विश्व बैंकको आईडीए बैठक तयारी पूरा, प्रधानमन्त्रीले उद्घाटन गर्ने
३ असार, काठमाडौं । विश्व बैंक समूह अन्तर्गत अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)-२१ को तेस्रो बैठक मंगलबारदेखि काठमाडौंमा सुरु हुँदैछ ।
विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो अहिलेसम्मकै ठूलो बैठक हो । ४ असारदेखि ७ असार …
काठमाडौं, २ माघ । ‘अर्को विश्व सम्भव छ” भन्ने नाराका साथ फागुन ३ देखि ७ गतेसम्म नेपालमा पहिलो पटक हुन लागिरहेको विश्व सामाजिक मञ्चको १६औं संस्करणको सम्पूर्ण तयारी पूरा भएको बताइएको छ । कार्यक्रमको उद्घाटन समारोह भोलि (फेब्रुवरी १५) मा काठमाडौंको भृकुटिमण्डपमा हुने बताइएको छ । विश्व सामाजिक मञ्चले नवउदारवाद, भूमण्डलीकृत पूँजीवाद, जलवायु सङ्कट, पितृसत्ता, […]
काठमाडौँ, २९ असोज । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को विश्व सम्मेलन एवं ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन भोलि असोज ३० देखि कत्तिक ३ गते (अक्टोबर १७ देखि २० तारिख)सम्म काठमाडौँमा आयोजना हुँदैछ । एघारौँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो ज्ञान सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको एनआरएनएले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन […]
काठमाडौं। शुक्रवारदेखि काठमाडौंमा आयोजना हुने ‘दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०’ को तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा असोज २६ देखि २९ गतेसम्म एक्स्पो सञ्चालन गर्दै छ । एक्स्पोले स्थानीय हस्तकला र साना तथा मझौला उद्योगका उत्पादनको प्रवर्द्धन गरी विश्व बजारमा पहुँच पुर्याउन सघाउने आयोजकको भनाइ छ । एक्स्पोमा हस्तकलाजन्य सामग्री, प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, विभिन्न प्रदेशका मौलिक परिकार तथा अन्य सामग्री एक्स्पोमा रहने एक्स्पो संयोजक कपिल अधिकारीले बताए ।
यसैगरी राउटे तथा चेपाङ समुदायले बनाएका काठका सामग्री, तेह्रथुमको ढाका, संखुवासभाको करुवा, भोजपुरको खुकुरी, जैविक स्रोतबाट बनेका श्रृंगारका सामग्री तथा महबाट बनेका सौन्दर्य प्रसाधनका सामग्री, जैविक तथा आयुर्वेद उपचार प्रक्रियामा उपयोग गरिने प्राकृतिक औषधीय सामग्री, मसला, छोप, हस्तकलाका उत्पादनलगायत प्रदर्शनीमा राखिने संयोजक अधिकारीले बताए । साथै पश्मिना, क्यूरियोको सामान, गार्मेन्टका सामान, धातुका सामान, जडीबुटी, पर्यटन उद्योगसँग सम्बन्धित सेवाहरू, जस्तै– होटल, ट्रेकिङ, ट्राभल्स, खानपिन, ट्राभल एन्ड टुर्स, धर्म, कला र संस्कृतिसँग सम्बन्धित क्रियाकलाप प्रदर्शनीको आकर्षणका रूपमा रहने आयोजकको भनाइ छ ।
काठमाडौं, २८ भदौ । सेप्टेम्बर १५ देखि १७ सम्म जापानको टोकियो सहरमा हुन लागेको पाँचौ विश्व नेपाली स्वास्थ्य सम्मेलनको सबै तयारी पूरा भएको छ । गैर आवासीय नेपाली स्वास्थ्यकर्मीहरु सम्मिलित सम्मेलनमा ठूलो संख्यामा स्वास्थ्यकर्मीको सहभागिता रहने छ । विदेशमा रहेका नेपाली मूलका विभिन्न स्वास्थ्यकर्मीहरुलाई एक ठाउँमा ल्याएर उनीहरुको समस्याबारे जानकारी लिने उद्देश्यले जापानको टोकियो सहरमा […]
आगामी आइतवार (मे २१) न्युयोर्कमा आयोजना हुने नेपाल डे परेडको तयारी पूरा भएको आयोजकले जानकारी दिएका छन् । आयोजक समितिका कन्भेनर टकबहादुर रुवालीले दिएको जानकारी अनुसार कार्यक्रम सम्पन्न गर्नका लागि सबै तयारी पुरा गरिएको हो । रुवालीले भने -‘आउनुस आइतबार न्यूयोर्कको म्यानहाटनमा भेटेर नेपालको पहिचान विश्व समुदायलाई देखाऔं ।’ कार्यक्रम गर्नका लागि गठित बिभिन्न उपसमितिहरुको […]
काठमाडौं।नेकपा माओबादी केन्दले समानुपातिकको बन्दसूची टुंग्याउन कार्यदल गठन गरेको छ।फेवा तालको किनारमा संरचना नबनाउन पोखराका महानगरपलिकाले निर्देशन दिएको छ।नीजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन उपयुक्त हुने विज्ञहरुले बताएका छन्।नेपालले विश्व बैंकसँग ५३ अर्ब सहुलियतपूर्ण ऋण लिने भएको छ।एसियन कप छनोटमा आज नेपालले बंगलादेशसँग खेल्दै छ।
गैर आवासीय नेपाली संघ (एनआरएन) को दसौँ महाधिवेशन रोकिएपछिको अन्योल चिर्न एनसीसीहरूको विश्व भेला गर्न लागेको आयोजकले स्पष्ट पारेका छन् । भेलाको विषयमा भ्रम सिर्जना गर्न खोजिएको भन्दै त्यसको पछि नलाग्न उनीहरूले आग्रह गरेका हुन् ।महाधिवेशन रोकिएपछि देखिएका समस्या समाधानका लागि राष्ट्रिय समन्वय परिषद् (एनसीसी ) हरूको पहिलो विश्व भेला गर्न लागिएको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । आगामी आइतबार (अक्टोबर २४) मा आयोजना गर्न लागिएको भेलाको तयारी पूरा भएको भेला तयारी समितिले जनाएको छ ।
नेपाललाई हिमालयन प्रवेशद्वारका रूपमा परिचित गराउँदै नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ सन् २०१७ देखि वार्षिक कार्यक्रमका रूपमा आयोजना गरिँदै आएको हिमालयन ट्राभल मार्टको तेस्रो संस्करणको तयारी पूरा भएको छ । नेपाललाई हिमालय प्रवेशद्वार तथा साहसिक पर्यटकीय गन्तव्यका रूपमा विश्व सामु स्थापित गर्ने हिमालयन ट्राभल मार्ट यही जुन ६ देखि ९ तारिखसम्म काठमाडौंको सोल्टी क्राउन प्लाजामा आयोजना हुने लागेको जानकारी पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले दिए ।