शहरी क्षेत्रमा फोहोर व्यवस्थापन चुनौतीपूर्ण कार्य हो । काठमाडौं महानगरलाई यसको ज्वलन्त उदाहरणका रुपमा लिन सकिन्छ । काठमाडौंको फोहोर व्यवस्थापन वर्षौंदेखि एक जटिल विषय बन्दै आइरहेको छ । कला, संस्कृति र सम्पदाले भरिपूर्ण काठमाडौंले फोहोर शहरका रुपमा आफ्नो परिचय बनाएको पनि बर्षैां भइसक्यो । तर, फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान निस्केको छैन ।दुई बर्षका लागि प्रयोग गर्ने भनेर शुरु गरेको नुवाकोटको सिसडोल ल्याण्डफिल साइटमा बिगत १६ बर्षदेखि महानगरले फोहोर थन्क्याउँदै आएको छ । उपत्यकाका अन्य १८