवेदन एकैसाथ पेश गर्न सर्वोच्च अदालतले आदेश गरेको छ ।  न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा.कुमार चुडालको संयुक्त इजलासले ‘लगाउमा राखी पेश गर्ने’ आदेश गरेको हो ।  निर्वाचन आयोगले दलको आधिकारिकताका लागि बहुमत कार्यकारिणी परीक्षण गर्नका लागि हेडकाउन्ट गर्ने निर्णयविरुद्ध ठाकुरले सर्वोच्च अदालत गुहारेका थिए।  साउन १० गते न्यायाधीश कुमार रेग्मीको इजलासले अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने भन्ने विषयमा दुवै पक्षलाई  छल...

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज

न्युज अफ नेपाल,काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज हुने भएको छ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा सोमबार समस्या देखिएपछि उक्त सुनुवाइ सारिएको थियो।प्रधानन्यायाधीशका अध्यक्षतामा संवैधानिक इजलासमा सुनुवाइ हुने संवैधानिक व्यवस्था रहेको छ। विवादमा ३० रिट निवेदन परेका छन्। प्रधानन्यायाधीश राणासहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको […]